मंसिर १३, काठमाडौं । कालिका लघुवित्त वित्तीय संस्थाले १८ हजार कित्ता संस्थापक शेयर विक्री गर्ने भएको छ ।
कम्पनीले सोमवार एक सूचना जारी गर्दै कम्पनीका संस्थापक शेयरधनी तोयानाथ चालिसेको नाममा रहेको ८ हजार कित्ता, रुद्र प्रसाद शर्माको नाममा रहेको ६ हजार कित्ता र कृष्ण काजी के.सीको नाममा रहेको ४ हजार कित्ता शेयर विक्री गर्ने जानकारी गराएको हो । शेयरको प्रतिकित्ता मूल्य भने तोकिएको छैन ।
उक्त शेयर खरीद गर्न इच्छुक यस कम्पनीका हाल कायम रहेका संस्थापकहरुले यो सूचना प्रकाशित गरेको आजको मितिले ३५ दिनभित्र कम्पनीको केन्द्रीय कार्यालय पोखरा १०, कास्कीमा लिखित निवेदन पेश गर्न अनुरोध गरेको छ ।
उक्त समय अवधिमा शेयर खरीद गर्न निवेदन नआएमा प्रचलित कानून बमोजिम अन्य व्याक्ति संघ संस्थालाई विक्री गर्ने कम्पनीले जानकारी गराएको हो ।