चीनले स्वच्छ र असीमित ऊर्जाका लागि २०२० मै कृत्रिम सूर्य बनाउने भएको छ । राज्य स्वामित्वका मिडियाका अनुसार नियन्त्रित परमाणु फ्युजनको माध्यमबाट स्वच्छ तथा कहिल्यै समाप्त नहुने ऊर्जा उत्पादन गर्न सकिन्छ । एचएल–२ एम टोकाम्याकका अनुसार २०२० सम्म आगामी पुस्ताको कृत्रिम सूर्य बनाएर तयार गर्न सकिन्छ ।