३४ वर्षदेखि कुवाको पानी खाइरहेका चन्द्रपुर ६ लमाहाका स्थानीयले यस पटकको चुनावमा उम्मेदवारसँग उधारो आश्वासन नलिने मन बनाएको छ । पटक/पटकको चुनावमा आश्वासन मात्र बाँड्ने र काम नगर्ने प्रवृत्ति दोहोरिन्छ भन्दै उधारो आश्वासन नमान्नेमा बस्तीका एकमत छन् । बस्तीलाई स्वच्छ खानेपानीको व्यवस्था होस् भन्ने उनीहरूको एक मात्र माग छ ।