जेठ १९, काठमाडौं । नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडलको १९ हजार १३२ कित्ता संस्थापक शेयर आज (बिहीवार) देखि विक्रीमा आएको छ ।
कम्पनीले लोचन देवी मानन्धरको नाममा रहेको ६ हजार ३३५ कित्ता, माला राजभण्डारीको नाममा रहेको ४ हजार ५६१ कित्ता गायत्री सुवालको नाममा रहेको २ हजार ५३४ कित्ता र शोभा तण्डुकारको नाममा रहेको ५ हजार ७०२ कित्ता संस्थापक शेयर विद्यमान संस्थापक शेयरधनीहरूले मात्र खरीद गर्न पाउने गरी विक्रीमा ल्याएको हो ।
इच्छुक विद्यमान संस्थापक शेयरधनीहरूले आगामी ३५ दिनभित्र उल्लेखित शेयर खरीदका लागि कम्पनीको केन्द्रीय कार्यालय धादिङ्गमा निवेदन पेश गर्नुपर्नेछ ।
तोकिएको अवधिभित्र विद्यमान संस्थापक शेयरधनीहरूबाट आवेदन प्राप्त नभएमा भने अन्य व्यक्ति तथा संस्थाहरूमा यो शेयर विक्री प्रकृया अघि बढाइने जानकारी कम्पनीले दिएको छ ।
संस्थापक शेयर विक्रीको सूचना हेर्न यहाँ क्लिक गर्नुहोस् :