अखिल नेपाल शिक्षक संघ काठेखोलाको अध्यक्षमा धनप्रसाद पुन

तिलक थापा, बागलुङ । अखिल नेपाल शिक्षक संघ काठेखोलाको दोस्रो भेला शनिबार धारा मावि तंग्रामको सभाहलमा सम्पन्न भएको छ । भेलाको उद्घाटन अखिल नेपाल शिक्षक संघ बागलुङका जिल्ला अध्यक्ष मित्र ढकालले गर्नु भएको थियो । भेला सफलताको शुभकामना दिनेहरुमा अखिल नेपाल युवक संघका केन्द्रीय उपाध्यक्ष लक्ष्मण पुन, अखिल नेपाल भूतपूर्व सैनिक संघ बागलुङका सचिव थिरबहादुर राना, अखिल नेपाल जनजाती सम्मेलन बागलुङका सदस्य थमन पुन, राष्ट्रिय जनमोर्चा तंग्रामका अध्यक्ष विष्णु कडेल, अखिल नेपाल महिला संघ बागलुङका सदस्य विष्णुकलि थापा, जनता मावि धम्जाका प्र.अ. कुलदिप क्षेत्री, भिमसेन मावि बिहुका शिक्षक धनप्रसाद पुन लगायत हुनुहुन्थ्यो । भेलाको बन्दसत्र सञ्चालनका लागि नरबहादुर पच्या, कृष्ण पुन, माया सुनार रहेको अध्यक्ष मण्डल गठन गरिएको थियो । भेलाले धनप्रसाद पुनको अध्यक्षतामा ११ सदस्यीय अखिल नेपाल शिक्षक संघ काठेखोला गाउँ समिति निर्वाचित गरेको छ । समितिको उपाध्यक्ष हेमराज सुवेदी, सचिव कुल बहादुर क्षेत्री, सहसचिव राधिका थापा, कोषाध्यक्ष भिम बहादुर विक, सदस्यहरुमा सरस्वती कडेल, सरोज थापा, लालमती थापा, लक्ष्मी थापा, मनीमाया पुन र माया सुनार रहनु भएको छ । कार्यक्रम कमला थापाको अध्यक्षता, हेमराज सुवेदीको संचालन र कृष्ण पुनको स्वागत मन्तव्यमा सम्पन्न भएको थियो ।

सम्बन्धित सामग्री

शिक्षकले आफ्नो पहिलो कर्तव्य सम्झन सुझाव

सिमकोट – विभिन्न सामुदायिक विद्यालयमा कार्यरत शिक्षकले जागिर खाइसकेपछि आफ्नो पहिलो कर्तव्य सम्झनुपर्ने सुझाव दिइएको छ। नेपाल शिक्षक संघ हुम्ला जिल्लाको चौथो जिल्ला प्रतिनिधि सभाको उद्घाटन सत्रमा शुभकामना दिने क्रममा बक्ताले सो सुझाव दिएका हुन्। कार्यक्रममा काँग्रेस उपसभापति बसन्त रोकायाले पहिलो काम शिक्षकले आफ्नो विद्यालयमा गुणस्तरीय शिक्षा प्रदान गर्ने तर्फ लाग्नु पर्ने बताए। शिक्षकको पहिलो […]

आर्थिक संकटबाट पार लगाउन नसक्ने भए सिंहदरबार जानुपर्दैन : धनराज गुरुङ

११ चैत, हेटौंडा । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले मुलुक ठुलो आर्थिक संकटको डिलमा उभिएको बताएका छन् । शनिबार हेटौंडामा आयोजित नेपाल शिक्षक संघ बागमती प्रदेश कार्यसमितिको दोस्रो अधिवेशन उद्घाटन कायक्रममा उनले मुलुकलाई त्यो अप्ठ्यारो स्थितिबाट मुक्त गर्न कांग्रेसले नेतृत्व गर्ने बताए । ‘मुलुकले भोगिरहेको चरम आर्थिक संकटबाट बाहिर निकाल्न सकेनौं भने हामी नालायक हुनेछौं […]

नेपाल शिक्षक संघ सोलुखुम्बुको अध्यक्षमा मदन राई विजयी

सोलुखुम्बु । नेपाल शिक्षक संघ सोलुखुम्बुको अध्यक्षमा मदन कुमार राई विजयी हुनुभएको छ। सदरमुकाम सल्लेरीमा सम्पन्न भएकाे ९ औं जिल्ला अधिवेशनको निर्वाचनबाट २ सय ४ मत प्राप्त गरेर राई अध्यक्षमा विजयी हुनुभएको हो । उहाँका प्रतिस्पर्धी महाप्रसाद फुयालले १ सय ८१ मत प्राप्त गर्नुभएको थियो । उपाध्यक्षमा राधादेवी बस्नेत २ सय ७ मत प्राप्त गर्दै […]

शिक्षक संघ लमजुङको अध्यक्षमा सूर्य बहादुर केसी निर्वाचित

नेपाल शिक्षक संघ लमजुङको नवौं जिल्ला अधिवेशनबाट सूर्यबहादुर केसी  निर्वाचित भएका छन् ।  विद्याज्योति माध्यमिक विद्यालय, सुन्दरबजार, खहरेका प्रधानाध्यापक समेत रहेका केसी ४ सय ४९ मत प्राप्त गरी निर्वाचित भएका...

शिक्षक संघमा हमालको नेतृृत्व

सिमकोट – नेपाल शिक्षक संघ हुम्लाको अध्यक्षमा जुनराज हमाल सर्वसम्मत चयन भएका छन्। संघको नवौँ जिल्ला अधिवेशनले उनको टिमलाई सर्वसम्मत चयन गरेको हो। संघको जिल्ला अधिवेशनको बन्द सत्रले हमाललाई अध्यक्षमा चयन गरेको छ। उपाध्यक्षमा गोवर्धन ऐडी, सरिता श्रेष्ठ महिला उपाध्यक्षमा सर्वसम्मत चयन भएका छन्। त्यसैगरी, सचिवमा लक्ष्मण बोहरा, अर्थसचिवमा धनराज सिंह, सहसचिव पाँच जनामा डबल […]

शिक्षक संघ हुम्लाको नवौँ जिल्ला अधिवेशन सुुरु

सिमकोट – नेपाल शिक्षक संघ हुम्लाको नवौँ जिल्ला अधिवेशन बुधवारबाट सुुरु भएको छ। पहिलो दिन उद्घाटन सत्र सञ्चालन भएको अधिवेशनले नयाँ नेतृत्वसमेत चयन गर्नेछ। कांग्रेस पार्टी कार्यालय विपि स्मृति भवनमा संघको जिल्ला अधिवेशन उद्घाटन सत्र सञ्चालन भएको हो। अधिवेशनको उद्घाटन सत्रमा शुुभकामना दिने वक्ताले शिक्षकहरु नितान्त शिक्षण पेसाप्रति समर्पित भएर लाग्नुपर्नेमा जोड दिए। कार्यक्रममा कांग्रेस […]

कुटनीतिक विषयमा सेना विवादमा पर्नु दुखद : महामन्त्री शर्मा

४ असार, काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले अमेरिकी स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) को विषयमा नेपाली सेना विवादमा पर्नु दुखद भएको बताए । नेपाल शिक्षक संघ ललितपुरले आयोजना गरेको कार्यक्रममा उनले नेपालमा कुटनीतिक अभ्यास भन्दा बाहिरबाट गतिविधि हुँदा नेपाली सेना पनि विवादमा परेको बताएका हुन् । ‘…यस्तो प्रकारको कूटनीतिक प्रक्रियाभन्दा बाहिर गएर गरिने […]

नेपाल शिक्षक संघ खोटाङको अध्यक्षमा मेजर राई

खोटाङ : नेपाली कांग्रेसको शुभेच्छुक संस्था नेपाल शिक्षक संघ खोटाङको अध्यक्षमा मेजर राई विजयी भएका छन्।सदरमुकाम दिक्तेलमा सम्पन्न ९औँ जिल्ला अधिवेशनबाट राई अध्यक्षका प्रत्याशी जयन्ती राईलाई १ सय ४१ मत अन्तरले पछि पार्दै विजयी भएका हुन्।अध्यक्षका लागि जम्मा ६ सय ४७ मत खसेकोमा ४ मत बदर भएको थियो। अध्यक्षमा मेजरले ३ सय ८८ र जयन्तीले २ सय ४७ मत प्राप्त गरे।अध्यक्षमा विजयी राई यसअघि नेपाल शिक्षक संघ हलेसी तुवाचुङ नगरपालिका समितिका अध्यक्ष थिए। उनी हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिमस्थित दुर्छिम म