भारतमा चोरी गरेर भन्सार छल्दै काठमाडौं आइपुग्ने गाडी र मोटरसाइकल बेच्न सैनिक कर्मचारी नै संलग्न रहेको थाहा भएको छ । महानगरीय अपराध महाशाखाले चोरीका गाडीको नक्कली ब्लुवुक र नम्बर प्लेट राखेर चोरीका गाडी बेचेको आरोपमा नेपाली सेनाका जवान कृष्ण रोकाया उर्फ किसनलाई पक्राउ गरेको छ । नेपाली सेनाका जवान रोकाया र कञ्चनपुर घर भएका अर्जुन कठायतलाई पक्राउ गरिएको महानगरीय अपराध महाशाखाका प्रमुख (एसएसपी) चन्द्रकुवेर खापुङ्गले रातोपाटीलाई बताए । महाशाखाबाट खटिएको टोलीले रोकाया र कठायतले बेच्ने तयारी गरिरह