काठमाण्डाै – आईसीसी टी–२० विश्व कप क्रिकेटको ग्लोबल छनोट 'ए' अन्तर्गत नेपालसँगकाे खेलमा क्यानडा ८० रनमै अलआउट भएकाे छ । क्यानडा १५ ओभरमा अलआउट भएकाे हाे ।
क्यानडालाई कम रनमै राेक्न नेपालका लागि सन्दीप लामिछानेले तीन विकेट लिए । चार ओभर बलिङ गरेका सन्दीपले १२ रन दिएर तीन विकेट लिएका हुन् । यस्तै कमल ऐरी र अविनाश बाेहराले दुई विकेट लिँदा कुशल मल्लले एक–एक विकेट लिए ।
याे खेलमा नेपाल विजेता भए सेमिफाइनलमा समूह 'ए' काे उपविजेता यूएईसँग खेल्नेछ । य...