काठमाडौं । नेपाल एसबिआई बैंकका शेयरधनीहरुले चुक्ता पुँजीको ९.४७% लाभांश प्राप्त गर्ने भएका छन् । बैंकको २७औँ वार्षिक साधारणसभाले उक्तप्रस्ताव पारित गरेको हो । सभाले बैंकका शेयरधनीहरुलाई चुक्ता पुँजीको ९.४७ प्रतिशतका दरले लाभांश (६% बोनश शेयर र ३.४७% नगद लाभांश) वितरण गर्ने प्रस्ताव पारित गरेको हो ।सभाले बैंकको आ.व. २०७६/७७ को संचालक समितिको प्रतिवेदन, वार्षिक आर्थिक विवरण (आषाढ मसान्त २०७७ को वासलात, आ.व. २०७६÷७७ को नाफानोक्सान हिसाब र सोही अवधीको नगदप्रवाह विवरण लगायत वार्षिक आर्थिक