नेपाल एसबिआई बैंकको लाभांश घोषणा

नेपाल एसबिआई बैंक Nepal SBI Bank Limited ले लाभांश घोषणा गरेको छ। कम्पनीको मंगलबार बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष ७७/७८ को मुनाफाबाट लाभांश बितरण गर्ने प्रस्ताव गरेको हो । जस अनुसार कम्पनीले हाल कायम हुने चुक्ता पुंजीको ३.५० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि १.८१ प्रतिशत नगद लाभांश गरि कुल ५.३१ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।   हाल कम्पनीको चुक्ता पुंजी ९ अर्ब ४९ करोड ३५ लाख ७७ हजार रहेको छ ।कम्पनीको उक्त  प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि मात्र लगानीकर्तामा बितरण हुने छ । 

सम्बन्धित सामग्री

१२ ओटा वाणिज्य बैंकले गरे लाभांश घोषणा, ६ ओटाले नदिने

काठमाडौं । २० ओटा वाणिज्य बैंकमध्ये हालसम्म १२ ओटाले गत आर्थिक वर्ष २०७९/८० सम्मको मुनाफाबाट लाभांश घोषणा गरेका छन् भने ६ ओटाले लाभांश वितरण नगर्ने निर्णय गरेका छन् ।  लाभांश घोषणा गर्नेमा एनआईसी एशिया बैंक, माछापुच्छ्रे बैंक, एभरेष्ट बैंक, सानिमा बैंक, लक्ष्मी सनराइज बैंक, नेपाल एसबिआई बैंक, ग्लोबल आइएमई बैंक, स्ट्याण्डर्ड चार्टर्ड बैंक, नबिल बैंक, सिटीजन्स इन्टरनेशनल बैंक, राष्ट्रिय वाणिज्य बैंक र सिद्धार्थ बैंक छन् ।  ६ ओटा वाणिज्य बैंकले भने गत आवको मुनाफाबाट कुनै पनि लाभांश वितरण नगर्ने जानकारी दिएका छन्, जसमा हिमालयन बैंक, एनएमबि बैंक, प्राइम कमर्सियल बैंक, कुमारी बैंक, प्रभु बैंक र नेपाल बैंक छन् । बाँकी दुईओटाले भने हालसम्ममा लाभांश दिने/नदिनेबारे निर्णय गरेका छैनन्, जसमा नेपाल इन्भेष्टमेन्ट बैंक र कृषि विकास बैंक छन् ।  गत वर्षको तुलनामा यस वर्ष केही बैंकले बोनस शेयरभन्दा नगद लाभांशमा जोड दिएका छन् । गत वर्ष १८ दशमलव ५ प्रतिशत बोनस शेयर र ११ दशमलव ५ प्रतिशत नगद लाभांश वितरण गरेको नबिल बैंकले यस वर्ष ११ प्रतिशत नगद लाभांश मात्रै वितरण गरेको छ ।  त्यस्तै सिद्धार्थ बैंकको ४ दशमलव २१ प्रतिशत, सिटिजन्स बैंकको ५ दशलमव ७९ प्रतिशत र स्ट्याण्डर्ड चार्टर्ड बैंकको १९ प्रतिशत नगद लाभांश छ । त्यसैगरी, ग्लोबल आइएमई बैंकले १ प्रतिशत बोनस शेयर र ८ प्रतिशत नगद लाभांश छ भने स्ट्याण्डर्ड चार्टर्ड बैंकको १९ प्रतिशत नगद लाभांश छ ।  त्यस्तै नेपाल एसबिआई बैंकको ६ दशमलव ८० प्रतिशत नगद लाभांश (करसहित) र ३ दशमलव ७५ प्रतिशत बोनस शेयर छ । लक्ष्मी सनराइज बैंकको भने ७ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि शून्य दशमलव ३७ प्रतिशत नगद लाभांश छ । राष्ट्रिय वाणिज्य बैंकले भने ५ दशमलव ५ प्रतिशत नगद लाभांश मात्रै वितरण गरेको छ ।   लाभांश घोषणा गरेका कम्पनीमध्ये सबैभन्दा बढी लाभांश एनआईसी एशिया बैंकको छ । बैंकको कुल ३० दशमलव ५३ प्रतिशत लाभांश छ । यो सूचीमा दोस्रोमा नबिल बैंक छ । बैंकको कुल २० दशमलव ५३ प्रतिशत लाभांश छ ।   १२ ओटै बैंकले पुस मसान्तभित्रै साधारण सभा सम्पन्न गरिसकेका छन् । साधारण सभा सम्पन्न गरेका केही बैंकले नगद लाभांश सम्बन्धित शेयरधनीको बैंक खातामा नगद लाभांश पठाइसकेका छन् । केहीको भने बोनस शेयर सूचीकृत पनि भइसकेको छ ।  लाभांश दिने, नदिने र घोषणा गर्न बाँकी बैंक

१२ वाणिज्य बैंकले गरे लाभांश घोषणा, पाँच ओटाले नदिने

काठमाडौं । २० वाणिज्य बैंकमध्ये हालसम्ममा १२ बैंकले गत आर्थिक वर्ष (आव) २०७९/८० सम्मको मुनाफाबाट लाभांश घोषणा गरेका छन् । एनआईसी एशिया बैंक, माछापुच्छ्रे बैंक, एभरेष्ट बैंक, सानिमा बैंक, लक्ष्मी सनराइज बैंक, नेपाल एसबिआई बैंक, ग्लोबल आइएमई बैंक, स्ट्याण्डर्ड चार्टड बैंक, नबिल बैंक, सिटीजन्स इन्टरनेशनल बैंक, राष्ट्रिय बाणिज्य बैंक र सिद्धार्थ बैंकले गत आवको मुनाफाबाट लाभांश घोषणा गरेका हुन्।  गत वर्षको तुलनामा यस वर्ष केही बैंकले बोनस शेयरभन्दा नगद लाभांशमा जोड दिएका छन् । नबिल बैंकले गत वर्ष १८ दशमलव ५ प्रतिशत बोनस शेयर र ११ दशमलव ५ प्रतिशत नगद लाभांश वितरण गरेकोमा यस वर्ष ११ प्रतिशत नगद लाभांश मात्रै वितरण गर्ने प्रस्ताव गरेको हो । यस वर्ष सिद्धार्थ बैंकले ४ दशमलव २१ प्रतिशत, सिटीजन्स बैंकले ५ दशलमव ७९ प्रतिशत र स्ट्याण्डर्ड चार्टर्ड बैंकले १९ प्रतिशत नगद लाभांश मात्रै दिने भएको छ । त्यसैगरी ग्लोबल आइएमई बैंकले १ प्रतिशत बोनस शेयर र ८ प्रतिशत नगद लाभांश दिने भएको छ ।  त्यस्तै नेपाल एसबिआई बैंकले गत आवको मुनाफाबाट शेयरधनीलाई ६ दशमलव ८० प्रतिशत नगद लाभांश करसहित र ३ दशमलव ७५ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको छ ।   लक्ष्मी सनराइज बैंकले ७ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि शून्य दशमलव ३७ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । त्यसैगरी राष्ट्रिय बाणिज्य बैंकले भने ५ दशमलव ५ प्रतिशत नगद लाभांश मात्रै वितरण गर्ने प्रस्ताव गरेको छ ।  लाभांश घोषणा गरेका कम्पनीहरूमध्ये सबैभन्दा बढी लाभांश एनआईसी एशिया बैंकको छ । बैंकले कुल ३० दशमलव ५३ प्रतिशत लाभांश दिने भएको छ । सर्वाधिक लाभांश दिने बैंकको सूचीमा दोस्रोमा एनआईसी एशिया बैंक छ । बैंकले कुल २० दशमलव ५३ प्रतिशत लाभांश दिने भएको छ ।   लाभांश घोषणा गरेका १२ बैंकमध्ये एनआईसी एशिया बैंक, एभरेष्ट बैंक, सानिमा बैंक, माछापुच्छ्रे बैंक, सिटीजन्स बैंक, सिद्धार्थ बैंक, ग्लोबल आइएमई बैंक र स्ट्याण्डर्ड चार्टर्ड बैंकले साधारण सभा गरिसकेका छन् भने बाँकीले पुस मसान्तभित्रै साधारण सभा गर्ने भएका छन् । साधारण सभा गरेका केही बैंकले सम्बन्धित शेयरधनीको बैंक खातामा नगद लाभांश पठाइसकेका छन् ।  पाँच बैंकले लाभांश नदिने पाँच वाणिज्य बैंकले भने गत आवको मुनाफाबाट लाभांश वितरण नगर्ने जानकारी दिएका छन् । हिमालयन बैंक, एनएमबि बैंक, प्राइम कमर्सियल बैंक, कुमारी बैंक र नेपाल बैंकले कुनै पनि लाभांश नदिने निर्णय गरेका हुन् । यी पाँचओटै बैंकले पुस मसान्तभित्रै साधारण सभा बोलाएका छन् । तीन बैंकले भने हालसम्ममा लाभांश घोषणा गरेका छैनन् । नेपाल इन्भेष्टमेन्ट बैंक, प्रभु बैंक र कृषि विकास बैंकले भने हालसम्ममा लाभांश घोषणा नगरेका हुन् ।

नेपाल एसबिआई बैंकको लाभांश घोषणा

काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेडले आर्थिक वर्ष २०७९/८० सम्मको मुनाफाबाट शेयरधनीलाई लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीले हाल कायम चुक्ता पूँजीको कुल १० दशमलव ५५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । कुल लाभांशमध्ये ६ दशमलव ८० प्रतिशत नगद लाभांश करसहित र ३ दशमलव ७५ प्रतिशत बोनस शेयर छ । कम्पनीको मङ्सिर १ गते बसेको सञ्चालक समितिको बैठकले उक्त लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृति पाएपछि र कम्पनीको आगामी साधारण सभाबाट पारित भएपछि शेयरधनीले पाउनेछन् ।

२६ ओटा वाणिज्य बैंकमध्ये ५ ओटा बैंकको लाभांश घोषणा हुन अझै बाँकी

मंसिर ७, काठमाडौं । दोस्रो बजारमा सूचीकृत २६ ओटा वाणिज्य बैंकहरुमध्ये पाँच ओटा बैंकले लाभांश घोषणा गर्न बाँकी रहेको छ ।  चालू आर्थिक वर्षको चार महीना बितिसक्दा पनि सिभिल बैंक, नेपाल क्रेडिट एण्ड कमर्श बैंक, नेपाल एसबिआई बैंक, सेञ्चुरी कमर्सियल बैंक र कृषि विकास बैंकले लाभांश घोषणा गरेको छैनन् ।  गत आवको मुनाफाबाट यस वर्षका लागि लाभांश वितरण गरेका २१ ओटा कम्पनीमध्ये पाँच ओटा कम्पनीले साधारण सभासमेत सम्पन्न गरिसकेका छन् । सानिमा बैंक,कुमारी बैंक सिटीजन्स इन्टरनेशनल बैंक, माछापुच्छ्रे बैंक र नेपाल बङ्गलादेश बैंकले साधारण सभाबाट लाभांश पारित गरिसकेका हुन् ।  कतिपय कम्पनीहरुले साधारण सभाको मितिसमेत तय गरिसकेका छन् ।  हालसम्ममा  लाभांश वितरण गर्ने घोषणा गरेका २१ ओटा ती कम्पनीमध्ये सबैभन्दा बढी नबिल बैंकले ३३ दशमलव ६ प्रतिशत बोनस शेयर र ४ दशमलव ४ प्रतिशत नगद लाभांश गरेर कुल ३८ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ ।  त्यसैगरी सबैभन्दा कम सनराइज बैंकले ६ दशमलव ६५ प्रतिशत बोनस शेयर र शून्य दशमलव ३५ प्रतिशत नगद लाभांश( कर प्रयोजनको लागि) समेत गरेर कुल ७ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ ।  लाभांश वितरण गर्न बाँकी पाँच ओटा कम्पनीमध्ये सबैभन्दा बढी लाभांश क्षमता कृषि विकास बैंकको रहेको छ । कम्पनीको लाभांश क्षमता १० दशमलव ५६ प्रतिशत रहेको छ । त्यसैगरी नेपाल क्रेडिट एण्ड कमर्श बैंकको ६ दशमलव ९२ प्रतिशत, सेञ्चुरी कमर्सियल बैंकको ६ दशमलव ५८ प्रतिशत,सिभिल बैंकको ५ दशमलव ७६ प्रतिशत र नेपाल एसबिआई बैंकको ३ दशमलव ५ प्रतिशत  लाभांश क्षमता रहेको छ । कुनै पनि कम्पनीको लाभांश क्षमता निकाल्ने सूत्र भने यसप्रकार रहेको छ । लाभांश क्षमता = वितरणयोग्य नाफा / चुक्तापूँजी ×१००

लाभांश सार्वजनिक गरेका २१ वाणिज्य बैंकहरुमध्ये १० ओटा बैंकको लाभांश बढ्यो

कात्तिक २७, काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत २६ ओटा वाणिज्य बैंकहरुमध्ये शुक्रवारसम्म २१ बैंकहरुले गत आर्थिक वर्ष ०७७/७८ को लाभांश प्रस्ताव सार्वजनिक गरेका छन् । अझै ५ ओटा बैंकहरु कृषि विकास बैंक, एनसीसी बैंक, नेपाल एसबिआई बैंक, सिभिल बैंक र सेञ्चुरी कमर्सियल बैंकले गत वर्षको लाभांश घोषणा गर्न बाँकी रहेको छ । लाभांश सार्वजनिक गरेका २१ ओटा बैंकहरुमध्ये पनि सानिमा बैंक, सिटिजन्स बैंक इन्टरनेशनल, कुमारी बैंक र माछापुच्छ्रे बैंकले वार्षिक साधारण सभामार्फत लाभांश पारित गरिसकेका छन् । नेपाल बंगलादेश बैंकले मंसिर २ गते र नेपाल इन्भेष्टमेण्ट बैंकले मंसिर १७ गतेसाधारण सभाको मिति तय गरेको छन् । हालसम्म सार्वजनिक भएका बैंकहरुको लाभांशमध्ये नबिल बैंकको सर्वाधिक रहेको छ भने दोस्रोमा हिमालयन बैंकको रहेको छ । नबिल बैंकले यस वर्ष ३३ दशमलव ६० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि समेत ४ दशमलव ४० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । बैंकको कात्तिक १६ गतेको सञ्चालक समितिको बैठकले प्रस्ताव गरेको यो लाभांश पारित हुन भने बाँकी रहेको छ । त्यस्तै, दोस्रोमा सर्वाधिक लाभांश प्रस्ताव गरेको हिमालयन बैंकले पनि हालसम्म साधारण सभाको मिति तय गरेको छैन । बैंकको असोज २० गतेको सञ्चालक समितिको बैठकले २१ दशमलव ३८ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि समेत ४ दशमलव ६२ प्रतिशत नगद लाभांश वितरणको प्रसताव गरेको हो । हालसम्म सार्वजनिक बैंकहरुमध्ये १० ओटा बैंकहरुले अघिल्लो वर्षको भन्दा गत वर्ष बढाएर लाभांश प्रस्ताव गरेका छन् । नबिल बैंकले २ दशमलव ७४ प्रतिशत, हिमालयन बैंकले ६ प्रतिशत, सानिमा बैंकले ४ दशमलव २९ प्रतिशत, नेपाल बैंकले १ प्रतिशत, प्राइम कमर्सियल बैंकले १ दशमलव ६३ प्रतिशत, सिटिजन्स बैंकले ५ प्रतिशत, नेपाल बंगलादेश बैंकले ७ दशमलव शून्य ८ प्रतिशत, माछापुच्छ्रे बैंकले ३ दशमलव ६ प्रतिशत, स्ट्याण्डर्ड चार्टर्ड बैंकले १ दशमलव २२ प्रतिशत र प्रभु बैंकले २ दशमलव १ प्रतिशत बढी गत वर्षभन्दा यस वर्ष लाभांश वितरण गर्न लागेका हुन् । यस वर्ष लक्ष्मी बैंक र सिद्धार्थ बैंकले गत वर्षकै अनुपातमा लाभांश प्रस्ताव गरेका छन् । लक्ष्मी बैंकले ११ दशमलव ५ प्रतिशत र सिद्धार्थ बैंकले १५ प्रतिशत लाभांश प्रस्ताव गरेका हुन् । गत वर्षभन्दा यस वर्ष नेपाल इन्भेष्टमेण्ट बैंकले २ दशमलव ५ प्रतिशत, एनआईसी एशिया बैंकले ४ दशमलव २१ प्रतिशत, एनएमबि बैंकले शून्य दशमलव ४ प्रतिशत, बैंक अफ काठमाण्डूले २ प्रतिशत, ग्लोबल आइएमई बैंकले २ दशमलव ५ प्रतिशत, मेगा बैंकले शून्य दशमलव ९८ प्रतिशत, एभरेष्ट बैंकले शून्य दशमलव २१ प्रतिशत, कुमारी बैंकले ५ दशमलव ३३ प्रतिशत र सनराइज बैंकले १ दशमलव २८ प्रतिशत कम लाभांश प्रस्ताव गरेका हुन् ।                                                            स्रोतः बैंकहरुद्वारा जारी सूचनामा आधारित