कञ्चनपुरमा शिक्षक र प्रहरीबीच झडप १२ जना घाइते

कञ्चनपुर : भीमदत्त नगरपालिकामा शिक्षक दरबन्दी मिलानमा असहमति जनाउँदै धर्नामा बसेका नेपाल शिक्षक संघ आबद्ध शिक्षक र सुरक्षाकर्मीबीच झडप भएको छ। झडप हुँदा १२ जना बढी घाईते भएका छन्। प्रहरीमाथि चौतर्फी ढुङ्गा प्रहार हुन थालेपछि अश्रुग्याँस प्रहार गरिएको छ। सुरक्षाकर्मीले ढुङ्गा प्रहार रोक्न नगरपालिका कार्यालयबाट अश्रुग्याँस प्रहार गरेका हुन्।प्रत्यक्षदर्शीका अनुसार सुरक्षाकर्मीलाई गल्ली नं. १ बाट लुकेर ढुङ्गा र सिसा प्रहार गरिएको छ। उनीहरूलाई भगाउन अश्रुग्यास प्रहार गरिएको छ।कांग्रेस कार्यकर्ताले श

सम्बन्धित सामग्री

कपिलवस्तुमा विद्यार्थीको झडप, १२ प्रहरी घाइते

कपिलवस्तुको विजयनगर गाउँपालिका–१ गुगौलीस्थित दुधाधारी माध्यमिक विद्यालयमा भडप भएको छ। होलीको टीकाको विषयमा सुरु भएको विवादले विद्यालय तनावग्रस्त बनेको हो। विवाद बढ्दै जाँदा विद्यार्थीबीच झडप भएको हो। झडप छुट्याउन पुगेका एक शिक्षक, १२ जना प्रहरी घाइते भएका छन्। झडप नियन्त्रणमा लिन प्रहरीले तीन राउण्ड अश्रुग्याससमेत प्रहार गरेको थियो। प्रहरी नायब उपरीक्षक धर्मराज भण्डारीका अनुसार झडपमा परेर नेपाल प्रहरीका नौ र सशस्त्र प्रहरीका तीनजना घाइते हुनुभएको हो।

शिक्षक–प्रहरी झडप : १२ जना घाइते

लामो समयदेखि शिक्षक दरबन्दी मिलानलगायतका विषयमा असहमति जनाउँदै  कञ्चनपुरको भीमदत्त नगरपालिका कार्यालयमा धर्ना बसेका शिक्षक र प्रहरीबीच आज झडप भएको छ । नेपाल शिक्षक सङ्घ कञ्चनपुरले कार्यविधि मिचेर र प्रक्रियालाई बेवास्ता गरी विभेदपूर्ण तवरले शिक्षक दरबन्दी मिलान गरेको जनाउँदै यहाँ धर्ना सुरु गरेको थियो । सङ्घका सचिव नवीनसिंह धामीले ३५ दिनदेखि आन्दोलनरत हुँदा नगरपालिकाले सुनुवाइ नगरेको आरोप लगाए । उनले प्रहरीको झडपमा परी १२ सामान्य घाइते भएको बताए ।घाइतेको महाकाली प्रादेशिक अस्पतालमा उपच