कोरोनाभाइरस (कोभिड १९) सङ्क्रमणको असर र जोखिमले मानिसको दैनिक जीवन नै कठिन अवस्थामा धकेलेको छ । दैनिक जीवनका गतिविधि चलायमान नभएसँगै आर्थिक क्षेत्रमा पनि धक्का लागेको छ । यस्तो अवस्थामो कोरोना महामारीपछि नेपालको अर्थतन्त्र कस्तो रहला र अर्थतन्त्र चलायमान बनाउन के गर्नुपर्ला ? लगायत समसामयिक विषयमा गोरखापत्र अनलाइनका पत्रकार मुकुन्द गैरेले अर्थविद् डा. डिल्लीराज खनालसँग गर्नुभएको कुराकानीको सम्पादित अंश ।