काठमाडौं । जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापकतर्फको ३६ हजार कित्ता शेयर सर्वसाधारणमा जारी गरेको छ ।
यसअघि विद्यमान संस्थापक शेयरधनीहरूले मात्र खरीद गर्न पाउने गरी विक्री खुला गर्दा वितरण हुन नसकेपछि कम्पनीले सर्वसाधारणमा यो शेयर विक्री गर्न लागेको हो ।
इच्छुक खरीदकर्ताहरूले आगामी ३५ दिनभित्र खरीद आवेदन पेस गर्न कम्पनीले आग्रह गरेको छ । खरीद आवेदन कम्पनीको केन्द्रीय कार्यालय बुटवल–१०, कालिकानगर, रूपन्देहीमा पेस गर्नुपर्नेछ । आवेदन पेस गर्दा खरीद गर्न चाहेको शेयर संख्यासमेत खुलाउन कम्पनीले भनेको छ ।
कम्पनीले संस्थापक शेयरधनी प्रेम कुमार बरालको नाममा रहेको ६ हजार कित्ता, डा. मान बहादुर बिकेको नाममा रहेको १० हजार कित्ता, माधव प्रसाद नेपालको नाममा रहेको १० हजार कित्ता र यज्ञ विक्रम शाहीको नाममा रहेको १० हजार कित्ता गरी कुल ३६ हजार कित्ता शेयर विक्री खुला गरेको हो ।
सूचना हेर्न यहाँ क्लिक गर्नुहोला