मधेस प्रदेश सरकारले नीति तथा कार्यक्रम ल्याएको छ । प्रदेश प्रमुख हरिशंकर मिश्रले प्रदेश सरकारको नीति तथा कार्यक्रम आइतबार प्रदेशसभामा प्रस्तुत गरेका हुन् ।सरकारले नीति तथा कार्यक्रममा सुशासन, विकास, कृषि तथा स्वास्थ्यलाई विशेष प्राथमिकता राखेको छ । प्रदेश प्रमुखले नीति तथा कार्यक्रम प्रस्तुत गरिसकेपछि प्रदेशसभाको बैठक केही समयका लागि स्थगित गरिएको छ ।