सरकारले शुक्रबार पूर्णता पाएको छ । झन्डै तीन महिनाअघि बनेको मौजुदा सरकारमा शुक्रबार १६ मन्त्री र तीन राज्यमन्त्रीले पद तथा गोपनीयताको शपथ लिनुभयो । अब प्रधानमन्त्री, २१ मन्त्री र तीन राज्यमन्त्री गरी २५ सदस्यीय मन्त्रिपरिषद् बनेको छ । संविधानले सङ्घीय सरकारमा २५ सदस्यीय मन्त्रिपरिषद् हुने व्यवस्था गरेको छ । सरकारको पूर्णतासँगै जनअपेक्षा उच्च हुनु अन्यथा होइन ।
गत असार २९ गते नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले नेपाली काँग्रेस, नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र), माधव नेपालको नेतृत्वमा अहिले बनेको नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी (जसपा) नेपाल र रा