राष्ट्रिय बाणिज्य बैंकको ब्राण्ड एम्बेस्डरमा मिस नेपाल वर्ल्ड प्रियंका रानी नियुक्त

राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले मिस नेपाल वर्ल्ड प्रियंका रानी जोशीलाई नियुक्त गरेको छ । बैंक र दी हिडन ट्रेजरबीच भएको सम्झौतामा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र दी हिडन ट्रेजरको तर्फबाट अध्यक्ष दिवाकर राजकर्णिकारले हस्ताक्षर गरे । बैंकका प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले आधुनिक बैंकिङ्ग सेवाको बारेमा खासगरी युवावर्गका ग्राहकहरुमा थप जानकारी दिई आफ्नो व्यवसायलाई प्रवर्द्धन गर्नको निमित्त बैंकले  आफ्नो ब्रान्ड एम्बेस्डरमा जोशीलाई नियुक्त गरिएको बताए ।&nbs

सम्बन्धित सामग्री

मिस वर्ल्डमा सहभागी हुन दिल्ली लागिन् मिस नेपाल प्रियंकारानी जोशी

काठमाडौं । ७१ औं मिस वर्ल्डमा सहभागी हुन मिस नेपाल वर्ल्ड २०२२ प्रियंकारानी जोशी आइतबार दिल्लीतर्फ प्रस्थान गरेकी छन् । उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा द हिडन ट्रेजरका पदाधिकारीले राष्ट्रिय झण्डा प्रदान गर्दै बिदाई गरे । यस वर्षको मिस वर्ल्ड फेब्रुअरी १८ देखि मार्च ९ सम्म भारतमा आयोजना हुँदैछ । उद्घाटन समारोह दिल्ली र फिनाले समारोह […]

मिस नेपाल-२०२३ मा बदलिएका दुई नियम (तस्वीर)

काठमाडौं । शनिबार तीन जना नयाँ मिस नेपाल घोषित भएका छन् । श्रीच्छा प्रधान मिस नेपाल वर्ल्ड घोषित हुँदा प्रसिद्धि शाह मिस नेपाल इन्टरनेसनल र रैना मजगैंयाले मिस नेपाल अर्थको उपाधि चुमे । ललितपुर गोदावरीस्थित सनराइज हलमा आयोजित भव्य समारोहमा केही परिवर्तन देखिए । यसपटक रनरअपको नियम हटाइएको छ । विजेता घोषणा गर्दा पनि रनरअप […]

प्रियंका रानी जोशी मिस नेपाल

काठमाडौं, ४ असार । प्रियंका रानी जोशी यस वर्षको मिस नेपाल वर्ल्ड भएकी छिन् । ललितपुरको गोदावरीमा आयोजित प्रतियोगितामा उनले ताज पहिरिएकी हुन् । पूर्वमिस नेपाल नम्रता श्रेष्ठले जोशीलाई ताज पहिराइन् । २४ प्रतिष्पर्धीमध्ये उनी विजेता भएकी हुन् । मिस नेपाल अर्थको ताज सरिता श्रेष्ठले पहिरेकी छिन् । मिस नेपाल इन्टरनेसनलको ताज न्यान्सी खड्काले पहिरिएकी […]

आईआईएफटीको ड्रेसमा ‘ओपनिङ राउण्ड’मै देखिनेछन् ‘मिस नेपाल वर्ल्ड’का प्रतियोगी

काठमाडौं । ‘मिस नेपाल वर्ल्ड-२०२२’का प्रतियोगीहरु हिजोआज प्रशिक्षणमा व्यस्त छन् । ‘मिस नेपाल वल्ड’को यस संस्करणमा २४ जना सुन्दरी ताजका लागि प्रतिस्पर्धा गर्दैछन् । नेपालको सौन्दर्य प्रतियोगितामध्येकै उत्कृष्ट भनिने ‘मिस नेपाल वर्ल्ड-२०२२’को ग्राण्ड फिनाले यही १८ जुन अर्थात असार ४ गते हुँदैछ । हरेक सौन्दर्य प्रतियोगिताको ‘ओपनिङ राउण्ड’लाई महत्वका साथ लिइन्छ, किनकि पहिलो राउण्डसँगै दर्शकमाझ […] The post आईआईएफटीको ड्रेसमा ‘ओपनिङ राउण्ड’मै देखिनेछन् ‘मिस नेपाल वर्ल्ड’का प्रतियोगी appeared first on राजधानी राष्ट्रिय दैनिक.

स्वदेश फर्किइन् मिस नेपाल नम्रता

मिस नेपाल वर्ल्ड नम्रता श्रेष्ठ स्वदेश फर्किएकी छिन् । नेपालको प्रतिनिधित्व गर्दै ‘मिस वर्ल्ड’ मा सहभागी उनी प्रतियोगिता स्थगित भएपछि सोमबार नेपाल फर्किएकी हुन् । अमेरिकी राज्य पुएर्तो रिकोमा आयोजना भएको प्रतियोगितामा १७ बढी प्रतियोगी तथा स्टाफमा कोरोनाभाइरस देखिएपछि प्रतियोगिता स्थगित भएको थियो । संक्रमणको अवस्था सामान्य भए ९० दिनभित्र प्रतियोगिता आयोजना गर्ने भन्दै प्रतियोगिता स्थगित गरिएको हो ।मिस वर्ल्डका धेरै प्रतिस्पर्धी कोरोना संक्रमित भएपनि श्रेष्ठको भने रिपोट नेगेटिभ आएको थि

‘मिस नेपाल नर्थ अमेरिका’को कोरियोग्राफरमा सदीक्षा

अमेरिकामा आयोजना हुने सौन्दर्य प्रतियोगिता ‘मिस नेपाल नर्थ अमेरिका’को अफिसल कोरियोग्राफरमा ‘मिस नेपाल वर्ल्ड २०१०’की विजेता सदीक्षा श्रेष्ठ नियुक्त भएकी छन् । मिस नेपाल नर्थ अमेरिकाको आयोजक संस्थाका संस्थापक सभापति शैलेश श्रेष्ठले कोरियोग्राफरमा श्रेष्ठ नियुक्त भएको जानकारी दिए ।त्यस्तै संस्थाले कार्यक्रमको आधिकारिक परामर्शदातामा २०१८ की ‘मिस नेपाल वल्र्ड’ विजेता शृंखला खतिवडालाई पनि नियुक्त गरेको छ । कार्यक्रम प्रस्तोतामा ‘मिस नेपाल अर्थ २०१०’की व

'मिस नेपाल नर्थ अमेरिका'को लागि पूर्व मिस नेपाल सुन्दरीहरुको उपस्थिती रहने

न्यूयोर्कमा हुने मिस नेपाल नर्थ अमेरिका (उत्तर अमेरिका नेपाल सुन्दरी) को लागि पूर्व नेपाल सुन्दरीहरु शृंखला खतिवडा ,सदीक्षा श्रेष्ठ र मनिता देवकोटा आउने भएका छन् ।मिस नेपाल नर्थ अमेरिका आयोजक समितिले जानकारी गराए अनुसार सन् २०१८ की मिस नेपाल वर्ल्ड शृंखला खतिवडालाई अफिसियल मेन्टोर अर्थात् आधिकारिक परामर्शदातामा नियुक्त गरेको छ । भने सदीक्षा श्रेष्ठलाई अफिसियल कोरियोग्राफर (आधिकारिक सम्पूर्ण प्रशिक्षण)को जिम्मेवार दिइएको छ ।यस्तै, अर्की पूर्व नेपाल सुन्दरी मनिता देवकोटालाई प्रशिक्षक तथा प्रत

राष्ट्रिय वाणिज्य बैंकको ब्राण्ड एम्बासडरमा मिस नेपाल नम्रता श्रेष्ठ नियुक्त

राष्ट्रिय वाणिज्य बैंकले व्यवसाय प्रवद्र्धनको लागि मिस नेपाल वर्ल्ड-२०२० नम्रता श्रेष्ठलाई ब्राण्ड एम्बासडरमा नियुक्त गरिएको छ ।