सम्पादकीय: तुइनकै भर कहिलेसम्म ?

२०७२ असोजमा केपी शर्मा ओलीले पहिलो पटक प्रधानमन्त्रीको पदभार ग्रहण गर्दा ‘नेपाललाई दुई वर्षभित्र तुइनमुक्त’ बनाइने घोषणा गरेका थिए । त्यतिबेला १० महिना सत्ता चलाएका ओली २०७४ फागुनमा पुनः प्रधानमन्त्री बने, र साढे तीन वर्षसम्म सरकारमा रहे । त्यसयता शेरबहादुर देउवा नेतृत्वको वर्तमान सरकार बनेको पनि एक वर्ष भइसक्यो ।