पर्वत : पर्वतको फलेवास नगरपालिका–३ शंकरपोखरीकी ८० वर्षीया भीमकुमारी तिवारीको जीवन करिब आधा घण्टाको यात्रा गरेर डोकोमा गाग्री बोकेरै बित्यो। कुश्मा नगरपालिका–१२ ठूलीपोखरीबाट २०२० सालमा विवाह गरेर शंकरपोखरी आएपछि पानीको समस्या बेहोरेकी उनको अवस्था ६ दशकपछि पनि उस्तै छ।पानीको सुविधा रहेको ठूलोपोखरीबाट पानीको चरम अभाव भएको शंकरपोखरीमा आएकी उनले २०३२, २०३७, २०४२, २०४८, २०५१, २०५४, २०५६, २०६४, २०७० र २०७४ को चुनावहरूमा पानीको आश्वासन दिने नेताहरू भेटेकी उनलाई अहिले पनि पानी दिने आश्वासनको