नेपाल शिक्षक संघद्वारा बजेटको आलोचना, आन्दोलनलाई थप सशक्त बनाइने

नेपाल शिक्षक संघले सरकारले शनिबार घोषणा गरेको आगामी आर्थिक वर्षको बजेटमा आफूहरुको माग सम्बोधन नभएको भन्दै आलोचना गरेको छ ।  संघका अध्यक्ष राजेन्द्र राज पौडेल र महासचिव सोमनाथ गिरीले आइतबार जारी गरेको विज्ञप्तिमा बजेट विनियोजनमा नेपालको शिक्षा र शिक्षाकर्मीहरुप्रति प्रस्तुत व्यवहारले आफूहरुलाई गम्भीर बनाएको उल्लेख गरिएको छ । विज्ञप्तिमा हालको बजेटको परिदृश्यमा शिक्षाकर्मीहरुप्रति सरकारले सौतेलो व्यवहार गरेको उल्लेखसहित राष्ट्रसेवकको रुपमा क्रियाशील निजामती कर्मचारी र शिक्षाकर्मी बीचमा ग

सम्बन्धित सामग्री

‘उज्ज्वल भविष्यका लागि शिक्षक र विद्यार्थीमा लगानी गर’

काठमाडौं : शिक्षकहरूले विद्यार्थीको उज्ज्वल भविष्यका लागि शिक्षक र विद्यार्थीमा लगानी गर्न सरकारसँग माग गरेका छन्। शुक्रबार नेपाल शिक्षक संघ (एनटिए), नेपाल राष्ट्रिय शिक्षक संगठन (एनएनटिए) र संस्थागत विद्यालय शिक्षक युनियन (इष्टु)ले एक कार्यक्रम आयोजना गर्दै यस्तो माग गरेका हुन्।यी शिक्षक संगठनले अन्तराष्ट्रिय शैक्षिक संस्थाको सहकार्यमा आजदेखि विभिन्न शैक्षिक मुद्दालाई लिएर युनाइट कार्यक्रम आयोजना गरेका छन्। इष्टुका अध्यक्ष होमकुमार थापाका अनुसार यो कार्यक्रम तीन दिनसम्म चल्न

नेपाल शिक्षक संघ सोलुखुम्बुको अध्यक्षमा मदन राई विजयी

सोलुखुम्बु । नेपाल शिक्षक संघ सोलुखुम्बुको अध्यक्षमा मदन कुमार राई विजयी हुनुभएको छ। सदरमुकाम सल्लेरीमा सम्पन्न भएकाे ९ औं जिल्ला अधिवेशनको निर्वाचनबाट २ सय ४ मत प्राप्त गरेर राई अध्यक्षमा विजयी हुनुभएको हो । उहाँका प्रतिस्पर्धी महाप्रसाद फुयालले १ सय ८१ मत प्राप्त गर्नुभएको थियो । उपाध्यक्षमा राधादेवी बस्नेत २ सय ७ मत प्राप्त गर्दै […]

शिक्षक संघ लमजुङको अध्यक्षमा सूर्य बहादुर केसी निर्वाचित

नेपाल शिक्षक संघ लमजुङको नवौं जिल्ला अधिवेशनबाट सूर्यबहादुर केसी  निर्वाचित भएका छन् ।  विद्याज्योति माध्यमिक विद्यालय, सुन्दरबजार, खहरेका प्रधानाध्यापक समेत रहेका केसी ४ सय ४९ मत प्राप्त गरी निर्वाचित भएका...

शिक्षक संघमा हमालको नेतृृत्व

सिमकोट – नेपाल शिक्षक संघ हुम्लाको अध्यक्षमा जुनराज हमाल सर्वसम्मत चयन भएका छन्। संघको नवौँ जिल्ला अधिवेशनले उनको टिमलाई सर्वसम्मत चयन गरेको हो। संघको जिल्ला अधिवेशनको बन्द सत्रले हमाललाई अध्यक्षमा चयन गरेको छ। उपाध्यक्षमा गोवर्धन ऐडी, सरिता श्रेष्ठ महिला उपाध्यक्षमा सर्वसम्मत चयन भएका छन्। त्यसैगरी, सचिवमा लक्ष्मण बोहरा, अर्थसचिवमा धनराज सिंह, सहसचिव पाँच जनामा डबल […]

शिक्षक संघ हुम्लाको नवौँ जिल्ला अधिवेशन सुुरु

सिमकोट – नेपाल शिक्षक संघ हुम्लाको नवौँ जिल्ला अधिवेशन बुधवारबाट सुुरु भएको छ। पहिलो दिन उद्घाटन सत्र सञ्चालन भएको अधिवेशनले नयाँ नेतृत्वसमेत चयन गर्नेछ। कांग्रेस पार्टी कार्यालय विपि स्मृति भवनमा संघको जिल्ला अधिवेशन उद्घाटन सत्र सञ्चालन भएको हो। अधिवेशनको उद्घाटन सत्रमा शुुभकामना दिने वक्ताले शिक्षकहरु नितान्त शिक्षण पेसाप्रति समर्पित भएर लाग्नुपर्नेमा जोड दिए। कार्यक्रममा कांग्रेस […]

नेपाल शिक्षक संघ खोटाङको अध्यक्षमा मेजर राई

खोटाङ : नेपाली कांग्रेसको शुभेच्छुक संस्था नेपाल शिक्षक संघ खोटाङको अध्यक्षमा मेजर राई विजयी भएका छन्।सदरमुकाम दिक्तेलमा सम्पन्न ९औँ जिल्ला अधिवेशनबाट राई अध्यक्षका प्रत्याशी जयन्ती राईलाई १ सय ४१ मत अन्तरले पछि पार्दै विजयी भएका हुन्।अध्यक्षका लागि जम्मा ६ सय ४७ मत खसेकोमा ४ मत बदर भएको थियो। अध्यक्षमा मेजरले ३ सय ८८ र जयन्तीले २ सय ४७ मत प्राप्त गरे।अध्यक्षमा विजयी राई यसअघि नेपाल शिक्षक संघ हलेसी तुवाचुङ नगरपालिका समितिका अध्यक्ष थिए। उनी हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिमस्थित दुर्छिम म

कञ्चनपुरमा शिक्षक र प्रहरीबीच झडप १२ जना घाइते

कञ्चनपुर : भीमदत्त नगरपालिकामा शिक्षक दरबन्दी मिलानमा असहमति जनाउँदै धर्नामा बसेका नेपाल शिक्षक संघ आबद्ध शिक्षक र सुरक्षाकर्मीबीच झडप भएको छ। झडप हुँदा १२ जना बढी घाईते भएका छन्। प्रहरीमाथि चौतर्फी ढुङ्गा प्रहार हुन थालेपछि अश्रुग्याँस प्रहार गरिएको छ। सुरक्षाकर्मीले ढुङ्गा प्रहार रोक्न नगरपालिका कार्यालयबाट अश्रुग्याँस प्रहार गरेका हुन्।प्रत्यक्षदर्शीका अनुसार सुरक्षाकर्मीलाई गल्ली नं. १ बाट लुकेर ढुङ्गा र सिसा प्रहार गरिएको छ। उनीहरूलाई भगाउन अश्रुग्यास प्रहार गरिएको छ।कांग्रेस कार्यकर्ताले श

अखिल नेपाल शिक्षक संघ काठेखोलाको अध्यक्षमा धनप्रसाद पुन

तिलक थापा, बागलुङ । अखिल नेपाल शिक्षक संघ काठेखोलाको दोस्रो भेला शनिबार धारा मावि तंग्रामको सभाहलमा सम्पन्न भएको छ । भेलाको उद्घाटन अखिल नेपाल शिक्षक संघ बागलुङका जिल्ला अध्यक्ष मित्र ढकालले गर्नु भएको थियो । भेला सफलताको शुभकामना दिनेहरुमा अखिल नेपाल युवक संघका केन्द्रीय उपाध्यक्ष लक्ष्मण पुन, अखिल नेपाल भूतपूर्व सैनिक संघ बागलुङका सचिव थिरबहादुर राना, अखिल नेपाल जनजाती सम्मेलन बागलुङका सदस्य थमन पुन, राष्ट्रिय जनमोर्चा तंग्रामका अध्यक्ष विष्णु कडेल, अखिल नेपाल महिला संघ बागलुङका सदस्य विष्णुकलि थापा, जनता मावि धम्जाका प्र.अ. कुलदिप क्षेत्री, भिमसेन मावि बिहुका शिक्षक धनप्रसाद पुन लगायत हुनुहुन्थ्यो । भेलाको बन्दसत्र सञ्चालनका लागि नरबहादुर पच्या, कृष्ण पुन, माया सुनार रहेको अध्यक्ष मण्डल गठन गरिएको थियो । भेलाले धनप्रसाद पुनको अध्यक्षतामा ११ सदस्यीय अखिल नेपाल शिक्षक संघ काठेखोला गाउँ समिति निर्वाचित गरेको छ । समितिको उपाध्यक्ष हेमराज सुवेदी, सचिव कुल बहादुर क्षेत्री, सहसचिव राधिका थापा, कोषाध्यक्ष भिम बहादुर विक, सदस्यहरुमा सरस्वती कडेल, सरोज थापा, लालमती थापा, लक्ष्मी थापा, मनीमाया पुन र माया सुनार रहनु भएको छ । कार्यक्रम कमला थापाको अध्यक्षता, हेमराज सुवेदीको संचालन र कृष्ण पुनको स्वागत मन्तव्यमा सम्पन्न भएको थियो ।