चीनको हफे इन्स्टिच्युट्स अफ फिजिकल साइन्सले यही डिसेम्बर महिनादेखि आणविक फ्युजन परीक्षण वा ‘कृत्रिम सूर्य’ को परीक्षण थालेको सिन्ह्वा न्युज एजेन्सीले मंगलवार खबर दिएको छ ।
इन्स्टिच्युटका उपनिर्देशक सोङ युन्ताओका अनुसार, यस परीक्षणले कृत्रिम सूर्यलाई थप तातो र दिगो बनाउन ईएएसटी अतिरिक्त ताप प्रणालीलाई स्तरोन्नति गर्नेछ । ६ महिनासम्म परीक्षण गरिने अपेक्षा छ ।
सूर्यले गर्ने आणविक फ्युजन प्रक्रियालाई नक्कल गर्नका लागि ईएएसटी रियाक्टर बनाइएको हो । सन् २००६ मा यसलाई पहिलोपटक सञ्चालनमा ल्याइएको थियो । फ्युजन सम्ब...