सन्दीपको मुद्दामा बहस सकिएन, भोलि फैसला आउने संभावना

काठमाडौं :क्रिकेटर सन्दीप लामिछानेविरुद्ध दायर भएको बलात्कार मुद्दा बिहीबार पनि हेर्दाहेर्दैमा राखिएको छ।  बहस नसकिएपछि मुद्दा भोलि शुक्रबारका लागि हेर्दाहेर्दैमा राखिएको हो।शुक्रबार बहस सकिने र फैसला आउने संभावना देखिएको छ। जिल्ला अदालत काठमाडौंका न्यायाधीश शिशिरराज ढकालको इजलासमा गत आइतबारदेखि अन्तिम सुनुवाइ सुरू भएको हो।बिहीबार प्रतिवादी सन्दीपका तर्फबाट ३ जना वरिष्ठ अधिवक्तासहित ६ जनाले प्रतिरक्षा बहस सकाएका छन्। वरिष्ठ अधिवक्तात्रय शम्भु थापा, रमणकुमार श्रेष्ठ र सवि

सम्बन्धित सामग्री

सन्दीपको मुद्दा आज पनि हेर्दाहेर्दैमा

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेविरुद्ध दायर भएको मुद्दामाथिको सुनुवाइ आज पनि नसकिएपछि हेर्दाहेर्दैमा राखिएको छ । काठमाडौं जिल्ला अदालतमा भएको सुनुवाइमा सन्दीपको तर्फबाट दुई जना वकिलले बहस गर्न बाँकी भएपछि मुद्दा हेर्दाहेर्दैमा राखिएको हो । उनीहरुले बहस सकेपछि जाहेरवालातर्फबाट जवाफी बहस हुनेछ । त्यसपछि न्यायाधीश शिशिरराज ढकालले फैसला सुनाउनेछन् । न्यायाधीश ढकालको इजलासबाट गत आइतबार […]

सन्दीपको मुद्दा हेर्दाहेर्दैमा, न्यायाधीश ढकालले नै फैसला गर्ने निश्चित

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको फैसला बहस आज सकिएन । जाहेरीकर्ताको तर्फबाट चार जना वकिलको बहसपश्चात न्यायाधीश शिशिरराज ढकालले मुद्दालाई हेर्दाहेर्दैमा राखेका छन् । सात महिनादेखि सर्दै आएको सन्दीपको मुद्दाको फैसला बहस आज सुरु भएको हो । अब यसले निरन्तरता पाउने छ । न्यायाधीश ढकालले नै मुद्दाको फैसला गर्ने निश्चित भएको छ । भोलि […]