काठमाडौं : स्थानीय तहले शिक्षकहरूलाई समयमा तलब नदिएपछि उनीहरूले विद्यालय बन्द गर्न थालेका छन्। तत्काल तलब भुक्तानीको माग गर्दै शिक्षकहरूले धनुषा जिल्लाको विभिन्न सरकारी विद्यालय ६ दिनदेखि बन्द गरेका छन्। नेपाल शिक्षक महासंघका महासचिव लक्ष्मीकिशोर सुवेदीका अनुसार गत शुक्रबारदेखि नेपाल शिक्षक संघ धनुषालगायत शिक्षकसँग आबद्ध संस्थाहरूले जिल्लाका सबै सरकारी विद्यालय बन्द गर्न आह्वान गरेको थियो। जसअनुसार जिल्लाको नगराइन नगरपालिका, कमला नगरपालिका, क्षिरेश्वरनाथ नगरपालिकाका सबै