सन्दीपको मुद्दामा बहस सकियो, आजै फैसला आउने

 काठमाडौं : क्रिकेटर सन्दीप लामिछानेविरुद्ध काठमाडौं जिल्ला अदालतमा दायर बलात्कार मुद्दाको अन्तिम सुनुवाइ सकिएको छ।शुक्रबार लामिछानेका तर्फबाट ५ जना कानुन व्यवसायी र सरकारी वकिल तथा जाहेरवाला पक्षबाट जवाफी बहस भएको छ। बहस सकिएसँगै फैसला सुनाउने तयारी भइरहेको अदालतका सूचना अधिकारी चन्द्रप्रसाद पन्थीले जानकारी दिए। न्यायाधीश शिशिरराज ढकालको इजलासमा आइतबार अन्तिम सुनुवाइ सुरु भएको थियो।क्रिकेटर लामिछानेमाथि नाबालिका बलात्कारको आरोप छ। उनलाई काठमाडौं जिल्ला अदालतले पुर्पक्षका लागि थुन

सम्बन्धित सामग्री

सन्दीपको मुद्दा आज पनि हेर्दाहेर्दैमा

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेविरुद्ध दायर भएको मुद्दामाथिको सुनुवाइ आज पनि नसकिएपछि हेर्दाहेर्दैमा राखिएको छ । काठमाडौं जिल्ला अदालतमा भएको सुनुवाइमा सन्दीपको तर्फबाट दुई जना वकिलले बहस गर्न बाँकी भएपछि मुद्दा हेर्दाहेर्दैमा राखिएको हो । उनीहरुले बहस सकेपछि जाहेरवालातर्फबाट जवाफी बहस हुनेछ । त्यसपछि न्यायाधीश शिशिरराज ढकालले फैसला सुनाउनेछन् । न्यायाधीश ढकालको इजलासबाट गत आइतबार […]

सन्दीपको मुद्दा हेर्दाहेर्दैमा, न्यायाधीश ढकालले नै फैसला गर्ने निश्चित

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको फैसला बहस आज सकिएन । जाहेरीकर्ताको तर्फबाट चार जना वकिलको बहसपश्चात न्यायाधीश शिशिरराज ढकालले मुद्दालाई हेर्दाहेर्दैमा राखेका छन् । सात महिनादेखि सर्दै आएको सन्दीपको मुद्दाको फैसला बहस आज सुरु भएको हो । अब यसले निरन्तरता पाउने छ । न्यायाधीश ढकालले नै मुद्दाको फैसला गर्ने निश्चित भएको छ । भोलि […]