नेपाल एसबिआई बैंकले पुस १३ गते बोलायो साधारण सभा

काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेडले पुस १३ गते ३०औं वार्षिक साधारण सभा बोलाएको छ । मङ्सिर १ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले त्रिभुवन आर्मी अपिसर्स क्लब, भद्रकाली, काठमाडौंमा विहान ११ बजे सभा गर्ने निर्णय गरेको हो । सभाले गत आर्थिक वर्ष ०७९/८० को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गर्नुका साथै प्रस्तावित लाभांशलाई समेत अन्तिम स्वीकृति प्रदान गर्नेछ । बैंकले गत आर्थिक वर्षको मुनाफाबाट हाल कायम चुक्तापूँजी १० अर्ब १२ करोड ६ लाख २८ हजार रूपैयाँको आधारमा कुल १० दशमलव ५५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । कुल लाभांशमा ३ दशमलव ७५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि समेत ६ दशमलव ८० प्रतिशत नगद लाभांश रहेको छ ।  अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थासँग मर्जर तथा प्राप्ति प्रकृयामा जाने भएमा त्यसको सम्पूर्ण जिम्मेवारी सञ्चालक समितिलाई दिने निर्णय पनि सभाले गर्नेछ । साधारण सभा प्रयोजनका लागि बैंकले मङ्सिर २९ गते एक दिन बुक क्लोज गर्ने भएको छ । बुक क्लोजको आधारमा मङसिर २८ गतेसम्म कायम शेयरधनीहरूले मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् । सूचना हेर्न यहाँ क्लिक गर्नुहाेस   

सम्बन्धित सामग्री

१२ ओटा वाणिज्य बैंकले गरे लाभांश घोषणा, ६ ओटाले नदिने

काठमाडौं । २० ओटा वाणिज्य बैंकमध्ये हालसम्म १२ ओटाले गत आर्थिक वर्ष २०७९/८० सम्मको मुनाफाबाट लाभांश घोषणा गरेका छन् भने ६ ओटाले लाभांश वितरण नगर्ने निर्णय गरेका छन् ।  लाभांश घोषणा गर्नेमा एनआईसी एशिया बैंक, माछापुच्छ्रे बैंक, एभरेष्ट बैंक, सानिमा बैंक, लक्ष्मी सनराइज बैंक, नेपाल एसबिआई बैंक, ग्लोबल आइएमई बैंक, स्ट्याण्डर्ड चार्टर्ड बैंक, नबिल बैंक, सिटीजन्स इन्टरनेशनल बैंक, राष्ट्रिय वाणिज्य बैंक र सिद्धार्थ बैंक छन् ।  ६ ओटा वाणिज्य बैंकले भने गत आवको मुनाफाबाट कुनै पनि लाभांश वितरण नगर्ने जानकारी दिएका छन्, जसमा हिमालयन बैंक, एनएमबि बैंक, प्राइम कमर्सियल बैंक, कुमारी बैंक, प्रभु बैंक र नेपाल बैंक छन् । बाँकी दुईओटाले भने हालसम्ममा लाभांश दिने/नदिनेबारे निर्णय गरेका छैनन्, जसमा नेपाल इन्भेष्टमेन्ट बैंक र कृषि विकास बैंक छन् ।  गत वर्षको तुलनामा यस वर्ष केही बैंकले बोनस शेयरभन्दा नगद लाभांशमा जोड दिएका छन् । गत वर्ष १८ दशमलव ५ प्रतिशत बोनस शेयर र ११ दशमलव ५ प्रतिशत नगद लाभांश वितरण गरेको नबिल बैंकले यस वर्ष ११ प्रतिशत नगद लाभांश मात्रै वितरण गरेको छ ।  त्यस्तै सिद्धार्थ बैंकको ४ दशमलव २१ प्रतिशत, सिटिजन्स बैंकको ५ दशलमव ७९ प्रतिशत र स्ट्याण्डर्ड चार्टर्ड बैंकको १९ प्रतिशत नगद लाभांश छ । त्यसैगरी, ग्लोबल आइएमई बैंकले १ प्रतिशत बोनस शेयर र ८ प्रतिशत नगद लाभांश छ भने स्ट्याण्डर्ड चार्टर्ड बैंकको १९ प्रतिशत नगद लाभांश छ ।  त्यस्तै नेपाल एसबिआई बैंकको ६ दशमलव ८० प्रतिशत नगद लाभांश (करसहित) र ३ दशमलव ७५ प्रतिशत बोनस शेयर छ । लक्ष्मी सनराइज बैंकको भने ७ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि शून्य दशमलव ३७ प्रतिशत नगद लाभांश छ । राष्ट्रिय वाणिज्य बैंकले भने ५ दशमलव ५ प्रतिशत नगद लाभांश मात्रै वितरण गरेको छ ।   लाभांश घोषणा गरेका कम्पनीमध्ये सबैभन्दा बढी लाभांश एनआईसी एशिया बैंकको छ । बैंकको कुल ३० दशमलव ५३ प्रतिशत लाभांश छ । यो सूचीमा दोस्रोमा नबिल बैंक छ । बैंकको कुल २० दशमलव ५३ प्रतिशत लाभांश छ ।   १२ ओटै बैंकले पुस मसान्तभित्रै साधारण सभा सम्पन्न गरिसकेका छन् । साधारण सभा सम्पन्न गरेका केही बैंकले नगद लाभांश सम्बन्धित शेयरधनीको बैंक खातामा नगद लाभांश पठाइसकेका छन् । केहीको भने बोनस शेयर सूचीकृत पनि भइसकेको छ ।  लाभांश दिने, नदिने र घोषणा गर्न बाँकी बैंक

१२ वाणिज्य बैंकले गरे लाभांश घोषणा, पाँच ओटाले नदिने

काठमाडौं । २० वाणिज्य बैंकमध्ये हालसम्ममा १२ बैंकले गत आर्थिक वर्ष (आव) २०७९/८० सम्मको मुनाफाबाट लाभांश घोषणा गरेका छन् । एनआईसी एशिया बैंक, माछापुच्छ्रे बैंक, एभरेष्ट बैंक, सानिमा बैंक, लक्ष्मी सनराइज बैंक, नेपाल एसबिआई बैंक, ग्लोबल आइएमई बैंक, स्ट्याण्डर्ड चार्टड बैंक, नबिल बैंक, सिटीजन्स इन्टरनेशनल बैंक, राष्ट्रिय बाणिज्य बैंक र सिद्धार्थ बैंकले गत आवको मुनाफाबाट लाभांश घोषणा गरेका हुन्।  गत वर्षको तुलनामा यस वर्ष केही बैंकले बोनस शेयरभन्दा नगद लाभांशमा जोड दिएका छन् । नबिल बैंकले गत वर्ष १८ दशमलव ५ प्रतिशत बोनस शेयर र ११ दशमलव ५ प्रतिशत नगद लाभांश वितरण गरेकोमा यस वर्ष ११ प्रतिशत नगद लाभांश मात्रै वितरण गर्ने प्रस्ताव गरेको हो । यस वर्ष सिद्धार्थ बैंकले ४ दशमलव २१ प्रतिशत, सिटीजन्स बैंकले ५ दशलमव ७९ प्रतिशत र स्ट्याण्डर्ड चार्टर्ड बैंकले १९ प्रतिशत नगद लाभांश मात्रै दिने भएको छ । त्यसैगरी ग्लोबल आइएमई बैंकले १ प्रतिशत बोनस शेयर र ८ प्रतिशत नगद लाभांश दिने भएको छ ।  त्यस्तै नेपाल एसबिआई बैंकले गत आवको मुनाफाबाट शेयरधनीलाई ६ दशमलव ८० प्रतिशत नगद लाभांश करसहित र ३ दशमलव ७५ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको छ ।   लक्ष्मी सनराइज बैंकले ७ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि शून्य दशमलव ३७ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । त्यसैगरी राष्ट्रिय बाणिज्य बैंकले भने ५ दशमलव ५ प्रतिशत नगद लाभांश मात्रै वितरण गर्ने प्रस्ताव गरेको छ ।  लाभांश घोषणा गरेका कम्पनीहरूमध्ये सबैभन्दा बढी लाभांश एनआईसी एशिया बैंकको छ । बैंकले कुल ३० दशमलव ५३ प्रतिशत लाभांश दिने भएको छ । सर्वाधिक लाभांश दिने बैंकको सूचीमा दोस्रोमा एनआईसी एशिया बैंक छ । बैंकले कुल २० दशमलव ५३ प्रतिशत लाभांश दिने भएको छ ।   लाभांश घोषणा गरेका १२ बैंकमध्ये एनआईसी एशिया बैंक, एभरेष्ट बैंक, सानिमा बैंक, माछापुच्छ्रे बैंक, सिटीजन्स बैंक, सिद्धार्थ बैंक, ग्लोबल आइएमई बैंक र स्ट्याण्डर्ड चार्टर्ड बैंकले साधारण सभा गरिसकेका छन् भने बाँकीले पुस मसान्तभित्रै साधारण सभा गर्ने भएका छन् । साधारण सभा गरेका केही बैंकले सम्बन्धित शेयरधनीको बैंक खातामा नगद लाभांश पठाइसकेका छन् ।  पाँच बैंकले लाभांश नदिने पाँच वाणिज्य बैंकले भने गत आवको मुनाफाबाट लाभांश वितरण नगर्ने जानकारी दिएका छन् । हिमालयन बैंक, एनएमबि बैंक, प्राइम कमर्सियल बैंक, कुमारी बैंक र नेपाल बैंकले कुनै पनि लाभांश नदिने निर्णय गरेका हुन् । यी पाँचओटै बैंकले पुस मसान्तभित्रै साधारण सभा बोलाएका छन् । तीन बैंकले भने हालसम्ममा लाभांश घोषणा गरेका छैनन् । नेपाल इन्भेष्टमेन्ट बैंक, प्रभु बैंक र कृषि विकास बैंकले भने हालसम्ममा लाभांश घोषणा नगरेका हुन् ।

दुई ओटा वाणिज्य बैंक सहित ४ ओटा कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

पुस ६, काठमाडौं । दुई ओटा वाणिज्य बैंक सहित ४ ओटा कम्पनीको लाभांश सुरक्षित गर्ने आज (मंगलवार) अन्तिम दिन रहेको छ । नेपाल एसबिआई बैंक, एनएमबि बैंक, छिमेक लघुवित्त वित्तीय संस्था र गणपति लघुवित्त वित्तीय संस्थाको लाभांश प्राप्त गर्न मंगलवारसम्म शेयर कायम गर्नुपर्ने छ । ती चार ओटा कम्पनीहरुले गत आर्थिक वर्षको मुनाफाबाट प्रस्ताव गरेको लाभांश पारितका लागि वार्षिक साधारण सभा आह्वान गरिसकेका छन् । उक्त सभा प्रयोजनका लागि पुस ७ गते अर्थात् बुधवार बुक क्लोज गर्ने भएसँगै पुस ६ गतेसम्म शेयर कायम गर्नुपर्ने भएको हो । नेपाल एसबिआई बैंकले यस वर्ष ३ दशमलव ५० प्रतिशत बोनस शेयर र कर प्रयोजन समेतका लागि १ दशमलव ८१ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । उक्त प्रस्ताव पारित गर्न पुस २० गते २८औं वार्षिक साधारण सभा बोलाएको छ । उक्त सभा प्रयोजनका लागि कम्पनीले पुस ७ गतेदेखि सभा हुने दिनसम्म बुक क्लोज गर्ने भएको छ । त्यस्तै, एनएमबि बैंकले यस वर्ष १२ दशमलव ५० प्रतिशत बोनस शेयर र कर प्रयोजन समेतका लागि ३ दशमलव ३० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । उक्त प्रस्ताव कम्पनीले पुस पुस २२ गते २६औं वार्षिक साधारण सभा मार्फत पारित गर्नेछ । साधारण सभा प्रयोजनका लागि कम्पनीले भने पुस ७ गते (एक दिन मात्र) बुक क्लोज गर्ने भएको छ । छिमेक लघुवित्तले भने यस वर्ष २७ प्रतिशत बोनस शेयर र कर प्रयोजन समेत ३ प्रतिशत नगद लाभांश पुस २३ गते २०औं वार्षिक साधारण सभा मार्फत पारित गराउने तयारी गरेको छ । कम्पनीले सभा प्रयोजनका लागि पुस ७ गतेदेखि सभा हुने दिनसम्मनै बुक क्लोज गर्ने भएको छ । गणपति लघुवित्तले यस वर्ष १९ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि १ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको छ । उक्त प्रस्ताव कम्पनीले पुस १७ गते पाँचौ वार्षिक साधारण सभा मार्फत पारित गर्दैछ । सभा प्रयोजनका लागि कम्पनीले पुस ७ गतेदेखि १६ गतेसम्म बुक क्लोज गर्ने भएको छ । बुक क्लोजको आधारमा ती चार ओटै कम्पनीहरुको लाभांश प्राप्त गर्न र सभामा भाग लिन पुस ६ गतेसम्मका शेयरधनीहरु मात्र योग्य हुनेछन् ।

४ ओटा कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन मंगलवार

पुस ५, काठमाडौं । चार ओटा अलग - अलग कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन मंगलवार रहेको छ ।  दुई ओटा वाणिज्य बैंकसहित चार  ओटा कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन मंगलवार रहेको हो । नेपाल एसबिआई बैंक, एनएमबि बैंक, छिमेक लघुवित्त वित्तीय संस्था र गणपति लघुवित्त वित्तीय संस्थाको लाभांश प्राप्त गर्न मंगलवारसम्म शेयर कायम गर्नुपर्ने छ ।  ती चार ओटा कम्पनीहरुले गत आर्थिक वर्षको मुनाफाबाट प्रस्ताव गरेको लाभांश पारितका लागि वार्षिक साधारण सभा आव्हान गरिसकेका छन् । उक्त सभा प्रयोजनका लागि पुस ७ गते बुक क्लोज गर्ने भएसँगै पुस ६ गतेसम्म शेयर कायम गर्नुपर्ने भएको हो ।  नेपाल एसबिआई बैंकले यस वर्ष ३ दशमलव ५० प्रतिशत बोनस शेयर र कर प्रयोजनसमेतका लागि १ दशमलव ८१ प्रतिशत नगद लाभांश पारित गर्न प्ुस २० गते २८औं वार्षिक साधारण सभा बोलाएको छ । उक्त सभा प्रयोजनका लागि कम्पनीले पुस ७ गतेदेखि सभा हुने दिनसम्म बुक क्लोज गर्ने भएको छ ।  त्यस्तै एनएमबि बैंकले यस वर्ष १२ दशमलव ५० प्रतिशत बोनस शेयर र कर प्रयोजन समेतका लागि ३ दशमलव ३० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । उक्त प्रस्ताव कम्पनीले पुस पुस २२ गते २६औं वार्षिक साधारण सभा मार्फत पारित गर्नेछ । साधारण सभा प्रयोजनका लागि कम्पनीले भने पुस ७ गते एक दिन मात्र बुक क्लोज गर्ने भएको छ ।  छिमेक लघुवित्तले भने यस वर्ष २७ प्रतिशत बोनस शेयर र कर प्रयोजन समेत ३ प्रतिशत नगद लाभांश पुस २३ गते २०औं वार्षिक साधारण सभा मार्फत पारित गराउने तयारी गरेको छ ।  कम्पनीले सभा प्रयोजनका लागि पुस ७ गतेदेखि सभा हुने दिनसम्मनै बुक क्लोज गर्ने भएको छ ।  गणपति लघुवित्तले यस वर्ष १९ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि १ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको छ । उक्त प्रस्ताव कम्पनीले पुस १७ गते पाँचौ वार्षिक साधारण सभा मार्फत पारित गर्दैछ । सभा प्रयोजनका लागि कम्पनीले पुस ७ गतेदेखि १६ गतेसम्म बुक क्लोज गर्ने भएको छ । बुक क्लोजको आधारमा ती चार ओटै कम्पनीहरुको लाभांश प्राप्त गर्न र सभामा भाग लिन पुस ६ गतेसम्मका शेयरधनीहरु मात्र योग्य हुनेछन् ।

नेपाल एसबिआई बैंकको साधारण सभा पुस २० गते, ५.३१ % लाभांश प्रस्ताव

मंसिर २८, काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेडले पुस २० गते २८ औं वार्षिक साधारण सभा बोलाएको छ ।  कम्पनीले त्रिभुवन आर्मी अफिसर्स क्लब भद्रकाली, काठमाडौंमा विहान ११ बजे सभा गर्ने भएको हो । सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदनसहितका वित्तीय विवरणहरु पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरिक्षक नियु्क्ती र निजको पारिश्रमिकसमेत निर्धारण गर्नेछ ।  सभाले कम्पनीले प्रस्ताव गरेको कुल ५ दशमलव ३१ प्रतिशत लाभांशलाई समेत वितरणयोग्य बनाउनेछ । यस वर्ष कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट हाल कायम चुक्तापूँजी रू. ९  अर्ब ४९ करोड ३५ लाख ७७ हजारको अधारमा ३ दशमलव ५० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि समेत १ दशमलव ८१ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको छ ।  बोनस शेयरपश्चात कम्पनीको चुक्तापूँजी वृद्धि हुने भएकाले सोही बमोजिम प्रबन्धपत्र तथा नियमावली संशोधनको प्रस्ताव पनि सभाले पारित गर्नेछ । साथै सर्वसाधारण समूहतर्फबाट प्रतिनिधित्व हुने गरी एक जना सञ्चालक निर्वाचनको कार्यक्रम समेत सभाका लागि तय भएको छ । कम्पनीले अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थाहरुसँग मर्जर तथा प्राप्ति प्रक्रियामा जान आवश्यक देखिएमा त्यसको सम्पूर्ण जिम्मेवारी सञ्चालक समितिलाई दिने निर्णय पनि सभा मार्फत गराउने तयारी गरेको छ । साधारण सभा प्रयोजनका लागि कम्पनीले पुस ७ गतेदेखि सभा हुने दिनसम्म बुक क्लोज गर्ने भएको छ । बुक क्लोजको आधारमा पुस ६ गतेसम्म कायम शेयरधनीहरु मात्र कम्पनीको लाभांश प्राप्त गर्न र सभामा भाग लिन योग्य हुनेछन् ।