कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७९–०८० को नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । मंगलबार प्रदेश प्रमुख तिलक परियारले नीति तथा कार्यक्रम प्रदेश सभामा प्रस्तुत गरेका हुन् ।नीति तथा कार्यक्रममा कतिपय पुराना कार्यक्रम दोहोरिएका छन् । यस्तै मुख्यमन्त्री जीवनबहादुर शाहीले अघि सार्दै आएको विकाससम्बन्धी ‘६ ब’ अर्थात बाटो, बिजुली, बजार, वन, व्यवस्थापन र विचार भन्ने सूत्रलाई नीति तथा कार्यक्रममा समेटिएको छ । उनले यसैलाई नै कर्णाली विकासको प्रमुख आधारका रुपमा मान्दै आएका छन् । म