सर्वोच्च अदालतले संसद पुनस्र्थापना गर्दै काँग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न राष्ट्रपति कार्यालयलाई परमादेश जारी गरेलगत्तै शेरबहादुर देउवा मंगलबार प्रधानमन्त्री नियुक्त भएका छन् । तर, शेरबहादुर देउवाले एक महिनाभित्र विश्वासको मत लिनै पर्नेछ । यस्तो अवस्थामा देउवाले विश्वासको मत पाउँछन् कि पाउँदैनन् भन्ने अन्योल एकातिर छ भने अर्कोतिर विश्वासको मत दिँदा दलको ह्वीप लाग्छ कि लाग्दैन भन्ने प्रश्न पनि सतहमा आएको छ ।सर्वोच्चको फैसलाको बुँदा नम्बर १२० (घ) मा ‘धारा ७६ को उ