काठमाडौं : शिक्षकहरूले विद्यार्थीको उज्ज्वल भविष्यका लागि शिक्षक र विद्यार्थीमा लगानी गर्न सरकारसँग माग गरेका छन्। शुक्रबार नेपाल शिक्षक संघ (एनटिए), नेपाल राष्ट्रिय शिक्षक संगठन (एनएनटिए) र संस्थागत विद्यालय शिक्षक युनियन (इष्टु)ले एक कार्यक्रम आयोजना गर्दै यस्तो माग गरेका हुन्।यी शिक्षक संगठनले अन्तराष्ट्रिय शैक्षिक संस्थाको सहकार्यमा आजदेखि विभिन्न शैक्षिक मुद्दालाई लिएर युनाइट कार्यक्रम आयोजना गरेका छन्। इष्टुका अध्यक्ष होमकुमार थापाका अनुसार यो कार्यक्रम तीन दिनसम्म चल्न