गण्डकी प्रदेश सरकारले आउँदो आर्थिक वर्षको नीति तथा कार्यक्रममार्फत बागलुङमा महत्वपूर्ण योजना अगाडि बढाउने घोषणा गरेको छ । प्रदेश प्रमुख पृथ्वीमान गुरुङले मङ्गलबार प्रदेशसभाको बैठकमा प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रममा जडीबुटी प्रशोधन केन्द्र स्थापनादेखि ढोरपाटनको पर्यटकीय गुरुयोजना बनाउनेसम्म उल्लेख छ । पटक–पटक घोषणा भई कार्यान्वयनमा आउन नसकेका कतिपय पुराना आयोजना पनि नीति तथा कार्यक्रममा परेका छन् । प्रदेश सरकारले लामो समयदेखि अन्योलमा रहेको जलाशययुक्त उत्तरगङ्गा जलविद्युत् आयोजन