सम्पादकीय : सरकारमा बस्नेसँग विवेकको खोजी

आर्थिक वर्ष २०८०/८१ को बजेटमा उल्लेख पूँजीगत लाभ कर अन्तिम हो कि होइन भन्ने केही दिनदेखिको विवाद आइतवार टुंगिएको छ । धितोपत्र कारोबारमा पूँजीगत लाभकर नै अन्तिम कर हुनेमा अर्थ मन्त्रालयका अधिकारीहरूले सहमति गरेपछि विवादको अन्त्य भएको हो । यद्यपि यो विवादले सरकारको मानसिकता उदांगो मात्र पारेको छैन, अर्थतन्त्र सुधारका लागि विवेकको खोजी गर्नुपर्ने देखिएको छ ।  अहिलेसम्म लगानीकर्ताले पूँजीगत लाभकर तिरेपछि यही अन्तिम हुन्छ भन्ने सोच्दै आएका थिए । बजेटमा सरकारले पूँजीगत लाभकरलाई अन्तिम नमानी वर्षभरिको कारोबारबाट नाफा भए कर तिर्नुपर्ने नीति लियो । जसले पूँजीगत लाभकर अन्तिम होइन भन्ने स्थापित गर्‍यो । त्यसपछि लगानीकर्तालाई आन्दोलित बनायो । अनि आत्तिएको सरकारले लगालग दुई विज्ञप्ति निकालेर भ्रम छर्ने प्रयास गर्‍यो । यतिसम्म कि आफ्नै नीतिलाई लिएर पहिलो दिनको विज्ञप्तिमा पटके शब्द प्रयोग गरेको आन्तरिक राजस्व विभागले भोलिपल्ट त्यसलाई सच्याउनुपर्‍यो । र, बजेट कार्यान्वयनमा नजाँदै आफैले लिएको नीति कार्यान्वयन गर्न नसक्ने अवस्था आएपछि घुँडा टेक्नुपर्‍यो । यस्तो क्रियाकलापले सरकारमा बस्नेको विवेकमा प्रश्न चिह्न खडा गरेको छ । र, यस्तो अवस्थाले अर्थतन्त्र सुधारमा कुनै मद्दत गर्न सक्दैन ।  सरकारले लिने नीति निकै सोचविचार गरेर र पछिसम्म पर्ने असरबारे गम्भीर भएर तय गरिनुपर्छ । विरोध हुन्छ भने त्यसको प्रतिरक्षा गर्न सक्ने गरी तयार भएर मात्रै नीति लिनुपर्छ । तर, अहिले सरकारले हचुवा पारामा करको नीति ल्यायो । शेयर लगानीकर्ताका सामु झुक्नुपर्‍यो । आगामी आर्थिक वर्षको अर्को विवादित करको विषय विगतमा मर्जरमा जाँदा नाफा गरेका बैंकहरूलाई अहिले आएर कर लगाउने विषय पनि हो । १०/१५ वर्षअघिदेखि सरकार र राष्ट्र बैंक दुवैले वित्तीय संस्थाको संख्या घटाउने रणनीतिअनुसार उनीहरूलाई मर्जरमा जान प्रोत्साहन गरेका थिए । करमा केही छूटको सुविधासमेत दिएका थिए । तर, अहिले आएर स्वाप रेसियोको अन्तरलाई आय मानी कर तिर्न अनिवार्य गरेको छ । वास्तवमा दुई कम्पनीहरू मर्जरमा जाँदा कुनै एक कम्पनीले कम मूल्य पाएको हुन्छ भने अर्काले बढी । तर, समग्रमा पूँजी त समान हुने नै हो । यस्तोमा आय मानेर कर लगाउनु तर्कसंगत र विवेकसम्मत मान्न सकिँदैन । त्यही भएर बैंकर तथा केही अर्थशास्त्रीहरूले सरकारले करको धराप थापेको भनेर बजेटप्रति प्रतिक्रिया दिएका छन् । हुन पनि आफैले सुविधा दिएर मर्जर गराउने र मर्जर भइसकेको दशौं वर्षपछि आएर त्यसको कर तिर भन्नु कुनै पनि दृष्टिकोणले जायज देखिँदैन । निजीक्षेत्र सरकारी नियमनमा हुन्छ । त्यसो हुँदा सरकारी नीतिको खुलेर विरोध गरे कारबाही वा वक्रदृष्टिको शिकार हुनुपर्ने बाध्यता आइलाग्छ । तैपनि केही बैंकरले सरकारी नीतिको आलोचना गरेका छन् । यसले निजीक्षेत्र निकै आक्रोशित छ भन्ने देखाउँछ ।  कर भनेकै तर्कसंगत र विवेकसम्मत हुनुपर्छ । अर्थतन्त्र संकटमा भएका बेला करमा जति छूट दिइन्छ त्यति चाँडै अर्थतन्त्रले लय समात्छ । तर, अहिले सामानको विक्री नभएर अथवा उधारो नउठेर समस्यामा परेको अर्थतन्त्रलाई करको दर बढाएर झनै समस्यामा पारिएको छ । यस्तो करले सरकारको आय त केही क्षणलाई बढ्ला तर त्यसपछि बजारमा देखिने मागको कमी र उत्पादन कटौतीले अर्को चरणको समस्या सतहमा ल्याउँछ । सरकारले यो तथ्यलाई जानाजान बेवास्ता गरेको देखिन्छ । कर तिर्नेलाई कर तिर्दा भारी पनि नलागोस् र सरकारको ढुकुटी पनि भरियोस् । त्यस्तै कर दिएबापत करदाताले गौरव गर्ने वातावरण पनि बनोस् । यस्तो कर नीतिमा विवेकको प्रयोग हुन्छ, यो तर्कपूर्ण र व्यावहारिक पनि हुन्छ जसले सरकारप्रति विश्वास बढाउँछ । आफ्नो सुविधा कत्ति पनि नघटाउने र त्यसका लागि जनतामाथि कर थोपर्ने प्रवृत्तिले शेयर लगानीकर्ता जस्तै आमनागरिक विरोधमा उत्रिए भने सरकारले त्यसको सामना गर्न कठिन हुनेछ ।  नेपालमा यस्ता अभ्यास विगतमा पनि हुने गरेकै हो । तर, पछिल्ला दिनमा यस्ता गतिविधिप्रति थप परिपक्व देखाएर सुधार हुनुपर्नेमा उल्टै विवाद सृजना मात्रै गर्न खोज्ने हो भने सरकारले कहिले नयाँ र गर्नैपर्ने काम गर्ला ? आर्थिक विधेयकमा यस्ता त्रुटि खोज्दै जाने हो भने थुप्रै हुन सक्छन्, जुन हुन नपर्ने हो । 

सम्बन्धित सामग्री

सम्पादकीय: समावेशीपनको धज्जी नउडाऊ

निर्वाचनपछि संघीय र प्रादेशिक सरकारमा मन्त्रिपरिषद्हरू गठन हुँदै गर्दा राज्यलाई समावेशी चरित्रको बनाउनुपर्ने आवश्यकताप्रति दलहरू चरम बेपरबाह र अनुत्तरदायी देखिएका छन् । यसको पछिल्लो उदाहरण प्रादेशिक सरकार निर्माणमा देखिएको छ ।

सम्पादकीय: रोजगारी सृजनाको अग्निपरीक्षा

नेपाली कांग्रेसको चुनावी घोषणापत्रका दुई सवाल चर्चामा छन्— एउटा ६५ वर्षमै वृद्ध भत्ता, अर्को वार्षिक अढाई लाखलाई रोजगारी । भन्नै पर्दैन, यी दुवै लोकप्रियतावादी कार्यक्रम हुन् । पछिल्लो अत्यावश्यक पनि छ भने अघिल्लो विवादास्पद । तर, कांग्रेस अब फेरि सरकारमा पुग्यो भने कुन चाहिँ योजना सजिलै लागू होला त ? निःसन्देह अघिल्लो, जुन सरकारले बजेटमा समावेश गरेकै भरमै लागू हुन सक्छ ।

सम्पादकीय: चुनावी घोषणापत्र : कोही किन पत्याओस् !

प्रतिनिधिसभा र प्रदेशसभाका लागि प्रत्यक्षतर्फ मनोनयन दर्ता गराएको तीन साता बितेपछि मात्रै ठूला राजनीतिक दलहरूले भटाभट घोषणापत्र सार्वजनिक गरेका छन् । निर्वाचन आउन तीन साता पनि बाँकी नरहँदा गरिएका यी घोषणाहरू संकल्पसूचीभन्दा बढी सपनासूची अर्थात् इच्छासूचीजस्ता देखिन्छन् । लाग्छ— आफू सरकारमा पुगेर गर्नभन्दा पनि दलहरूले राम्रो सुनिने गरी भन्नका लागि घोषणापत्र ल्याएका हुन् । यो कुनै आरोप होइन, विगतमा सरकारमा बसिसकेका दलहरूले प्रदर्शन गरेको कार्यसम्पादनले बताएको यथार्थ हो ।

सम्पादकीय: तुइनकै भर कहिलेसम्म ?

२०७२ असोजमा केपी शर्मा ओलीले पहिलो पटक प्रधानमन्त्रीको पदभार ग्रहण गर्दा ‘नेपाललाई दुई वर्षभित्र तुइनमुक्त’ बनाइने घोषणा गरेका थिए । त्यतिबेला १० महिना सत्ता चलाएका ओली २०७४ फागुनमा पुनः प्रधानमन्त्री बने, र साढे तीन वर्षसम्म सरकारमा रहे । त्यसयता शेरबहादुर देउवा नेतृत्वको वर्तमान सरकार बनेको पनि एक वर्ष भइसक्यो ।

पूर्णतापछिको अपेक्षा (सम्पादकीय)

सरकारले शुक्रबार पूर्णता पाएको छ । झन्डै तीन महिनाअघि बनेको मौजुदा सरकारमा शुक्रबार १६ मन्त्री र तीन राज्यमन्त्रीले पद तथा गोपनीयताको शपथ लिनुभयो । अब प्रधानमन्त्री, २१ मन्त्री र तीन राज्यमन्त्री गरी २५ सदस्यीय मन्त्रिपरिषद् बनेको छ । संविधानले सङ्घीय सरकारमा २५ सदस्यीय मन्त्रिपरिषद् हुने व्यवस्था गरेको छ । सरकारको पूर्णतासँगै जनअपेक्षा उच्च हुनु अन्यथा होइन । गत असार २९ गते नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले नेपाली काँग्रेस, नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र), माधव नेपालको नेतृत्वमा अहिले बनेको नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी (जसपा) नेपाल र रा

अवसर सदुपयोग (सम्पादकीय)

प्रधानमन्त्री केपी शर्मा ओलीले मध्यावधि निर्वाचनका लागि सबै दललाई सरकारमा सहभागी हुन आह्वान गर्नुभएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी कात्तिक २६ र मङ्सिर ३ गते प्रतिनिधि सभाको मध्यावधि निर्वाचन घोषणा गर्नुभएकाले त्यसलाई सम्भव बनाउन प्रधानमन्त्री ओलीले चुनावी सरकारमा सहभागी हुन दलहरूलाई आग्रह गर्नुभएको हो । प्रतिनिधि सभा विघटनविरुद्ध सर्वोच्च अदालतमा मुद्दा सुनुवाइको क्रममा छ । यो राजनीतिक वा संवैधानिक कारण सिर्जित समस्या के हो ? अदालतको निर्णय स्वीकार गर्दै राजनीतिक दलले नै निप्टरा लगाउनुपर्नेछ । मुलुकभर कोरोना भाइरसको नयाँ शृङ्खलाबद्ध सङ्क्रमण फैलिएको अवस्थामा सबै राजनीतिक शक्तिहरू सरकारमा सहभागी भएमा निश्चय नै बाँच्ने, बचाउने र घोषित निर्वाचन सम्पन्न गर्न सुनिश्चित हुनेछ । चुनाव सम्भव बनाउनका लागि प्रधानमन्त्रीले गर्नुभएको आग्रहलाई दलहरूले कसरी लिनेछन्, तिनको विवेकमा भर पर्छ तर सरकार चुनावका लागि केन्द्रित भइसकेको छ । शुक्रबार प्रधानमन्त्री ओलीले राष्ट्रका नाममा गर्नुभएको सम्बोधनमा परिणामलाई होइन, लोकतान्त्रिक प्रणाली र पद्धतिलाई ध्यानमा राखेर निर्वाचन सम्पन्‍न गराइने प्रतिबद्धतामा विश्वास गरी प्रमुख दल सरकारमा सहभागी हुँदा समस्याहरू साझा रूपमा समाधान गर्न सकिनेछ ।

(पोडकास्ट सम्पादकीय) अक्षम्य आक्रमण, निन्दनीय नेपाल बन्द

नारायणहिटीको अगाडि प्रदर्शन गर्ने ओली पक्षको तयारी छ । सरकारमा बसेर आफैँ प्रदर्शन गर्ने यो तरिका कत्ति सुहाउँदो देखिँदैन । यसलाई जवाफ दिने र असफल पार्ने नाममा माधव नेपाल-प्रचण्ड पक्षले जे हर्कत गर्‍यो, राजधानी र देशभर यो गलत छ । निन्दनीय छ

[विशेष सम्पादकीय] प्रेसलाई कस्नुअघि नेकपाले सम्झोस्– ऊ सधैँ सरकारमा हुने छैन

सञ्चारमन्त्री गोकुल बाँस्कोटाले पछिल्ला साता दोहोर्‍याइ–तेहेर्‍याइ बोले, ‘सरकार प्रेस स्वतन्त्रताको विरुद्धमा छैन ।’

कमजोर प्रतिपक्ष

कमजोर प्रतिपक्ष सम्पादकीय 25 mins ago 0 22/11/2018   लोकतान्त्रिक मुलुकका सरकारको महŒव जति हुन्छ, त्यसभन्दा बढी हुन्छ, प्रमुख प्रतिपक्ष दलको । जतिसुकै सज्जन व्यक्ति भए पनि सरकारमा गएपछि भ्रष्टाचारमा संलग्न हुनु दक्षिण एसियाकै एक खालको रोग बनेको छ । नेपाल, भारत, पाकिस्तानलगायतका धेरै मुलुक छन् । जहाँ…

सम्पादकीय : ध्रुवीकरणको शृंखला - Naya Patrika

एमाले, माओवादी केन्द्र र नयाँ शक्ति पार्टीबीच निर्वाचनमा तालमेल गर्दै पार्टी एकता नै गर्ने सहमति भएपछि त्यसले देशभित्र र बाहिरसमेत तीव्र प्रतिक्रिया उत्पन्न गराएको छ । आफूसँग सरकारमा रहेको र...पूरा पढ्नुहोस् »