काठमाडौं : नेकपा (एमाले)का सांसद तथा पूर्वमन्त्री महेश बस्नेतले सभामुखलाई महाअभियोग ल्याउने परिस्थिति सिर्जना हुनसक्ने बताएका छन्। मंगलवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै बस्नेतले सभामुख अग्निप्रसाद सापकोटालाई महाअभियोग लगाउने परिस्थिती सिर्जना हुनसक्ने बताएका हुन्। उनले नेकपा एमालेमा एक सय जना सांसद महाअभियोग लगाउने कुरामा स्ट्याण्डबाई रहेको भन्दै पार्टीले संख्या पुर्याउने पहल गरेमा सभामुखलाई महाअभियोग लगाउन सकिने टिप्पणी गरे। उनले बुद्धिजीवीहरुले पनि महाअभियोग