म्यानमारको सैनिक सरकारले ४ जना प्रजातन्त्रवादी अभियान्तालाई मृत्युदण्ड दिएको छ । सन् १९८८ पछि म्यानमारमा पहिलो पटक मृत्युदण्डको सजाय कार्यान्वयन गरिएको हो । तर उनीहरुलाई कहाँ र कहिले मृत्युदण्ड दिएको हो भनेर आधिकारिक रूपमा खुलाइएको छैन ।
आतङ्कवादी गतिविधिमा संलग्न रहेको आरोपमा पूर्व सांसद फ्यो जेया था, लेखक तथा कार्यकर्ता को जिम्मी, ह्ला म्यो आङ्ग र आङ्ग थुरा जालाई मृत्युदण्ड दिइएको सरकारी समाचार संस्था ग्लोबल न्युज लाइट अफ म्यानमारले जनाएको छ। संयुक्त राष्ट्र सङ्घका अनुसार सन् १९८८ पछि म्यानमारमा पहिलो पटक मृत्युदण्ड दिइएको हो ...