२६ ओटा वाणिज्य बैंकमध्ये ५ ओटा बैंकको लाभांश घोषणा हुन अझै बाँकी

मंसिर ७, काठमाडौं । दोस्रो बजारमा सूचीकृत २६ ओटा वाणिज्य बैंकहरुमध्ये पाँच ओटा बैंकले लाभांश घोषणा गर्न बाँकी रहेको छ ।  चालू आर्थिक वर्षको चार महीना बितिसक्दा पनि सिभिल बैंक, नेपाल क्रेडिट एण्ड कमर्श बैंक, नेपाल एसबिआई बैंक, सेञ्चुरी कमर्सियल बैंक र कृषि विकास बैंकले लाभांश घोषणा गरेको छैनन् ।  गत आवको मुनाफाबाट यस वर्षका लागि लाभांश वितरण गरेका २१ ओटा कम्पनीमध्ये पाँच ओटा कम्पनीले साधारण सभासमेत सम्पन्न गरिसकेका छन् । सानिमा बैंक,कुमारी बैंक सिटीजन्स इन्टरनेशनल बैंक, माछापुच्छ्रे बैंक र नेपाल बङ्गलादेश बैंकले साधारण सभाबाट लाभांश पारित गरिसकेका हुन् ।  कतिपय कम्पनीहरुले साधारण सभाको मितिसमेत तय गरिसकेका छन् ।  हालसम्ममा  लाभांश वितरण गर्ने घोषणा गरेका २१ ओटा ती कम्पनीमध्ये सबैभन्दा बढी नबिल बैंकले ३३ दशमलव ६ प्रतिशत बोनस शेयर र ४ दशमलव ४ प्रतिशत नगद लाभांश गरेर कुल ३८ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ ।  त्यसैगरी सबैभन्दा कम सनराइज बैंकले ६ दशमलव ६५ प्रतिशत बोनस शेयर र शून्य दशमलव ३५ प्रतिशत नगद लाभांश( कर प्रयोजनको लागि) समेत गरेर कुल ७ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ ।  लाभांश वितरण गर्न बाँकी पाँच ओटा कम्पनीमध्ये सबैभन्दा बढी लाभांश क्षमता कृषि विकास बैंकको रहेको छ । कम्पनीको लाभांश क्षमता १० दशमलव ५६ प्रतिशत रहेको छ । त्यसैगरी नेपाल क्रेडिट एण्ड कमर्श बैंकको ६ दशमलव ९२ प्रतिशत, सेञ्चुरी कमर्सियल बैंकको ६ दशमलव ५८ प्रतिशत,सिभिल बैंकको ५ दशमलव ७६ प्रतिशत र नेपाल एसबिआई बैंकको ३ दशमलव ५ प्रतिशत  लाभांश क्षमता रहेको छ । कुनै पनि कम्पनीको लाभांश क्षमता निकाल्ने सूत्र भने यसप्रकार रहेको छ । लाभांश क्षमता = वितरणयोग्य नाफा / चुक्तापूँजी ×१००   

सम्बन्धित सामग्री

हाथवे इन्भेस्टमेन्ट कम्पनीको बोनस सेयर घोषणा

३ पुस, काठमाडौं ।  हाथवे इन्भेस्टमेन्ट कम्पनीले सेयरधनीलाई बोनस सेयर घोषणा गरेको छ । कम्पनीको संचालक समितिको बैठकले गत आर्थिक वर्षसम्मको नाफाबाट सेयरधनीलाई चुक्ता पुँजी १ अर्ब १७ करोड रुपैयाँको १०.५२६ प्रतिशत लाभांश घोषणा गरेको हो । जसमध्ये १० प्रतिशत बोनस सेयर र बाँकी ०.५२६ प्रतिशत कर प्रयोजनका लागि नगद लाभांश प्रदान गरिने कम्पनीले जनाएको […]

एक सय नौ कम्पनीको लाभांश घोषणा, १९ को बोनस नेप्सेमा सूचीकृत

चार कम्पनीको साधारणसभा हुन बाँकी आर्थिक वर्ष ०७७/७८ को मुुनाफाबाट एक सय १९ कम्पनीको लाभांश स्वीकृत भए पनि १९ कम्पनीको बोनस सेयर मात्रै नेप्सेमा सूचीकृत भएको छ । त्यस्तै, लाभांश प्रस्ताव गरेका...

राष्ट्रिय वाणिज्य बैंकद्वारा लाभांश घोषणा

कुल २७ वटा वाणिज्य बैंकमध्ये गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट लाभांश घोषणा गर्न बाँकी एक राष्ट्रिय बाणिज्य बैंकले पनि आफ्नो लाभांश घोषणा गरेको छ । बैंकको बुधबार बसेको सञ्चालक समितिको बैठकले गत वर्षको नाफाबाट सेयरधनी लगानीकर्ताहरुलाई चुक्ता पुँजीको अधिकतम् ३३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।यस्तो लाभांश चुक्तापुँजीको ३० प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि तीन प्रतिशत नगद गरि कुल ३३ प्रतिशत लाभांश वितरण गर्ने बैंकले जनाएको छ । प्रस्तावित लाभांश भने राष्ट्र बैंकबाट स्विकृत प्राप्

एउटा मात्र वाणिज्य बैंकको लाभांश घोषणा हुन बाँकी

कोरोना महामारीका कारण बैंकहरूको गत वर्षको आम्दानीमा धेरै गिरावट आउने अनुमान गरिए पनि समग्रमा लाभांश सन्तोषजनक तरिकाले नै वितरण गरेको पाइएको छ। वाणिज्य बैंकका साथै सञ्चालनमा रहेका अधिकतर विकास बैंकले पनि गत वर्षको आम्दानीबाट लाभांश घोषणा गरिसकेका छन्। विका...

हाइड्रोपावरको लाभांश : कुन कम्पनीले कति दिँदैछन् ?

२९ कात्तिक, काठमाडौं । गत आर्थिक वर्षको सञ्चित मुनाफाबाट बैंक तथा वित्तीय संस्थाहरुले जस्तै जलविद्यतु् कम्पनीहरुले समेत धमाधम लाभांश घोषणा गरिरहेका छन् । केही कम्पनीहरुले साधारणसभा बोलाएर लाभांश पारित नै गरिसकेका छन् भने केही कम्पनीहरु साधारण सभा बोलाउने तरखरमा छन् । लाभांश घोषणा गर्न बाँकी रहेका कम्पनीहरु भने शेयरधनीहरुलाई कति लाभांश दिने भनेर छलफलमै छन् […]

प्राइम बैंकद्वारा लाभांश घोषणा

काठमाडौं, (नेस) । प्राइम कमर्सियल बैंकले लाभांश घोषणा गरेको छ । बैंकको सञ्चालक समितिको ४३३औं बैठकले बैंकको आर्थिक वर्ष २०७७/७८ को नाफाबाट प्रतिशेयर १६ दशमलव ६३१३ प्रतिशत लाभांश प्रस्ताव गर्ने निर्णय गरेको छ । जसमध्ये १६ प्रतिशतका दरले बोनस शेयर र बाँकी अघिल्ला वर्षका लाभांशमा कर तिर्नुपर्ने तर असुल हुन छुटेका तथा यस वर्ष कर […]

२७ मध्ये ८ वाणिज्य बैंकद्वारा लाभांश घोषणा

आठवटा वाणिज्य बैंकहरूले दसैँअघि नै लाभांश घोषणा गरेका छन् । नेपालका २७ मध्ये हालसम्म आठवटा वाणिज्य बैंकले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट बैंकहरूले आफ्ना सेयरधनीहरूलाई दिने लाभांश घोषणा गरेका हुन् । अहिले लाभांश घोषणाको सिजन हो । बाँकी १९ वटा बैंकहरूले पनि क्रमशः लाभांश घोषणा गर्नेछन् । बैंकको सञ्चालक समितिले प्रस्ताव गरेको लाभांश साधारण सभाबाट पारित भएपछि स्वीकृतिका लागि नेपाल राष्ट्र बैंकमा पठाइन्छ । राष्ट्र बैंकले स्वीकृति दिएपछि सेयरधनीको खातामा लाभांश जम्मा हुनेछ ।हालसम्म घोषितमध्ये हिम

शेयरधनीलाई पुरानो लाभांश लिन समृद्धि फाइनान्सको आग्रह

काठमाडौं, ३२ साउन । समृद्धि फाइनान्स कम्पनीले आफ्ना शेयरधनीहरुलाई ५ वर्ष पुरानो लाभांश बुझिलिन आग्रह गरेको छ । २०६४÷६५ सम्म घोषणा भई वितरण गर्न बाँकी लाभांश बुझिलिन आग्रह गरेको हो । २०६४/६५ सम्म लाभांश घोषणा भई लिन बाँकी १ लाख ३७ हजार ८५ नगद लाभांश पारित भएको मितिले पाँच वर्ष बितिसके पश्चात पनि लाभांश लिन […]