काठमाडौं । सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापकतर्फको ६ हजार २०६ कित्ता शेयर विक्रीमा ल्याएको छ । कम्पनीले ईन्द्र बहादुर गोदारको नाममा रहेको उक्त शेयर विद्यमान संस्थापक शेयरधनीले मात्र खरीद गर्न पाउने गरी विक्रीमा ल्याएको हो ।
यो शेयर खरीद गर्न इच्छुक विद्यमान संस्थापक शेयरधनीले आगामी ३५ दिनभित्र कम्पनीको कर्पोरेट कार्यालय, महालक्ष्मी, काठमाडौं वा शेयर रजिष्ट्रार कुमारी क्यापिटलको कार्यालय नक्साल, काठमाठौंमा पेस गर्नुपर्नेछ । तोकिएको अवधिभित्र विद्यमान संस्थापक शेयरधनीबाट यो शेयर खरीद माग नभएमा अन्य व्यक्ति तथा संस्थामा विक्री गरिने जानकारी कम्पनीले दिएको छ ।