निर्वाचित सरकारलाई अपदस्थ गरी डेढ वर्षअघि शासनसत्ता हातमा लिएको म्यान्मारको सैनिक सरकार झन् त्रूर बन्दै गएको छ । सैन्य ‘कु’ यता गरिएको विरोध प्रदर्शनमा सहभागी सयौंको ज्यान लिएको सैनिक सरकारले पूर्वसांसदसहित ४ जना लोकतन्त्रवादी नेतालाई सोमबार मृत्युदण्ड दिएको छ । म्यान्मारमा करिब तीन दशकपछिको यो पहिलो मृत्युदण्ड भएको बताइएको छ ।