प्रहरीले सादा पोशाकमा प्रहरी परिचालन गरेर नियन्त्रण अभियान चलाए पनि मोटरसाइकल चोरी हुनेक्रम रोकिएको छैन ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार दैनिकरूपमा नै मोटरसाइकल चोरी भएको निवेदन पर्ने गरेको छ ।
कतिपय घरबाटै र कतिपय अवस्थामा पार्किङ गरेर राखिएको ठाउँबाटै मोटरसाइकल चोरी भएका छन् ।
मोटरसाइकल धनीको असावधानीका कारण पनि चोरी भएको पाइएको महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले जानकारी दिए । शुक्रवार मात्रै महाशाखाले काठमाडौंको थलीबाट चोरीका मोटरसाइकलसहित ३ जनालाई पक्राउ गर्यो...