पानी बेचेर मुलुक धनि बनाउने आश्वासन

खानेपानीमन्त्री अब्दुल खानले स्वदेश पानी बेचेर मुलुकको आर्थिक समृद्धि हासिल गर्न सकिने बताएका छन् । मुलुक जलस्रोतमा धनी रहेको भन्दै उनले नेपालको पानी विदेश निर्यात गरेर आर्थिक समृद्धि हासिल गर्न सकिने बताएका हुन् । “देशका खोलानालाबाट विभिन्न ‘मिनरलयुक्त’ स्वच्छ पानी बगिरहेकोछ,” उनले भने, “त्यसलाई बजारीकरण गर्न सकेको खण्डमा अन्य देशमा पानी बिक्री गर्न सकिने छ […]

सम्बन्धित सामग्री

मेलम्चीको नवौं उद्घाटनमा प्रधानमन्त्रीको झुटो आश्वासन

१ माघ, काठमाडौं । सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मेलम्चीको पानी पुनःवितरणको उद्घाटन गर्दै बाह्रै महिना वितरणको व्यवस्था मिलाउन सम्बन्धित पदाधिकारीलाई निर्देशन दिएको सुनाए । वर्षायाम सुरु हुनुअघि गत १ जेठमा मेलम्चीको पानी बन्द गरिएको थियो । मेलम्ची खोलामा आउने बाढीका कारण सुरुङ र खानेपानी आयोजनाको संरचनामा क्षति पुग्ने भन्दै बन्द गरिएको पानी ल्याउन ७ […]

'भोट माग्दा पानी दिन्छौँ भन्नेले जितेपछि फर्केरै हेरेनन्'

दाङ :  तुलसीपुर उपमहानगरपालिका १५ पहरूवाकी रचना रैदासले विगत २ वर्षदेखि छिमेकीको घरको  कुवाको पानी खाँदै आएकी छन्।गाउँमा सार्वजनिक धारा तथा कुवा नहुँदा उनले आर्थिक अभावका कारण छिमेकीको घरको कुवाको पानी खाँदै आएको बताइन्। उनले निर्वाचनको बेला नेताहरू  भोट माग्न आउँदा कुवा दिने आश्वासन दिएको भए तापनि आफूले अहिलेसम्म नपाएको गुनासो गरिन्।उनले भनिन्,‘विगत २ वर्षदेखि हामी छिमेकीको घरको कुवाको पानी खाँदै आएका छौँ। आफ्नो घरमा कुवा बनाउन भने पनि आर्थिकका कारण सकिँदैन। एउटा कुवा

काठमाडौं–६ को काकाकुल बस्ती : आश्वासन पाए, पानी पाएनन्

काठमाडौं क्षेत्र नं. ६ मा पर्ने बानियाँटार क्षेत्रका करिब ७ सय घरधुरी खानेपानीको समस्याले व्याकुल छन् । स्थानीय नरेन्द्रराज पाठकका अनुसार नजिकै रहेको साङ्ले खोला डिप बोरिङको पानी बालाजुसम्म पुग्छ, छेवैको टोलमा आउँदैन । हरेक चुनावमा स्थानीयवासी उम्मेदवारबाट आश्वसन पाउँछन्, पानी पाउँदैनन् ।

सरकारले खरकाे छानाे फेरिदिने आश्वासनमा बसिरहेका सर्वसाधारण

दाङ- खरको छानाबाट पानी चुहिन्छ। भित्ताभरि पानी बगेको टाटा स्पष्टसँगै देखिन्छ। हावाहुरी र पानी पर्दा लमही नगरपालिका वडा नम्बर ४ अर्नहवा निवासी हुर्मत कुमाल र उनको परिवार घर छाडेर अन्यत्र ओत लाग्नुपर्ने अवस्था छ। पाँच वर्षअघि कुमालले खरको छाना फेरेर टिन लगाउने आश्वासन पाएका थिए। त्यो पाँच वर्ष वित्नै आँटेको छ। तर, उनकाे घरकाे छानाले […]

हरेक चुनावमा पानीको आश्वासन, अझै प्यासै छन् शंकरपोखरीवासी

पर्वत : पर्वतको फलेवास नगरपालिका–३ शंकरपोखरीकी ८० वर्षीया भीमकुमारी तिवारीको जीवन करिब आधा घण्टाको यात्रा गरेर डोकोमा गाग्री बोकेरै बित्यो। कुश्मा नगरपालिका–१२ ठूलीपोखरीबाट २०२० सालमा विवाह गरेर शंकरपोखरी आएपछि पानीको समस्या बेहोरेकी उनको अवस्था ६ दशकपछि पनि उस्तै छ।पानीको सुविधा रहेको ठूलोपोखरीबाट पानीको चरम अभाव भएको शंकरपोखरीमा आएकी उनले २०३२, २०३७, २०४२, २०४८, २०५१, २०५४, २०५६, २०६४, २०७० र २०७४ को चुनावहरूमा पानीको आश्वासन दिने नेताहरू भेटेकी उनलाई अहिले पनि पानी दिने आश्वासनको

दलित वस्ती भन्छन्ः आश्वासन होइन, पानी दिनेलाई भोट दिन्छौं

म्याग्दीको बेनी नगरपालिका-५ पुरण्य गाउँमा दैनिक उम्मेदवारको लर्को छ। चुनावको मुखमा दैनिक जसो विभिन्न दलहरु आएर भोट माग्ने आउने गरेका छन्।...

दुई गाग्री पानी लिन दिनभर

तनहुँ । टोलटोलमा पानीको धारा छ । बिहान सबेरै उठेर लाइनमा बस्न सकिएन भने रित्तै गाग्री फकार्उनु पर्छ । पालो पाएमा बल्लतल्ल २ गाग्रीसम्म पानी भर्न पाइन्छ । व्यास नगरपालिका–५ पतेनीका बासिन्दाले खेप्नु परेको सास्ती यतिमै सीमित छैन । खानेपानीको चर्को समस्या भोग्नु परेको छ । पिउनका लागि पानीको चर्को अभाव झेलिरहेको स्थानीयले नुहाउन धुन त सपनाको कुरा मात्रै हुन थालेको छ । घर घरमा धारा जडान त छन् तर, जडान गरिएका धारामा प्रशस्त पानी छैन । पतेनीका बासिन्दाले खानेपानीको चर्को समस्या भोग्दै आएका छन् । धारामा पानी आएन भने कुवा तथा खोलामा पानी लिन जानुपर्ने बाध्यता रहेको दरै टोल संस्थाका सदस्य विष्णुबहादुर दरैले बताए । वि.सं. ०६१ मा म्याग्दे गाउँपालिका–१ गुणादी बरचौर खोल्सीबाट सेडा नेपाल नामक गैरसरकारी संस्थाको सहयोगमा खानेपानी वितरण गरिएको थियो । तर, पछिल्लो समय बस्ती विस्तार भएका कारण पानीको स्रोतले धान्न सक्ने स्थिति रहेन । फलस्वरूप स्थानीयलाई खानेपानीको व्यवस्थापन गर्न सकस परिरहेको छ । एक गाग्री पानीका लागि घन्टौं समय खर्चन बाध्य छन् । घरनजिकैको धारामा पानी नआउँदा ३ घण्टा हिँडेर कुवा धाउनुपर्ने बाध्यता स्थानीयलाई छ । उक्त वडाका बिर्ता पतेनी, साँघे, पतेनी र काउरा टोलका करीब ४०० घरधुरीका बासिन्दा खानेपानीको चर्को समस्या भोग्दै आएका छन् । अघिल्लो निर्वाचनको समयमा जनप्रतिनिधिहरूले खानेपानीको समस्या समाधान गर्ने आश्वासन दिएपनि जितेर गएपछि कसैले वास्ता नगरेको स्थानीयको गुनासो छ । ‘चुनावको समयमा झुटो आश्वासन बाँडे तर खानेपानीको समस्या ज्यूँकात्यूँ छ’ दरैले भने, ‘आसन्न निर्वाचनमा जसले पानीको समस्या समाधानका लागि पहल गर्छ उसलाई भोट दिने स्थानीयको भनाइ छ ।’ दरैका अनुसार बिहान उठ्नेबित्तिकै पानी लिन स्थानीयवासी बेँसी झर्छन् । ३ घण्टा हिँडेपछि खोलानजिक रहेको सानो मूल भएको एउटा कुवामा पुग्छन् । त्यहीँबाट पानी ल्याउँछन् । ‘पानी भर्ने पालो पाउन पनि गाह्रो हुन्छ । एकैपटक गाउँका सबै मानिस पानी लिन जाँदा त निकै भिडभाड हुन्छ’ उनले भने, ‘ पानी भर्नै एक बिहान सक्नुपर्ने बाध्यता छ । खाना पकाएर आफ्ना छोराछोरीलाई विद्यालय पठाउन निकै सकस झेल्नु परेको छ ।’ खानेपानी भर्नका लागि बिहान एकजना खटिनैपर्ने अवस्था रहेको पतेनी टोलका स्थानीयवासी नवराज पौडेलले बताए । साँघे र मादी नदीको बीचमा रहेर पनि खानेपानीबाट वञ्चित हुनु लज्जास्पद कुरा भएको स्थानीयवासी एवम् शिक्षिका अम्बिका बास्तोलाले बताइन् । जिल्लाको दुर्गम बस्तीका घरघरमा पानीको धारा पुगेपनि सदरमुकाम दमौलीदेखि करीब ३ किलोमिटर दूरीमा रहेको उक्त वडाका बासिन्दाले कठिनाइ भोग्दै आएका छन् । पानी भर्न पालो मिच्दा कहिलेकाहीँ झगडा नै हुने गरेको छ । रासस

खानेपानीलाई सधैं आश्वासन

३४ वर्षदेखि कुवाको पानी खाइरहेका चन्द्रपुर ६ लमाहाका स्थानीयले यस पटकको चुनावमा उम्मेदवारसँग उधारो आश्वासन नलिने मन बनाएको छ । पटक/पटकको चुनावमा आश्वासन मात्र बाँड्ने र काम नगर्ने प्रवृत्ति दोहोरिन्छ भन्दै उधारो आश्वासन नमान्नेमा बस्तीका एकमत छन् । बस्तीलाई स्वच्छ खानेपानीको व्यवस्था होस् भन्ने उनीहरूको एक मात्र माग छ ।

मेलम्चीको पानी छिट्टै काठमाडौंबासीले खान पाउँछन् : मन्त्री चौधरी

काठमाडौं  : खानेपानीमन्त्री उमाकान्त चौधरीले बाढीपछि अवरुद्ध मेलम्ची खानेपानी छिटै सञ्चालनमा आउने दाबी गरेका छन्। बाढीले गरेको क्षति अवलोकन गर्न खानेपानी मुहान अम्बाथान पुगेका उनले मेलम्ची खानेपानी छिट्टै सञ्चालनमा ल्याउने आश्वासन दिएका हुन्।मन्त्री चौधरी सोमबार २ वटा हेलिकप्टर प्रयोग गरि मेलम्ची खानेपानीको मुहान अवलोकन गर्न पुगेका थिए।काठमाडौंबासीले मेलम्चीको पानी कहिले खान पाउँछन् भन्ने सञ्चारकर्मीको प्रश्नमा उनले भने, 'अस्थायी रुपमा छिट्टै पानी पुनः सुरुङमा हाल्ने काम गरिहा