काठमाडौं, साउन १२ । चितवनको भरतपुर महानगरपालिका वडा नम्बर १९ को मतपत्र च्यातिएको विषयमा सर्वोच्च अदालतमा परेको मुद्दामाथिको बहस सकिए पनि बिहीबारै फैसला हुने सम्भावना टरेको छ ।
बिहीबार मुद्दाको पक्षमा अधिवक्ता महादेव यादवले बहस गरेका थिए पनि विपक्षमा महान्यायाधिवक्ता रमण श्रेष्ठ र वरिष्ठ अधिवक्ता हरिहर दाहालले बहस गरेका थिए । बहस सकिए पनि प्रतिरक्षा बहस बाँकी नै भएकाले बिहीबारै फैसला आउने सम्भावना टरेको बताइएको छ ।