काठमाडौं–६ को काकाकुल बस्ती : आश्वासन पाए, पानी पाएनन्

काठमाडौं क्षेत्र नं. ६ मा पर्ने बानियाँटार क्षेत्रका करिब ७ सय घरधुरी खानेपानीको समस्याले व्याकुल छन् । स्थानीय नरेन्द्रराज पाठकका अनुसार नजिकै रहेको साङ्ले खोला डिप बोरिङको पानी बालाजुसम्म पुग्छ, छेवैको टोलमा आउँदैन । हरेक चुनावमा स्थानीयवासी उम्मेदवारबाट आश्वसन पाउँछन्, पानी पाउँदैनन् ।

सम्बन्धित सामग्री

थापाथली सुकुम्बासी प्रकरण : ‘प्रक्रियामा जाँदा समस्या समाधान हुन्छ’

अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिले कात्तिकको अन्तिम हप्ता वाग्मती किनारमा रहेको सुकुम्बासी बस्ती हटाउने सूचना निकाल्यो । यसै समयमा देशमा प्रतिनिधि सभा तथा प्रदेश सभाको चुनाव पनि भएकोले नेताहरुले बस्तीमा गएर भोट माग्दै बस्ती नउठाउने प्रतिबद्धता पनि व्यक्त गरे । चुनावको सम्मुख पनि भएको र नेताहरुले पनि आश्वासन दिएकोले बस्ती तत्कालै खाली गर्ने कदम चालिँदैन भन्नेमा उनीहरु ढुक्क थिए । तर, पनि केही संशय भने थियो । यसकारण उनीहरुले मङ्सिर १ गते यसको विरोधमा र्याली पनि निकाले । यति भइसक्दा उनीहरु तत्कालै वाग्मती सभ्...

१० दिने सूचनाले त्रासमा सुकुम्बासी बस्ती, भोट फकाउँदै नेता

१ मंसिर, काठमाडौं । काठमाडौंको बाग्मती किनारको सुकुम्बासी बस्ती अहिले आन्दोलनमा छ । चुनावको मुखमा उठीबास लगाउने गरी बस्तीमा १० दिनको समयसीमा दिएर सूचना टाँसिएपछि उनीहरुको होसहवास् उडेको छ । तर, यो बेला  त्यही सूचना देखाएर आफू र आफ्नो दलले जितेमा व्यवस्थापन गर्ने आश्वासन बाँड्न पुग्ने नेता-कार्यकर्ताहरुको लाइन छ । तर, बस्तीका बासिन्दाहरू आश्वस्त हुन […]

जितेर गएपछि नेताहरू फर्कंदैनन् माझीबस्ती

लोपोन्मुख माझी समुदायको विपन्न बस्ती भएकाले चुनावका बेला यहाँ राजनीतिक दलका नेता कार्यकर्ता र उम्मेदवारको आश्वासन बाँड्ने मुख्य थलो हुन्छ।...

महाकालीपारी कुतियाकबरवासी भन्छन्-‘चुनाव जितेपछि हाम्रो पीडा कसले सुन्छ?’

कञ्चनपुर, कात्तिक ६ । महाकाली पारीको भारतसँग जोडिएको सीमा नजिकको बस्ती कुतियाकबरमा चुनावको चहलपहल बढेको छ । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–१० स्थित कुतियाकबरमा दिनहुँ कुनै न कुनै उम्मेदवार आउँछन् । स्थानीयसँग पुरानै आश्वासन सुनाएर मत माग्न उम्मेदवारलाई भ्याइनभ्याई छ । मत माग्न आइरहेका उम्मेदवारका पुरानै आश्वासन सुनेर स्थानीय वाक्कदिक्क भइसकेका छन् । “चुनाव आयो भनेमात्रै […]

महाकालीपारी कुतियाकबरवासी भन्छन्ः ‘चुनाव जितेपछि हाम्रो पीडा कसैले सुन्दैनन्’

–गोकुल जोशी महाकाली पारीको भारतसँग जोडिएको सीमा नजिकको बस्ती कुतियाकबरमा चुनावको चहलपहल बढेको छ । कञ्चनपुरको दोधाराचाँदनी नगरपालिका–१० स्थित कुतियाकबरमा दिनहुँ कुनै न कुनै उम्मेदवार आउँछन् । स्थानीयसँग पुरानै आश्वासन सुनाएर मत माग्न उम्मेदवारलाई भ्याइनभ्याई छ । मत माग्न आइरहेका उम्मेदवारका पुरानै आश्वासन सुनेर स्थानीय वाक्कदिक्क भइसकेका छन् । “चुनाव आयो भनेमात्रै नेता हामीलाई सम्झन्छन्, […]

महाकालीपारी कुतियाकबरवासी भन्छन् -‘चुनाव जितेपछि हाम्रो पीडा कसैले सुन्दैनन्’

महाकाली पारीको भारतसँग जोडिएको सीमा नजिकको बस्ती कुतियाकबरमा चुनावको चहलपहल बढेको  छ । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–१० स्थित कुतियाकबरमा दिनहुँ कुनै न कुनै उम्मेदवार आउँछन् ।स्थानीयसँग पुरानै आश्वासन सुनाएर मत माग्न उम्मेदवारलाई भ्याइनभ्याई छ । मत माग्न आइरहेका उम्मेदवारका पुरानै आश्वासन सुनेर स्थानीय वाक्कदिक्क भइसकेका छन् । “चुनाव आयो भनेमात्रै नेता हामीलाई सम्झन्छन्, जितेर गएपछि फर्केर पनि हेर्दैनन्”, स्थानीय बिनु सुनारले भने,  “हामी कुन हविगतमा बसेका छ

काठमाडौं नदी किनारका सुकुमवासी बस्ती (फोटो फिचर)

काठमाडौं : राजधानीको बाग्मती, विष्णुमती, मनोहरा र गोदावरी नदी किनारको खाली जमिनमा हजारौँ टहरा बनेका छन्। घरबारविहीनका नाममा हजारौँ यहाँ बस्दै आएका छन्। नदी किनार अतिक्रमणमा पर्दा उपत्यकाको सभ्यतामै प्रश्नचिह्न खडा भएको छ। नदी अतिक्रमणका साथै फोहोरको समस्या जटिल बनेको छ। फोहोर नदी किनारमा बस्ने सुकुमवासीका पनि आफ्नै समस्या छन्।विभिन्न समयमा बनेका सरकारले सुकुमवासीको व्वस्थापन गर्ने आश्वासन दिए पनि कार्यान्वयन भने भएको छैन। यी अव्यवस्थित वस्तीका कारण शहरको सौन्दर

आकाशमा कालो बादल देखेपछि मनमा ढ्याङ्ग्राे बज्ने काठमाडाैंकाे एक बस्ती

जुनसुकै स्थानीय सरकारले चुनावअघि आफूहरूलाई गुलियो आश्वासन दिए पनि पदमा पुगेपछि न्याय दिन नसकेको गुनासो गर्ने उनीहरू सुकुम्बासीको पहिचान गरी आफ्ना समस्याप्रति संवेदनशील बन्न आग्रह गर्छन् ।

नयाँ बस्ती बनेपछि बादी समुदायमा खुशी

अर्घाखाँचीको सन्धिखर्क नगरपालिका वडा नं २ मा नयाँ बस्ती स्थापना भएपछि बादी समुदाय खुशी भएका छन्। लामो समयदेखी स्थायी बसोबासको आश्वासन मात्र पाएका बादी समुदायले स्थानीय सरकारको समन्वय र प्रदेश...

बस्ती स्थानान्तरणले स्थानीयमा ल्याएको खुशी

पर्वत । पर्वतको फलेवास नगरपालिका–८ अर्चलेका ६७ वर्षीया बुद्धिसरा विकको मानसपटलमा २०७२ सालको भूकम्प अहिले पनि झलझली आउँछ । घरका ६ जना सकुशल भए पनि बस्दै आएको घर र आँगन भूकम्पले भत्कियो । भूकम्पपछि पालमा बस्दै आएको बुद्धिसराको परिवार ६ वर्षपछि सुरक्षित स्थानमा सरेको छ । छतिवनटारीमा एकीकृत बस्ती बनेपछि उनको परिवार स्थानान्तरण भएको हो । ‘अहिले पनि भूकम्प गएको दिनको सम्झना आइरहन्छ,’ बुद्धिसराले भनिन्, ‘धन्न बाँचियो र अहिले यहाँ पक्की घरमा बस्न पाइयो ।’ घामपानी छलेर छानामुनिको घरमा सर्दा उनका आँखा रसाए । बुद्धिसरासहित अर्चलेका १२ दलित समुदायका घर परिवार असुरक्षित रहेको अर्चलेबाट सोही वडाको छतिवनटारीमा स्थानान्तरण भएपछि राहतको श्वास फेरिरहेका छन् । भूकम्पले बस्ती चिराचिरा परेपछि त्रासमा रहेका स्थानीयलाई भूकम्प गएको ६ वर्षपछि एकीकृत बस्तीमा सारिएको हो । राष्ट्रिय पुनर्निर्माण प्राधिकरण मार्फत भूकम्प प्रतिरोधी घर निर्माण भएका छन् भने खानेपानी, बिजुली र सडक बनाउन फलेवास नगरपालिकाले लगानी गरेको छ । बस्ती निर्माणमा करीब २ करोड खर्च भएको छ । सरकारले जोखिममा रहेको बस्ती स्थानान्तरण गरेपछि अहिले राहतको महसूस गरेको स्थानीय ईश्वरी विश्वकर्माले बताइन् । पहिलेको त्रास अहिले हटेको भन्दै उनले बस्तीमा सुरक्षित बस्न पाउँदा खुशी लागेको सुनाइन् । ‘भूकम्प गएको ६ वर्षसम्म दुःखकष्टले दिन बिताइयो,’ विश्वकर्माले भनिन्, ‘ढिलो भए पनि बलियो ठाउँमा सर्न पाइयो । यसैमा हर्ष लागेको छ ।’ एकै प्रकारका घरमा एकै किसिमको रङ लगाइएको छ । बस्तीमा पानी, सडक, बिजुलीको सुविधा पुगेको छ । वडाध्यक्ष मनबहादुर कुँवरका अनुसार बस्ती नजिकै विद्यालय नहुँदा भने समस्या छ । चाँडै प्राथमिक तहको विद्यालय समेत नजिकै निर्माण गर्ने तयारीमा रहेको कुँवरले सुनाए । आयआर्जनका लागि फलेवास नगरपालिकाले सामूहिक आरन उद्योग समेत सञ्चालनमा ल्याएको उनले बताए । स्थानीय डिलबहादुर विकले भूकम्पले भत्किएको पुरानो बस्तीमा घर बनाउँदा फेरि पनि उच्च जोखिम हुने भूगर्भविद्हरूले बताएकाले बस्तीलाई नयाँ ठाउँमा सारिएको बताए । बस्ती निर्माणका अभियन्ता विकका अनुसार पूर्वाधार विकासमा ४७ लाख, निर्माणका लागि प्राधिकरणको ३६ लाख, उपभोक्ताको तर्फबाट प्रतिघर ३ लाखका दरले ३६ लाख, जग्गा खरीदमा २४ लाख, बाटो, विद्युत्, खानेपानी, सडक र उद्योग सञ्चालनका लागि नगरपालिकाको ३५ लाख रुपैयाँ लगानी भएको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले प्रतिपरिवार तीन लाख रुपैयाँ दिएकोमा भूकम्प पीडित स्वयंले पुनः तीन लाख रुपैयाँ थप गरेर घर निर्माण गरेको विकले बताए । बस्तीसहित बासिन्दाका लागि आवश्यक भौतिक संरचना समेत निर्माण गरिएको छ । भूकम्पपीडितहरू नयाँ बस्तीमा सरेसँगै सोमवार प्रतिनिधिसभाका सदस्य पदम गिरीले बस्तीको उद्धाटन गरेका थिए । गिरीले बस्तीमा आवश्यक पर्ने थप पूर्वाधार निर्माणका लागि राज्यको तर्फबाट आवश्यक पहल गर्ने आश्वासन दिए । फलेवास नगरपालिकाका प्रमुख पदमपाणि शर्माले एकीकृत बस्ती पर्वतकै नमूना बस्ती रहेको बताए ।