म्यानमारका लोकतान्त्रिक अभियन्ताहरुलाई सैनिक सरकारले मृत्युदण्ड दिएको विरोधमा नेपालमा धर्नासहित विरोध गरिएको छ । नेपाल मानव अधिकार संगठनले यू एन हाउस अगाडि आज धर्ना दिएको हो । म्यानमारको सैनिक सरकारले ४ जना प्रजातन्त्रवादी अभियन्तालाई मृत्युदण्ड दिएको थियो । १९८८ पछि म्यानमारमा पहिलो पटक मृत्युदण्डको सजाय कार्यान्वयन गरिएको हो । तर उनीहरुलाई कहाँ र कहिले मृत्युदण्ड दिएको हो त्यस विषयमा आधिकारिक रूपमा जानकारी गराइएको छैन । मृत्युदण्ड दिएकोमा पूर्व सांसद फो जिया था, लेखक तथा कार्यकर्ता क