व्यक्तिगत आयकरको सीमा बढाउन चार्टर्ड एकाउन्टेन्ट संघको सुझाव, ५ लाख कमाउनेलाई एक प्रतिशत

काठमाडौं । नेपाल चार्टर्ड एकाउन्टेन्ट संघ (एक्यान)  ले व्यक्तिगत आयकरको सीमा बढाउन सुझाव दिएको छ। संघले बिहीबार संसदको अर्थसमितिमा

सम्बन्धित सामग्री

५० रुपैयाँमा आईपीओ विक्री गरेको हाथवेको शेयर मूल्य हजारमाथि

काठमाडौं । प्राथमिक बजारमा प्रतिशेयर ५० रुपैयाँ अंकित मूल्यमा नै आईपीओ जारी गरेको हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेडको शेयर मूल्य दोस्रो बजारमा १ हजार रुपैयाँभन्दा माथि पुगेको छ । कम्पनीले गत भदौ २१ गतेदेखि २५ गतेसम्म सर्वसाधारणमा आईपीओ विक्री गरी असोज २ गते बाँडफाँट गरेको थियो । कम्पनीले धितोपत्र दोस्रो बजारमा असोज २३ गते २ करोड ३४ लाख कित्ता शेयर सूचीकृत गराएको थियो । कुल कित्ता शेयरमध्ये सर्वसाधारणतर्फ २९ लाख २५ हजार कित्ता र संस्थापकतर्फ २ करोड ४ लाख ७५ हजार छ । पछिल्लो कारोबार दिन पुस २३ गते कम्पनीको शेयर मूल्य प्रतिकित्ता १ हजार ३४ रुपैयाँ ९० पैसा कायम भएको छ । यो दिन कम्पनीको शेयर मूल्य ८ दशमलव ३७ प्रतिशत बढेको हो । असोज २४ गतेदेखि कम्पनीको दोस्रो बजारमा कारोबार शुरु भएको थियो । पहिलो कारोबार दिनमा प्रतिकित्ता २८५ रुपैयाँमा कारोबार खुला भएकोमा पहिलो दिनमै ९ दशमलव ९९ प्रतिशत मूल्य बढेर ३१३ रुपैयाँ ७० पैसा कायम भएको थियो । हालसम्म दोस्रो बजारमा कम्पनीको ४९ दिन शेयर कारोबार भएको छ । कम्पनीको शेयर मूल्य निरन्तर बढ्दो क्रममै छ । पहिलो वर्ष नै शेयरधनीहरूलाई लाभांश दिन सफल भएकाले पनि कम्पनीको शेयरप्रति लगानीकर्ताको आकर्षण बढी भएको हो । गत आर्थिक वर्षको मुनाफाबाट कम्पनीले १० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ५३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । प्रस्तावित लाभांश कम्पनीले पुस २६ गते १५औं वार्षिक साधारण सभा आयोजना गरी पारित गर्दैछ । यो बीचमा कम्पनीको शेयर मूल्य बोनस शेयर प्रयोजनका लागि समायोजन समेत भएको छ । पुस ११ गते कम्पनीको १० प्रतिशत बोनस शेयर प्रयोजनका लागि उक्त दिन कायम अन्तिम शेयर मूल्य ७९६ रुपैयाँ ५० पैसाका आधारमा मूल्य समायोजन गरी नेप्सेले बोनसपछिको मूल्य ७२४ रुपैयाँ ९ पैसा तोकेको थियो । समायोजपछि पनि कम्पनीको शेयर मूल्य बढेको हो ।  २०६५ चैत १४ गते कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता भएको उक्त कम्पनी सोही मितिदेखि सञ्चालनमा छ । कम्पनीमा नेपालका ख्यातिप्राप्त युवा व्यवसायी, उद्यमी, चार्टर्ड एकाउन्टेन्ट लगायतको लगानी छ । कम्पनीले नेपालको पूँजीबजार र लगानीका अन्य क्षेत्रहरूमा लगानी गरेको छ । कम्पनीले पूँजीबजारको अतिरिक्त जलविद्युत, घरजग्गा, पर्यटन र स्वःपूँजीको क्षेत्रमा लगानी विस्तार गरी मुलुकको आर्थिक विकासमा योगदान पुर्‍याउँदै आएको छ ।

हाथवे इन्भेष्टमेन्ट नेपालको आईपीओ वैदेशिक रोजगारीमा रहेका नेपालीमा बाँडफाँट

काठमाडौं । हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपालीहरूमा विक्री गरेको आईपीओ बाँडफाँट गरेको छ । कम्पनीले सर्वसाधारणका लागि छुट्याएको आईपीओमध्ये १० प्रतिशत दरको २ लाख ९२ हजार ५०० कित्ता आईपीओ वैदेशिक रोजगारीमा रहेका नेपालीमा साउन ४ देखि १८ गतेसम्म विक्री गरेको थियो ।  तोकिएको अवधिभित्र रितपूर्वक आवेदन दिएका १४ हजार ६२५ जना आवेदकहरूलाई २० कित्ताका दरले आईपीओ बाँडफाँट गरिएको विक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलले जानकारी दिएको छ । विक्री प्रबन्धकका अनुसार २७ हजार २३६ जनाले १४ लाख १७ हजार ४४० कित्ता शेयर खरीदका लागि आवेदन दिएका थिए । कुल आवेदकहरूमध्ये रितपूर्वक नभएको भन्दै ५ जनाको आवेदन रद्द गरिएको छ । रितपूर्वक आवेदन दिएका २७ हजार २३१ जना आवेदकलाई बाँडफाँटमा सहभागी गराइएको थियो । गोलाप्रथाको माध्यमबाट गरिएको बाँडफाँटमा भाग्यमानी १४ हजार ६२५ जना आवेदकहरूले मात्र शेयर प्राप्त गरेका हुन् । कम्पनीले प्रतिकित्ता ५० रुपैयाँ अंकित मूल्यमै आईपीओ विक्री गरेको हो । नेपालको धितोपत्र बजारमा ५० रुपैयाँ अंकित मूल्यमा आईपीओ जारी गर्ने यो पहिलो कम्पनी छ । यसअघि सोल्टी होटलले प्रतिकित्ता १० रुपैयाँ अंकित मूल्यमा आईपीओ जारी गरेको थियो ।  जारी पूँजी १ अर्ब १७ करोड रुपैयाँको १२ दशमलव ५० प्रतिशत दरले हुन आउने १४ करोड ६२ लाख ५० हजार रुपैयाँ बराबरको २९ लाख २५ हजार कित्ता आईपीओ विक्री गर्न कम्पनीले बोर्डबाट अनुमति पाएको हो । पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीमा आईपीओ बाँडफाँटपछि कम्पनीले बाँकी शेयर भने दोस्रो चरणमा सामूहिक लगानीकोष, कर्मचारी र सर्वसाधारणमा जारी गर्नेछ । कम्पनीले कर्मचारीका लागि ५८ हजार ५०० कित्ता र सामूहिक लगानी कोषका लागि १ लाख ४६ हजार २५० कित्ता सुरक्षित गरेको छ । यीबाहेक बाँकी २४ लाख २७ हजार ७५० कित्ता आईपीओ भने दोस्रो चरणमा सर्वसाधारणका लागि सार्वजनिक निष्कासनमा आउनेछ । २०६५ चैत १४ गते कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता भई सोही मितिदेखि यो कम्पनी सञ्चालनमा छ । यस कम्पनीमा नेपालका ख्यातिप्राप्त युवा व्यवसायी, उद्यमी, चार्टर्ड एकाउन्टेन्ट लगायतको लगानी छ । हाल संस्थापक तर्फबाट चुक्ता भएको पूँजी १ अर्ब २ करोड ३७ लाख ५० हजार रुपैयाँ छ । सर्वसाधारणमा समेत आईपीओ बाँडफाँटपछि कम्पनीको चुक्ता पूँजी रू. १ अर्ब १७ करोड कायम हुनेछ । संस्थापकतर्फ हाल ८७ दशमलव ५० प्रतिशत शेयर स्वामित्व कायम छ ।

ओटीसी बजारमा ८६ रुपैयाँमा कारोबार भएको हाथवे इन्भेष्टमेन्टको आईपीओ ५० रुपैयाँमै

काठमाडौं । प्राथमिक बजारमा साउन ४ गतेदेखि प्रतिकित्ता ५० रुपैयाँ अंकित मूल्यमै आईपीओ निष्कासन भएको छ । हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेडले सर्वसाधारणमा जारी गरिने कुल शेयरको १० प्रतिशत शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि विक्री खुला गरेको हो ।  सामान्यतया प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमै कम्पनीहरूले आईपीओ जारी गरिरहेको अवस्थामा बोर्डले यस कम्पनीलाई भने ५० रुपैयाँ अंकित मूल्यमै आईपीओ विक्री गर्न अनुमति दिएको हो । बोर्डले कम्पनीलाई १४ करोड ६२ लाख ५० हजार रुपैयाँ बराबरको २९ लाख २५ हजार कित्ता आईपीओ विक्री गर्न अनुमति दिएको हो । बोर्डका अध्यक्ष रमेश कुमार हमालले अन्य कम्पनीले जसरी नै १०० रुपैयाँ अंकित मूल्यमै आईपीओ निष्कासनका लागि शुरूमा निर्देशित गरे पनि सबैको सल्लाहबमोजिम ५० रुपैयाँमै आईपीओ निष्कासनको लागि अनुमति दिएको बताए । आगामी दिनमा कम्पनीले अंकित मूल्य १०० रुपैयाँ कायम गर्न चाहेमा गर्न सक्ने गरी अनुमति दिएको जानकारीसमेत हमालले गराए ।  धितोपत्र बजारको इतिहासमा यसअघि पनि प्रतिकित्ता १० रुपैयाँ अंकित मूल्यमा सोल्टी होटलको आईपीओ जारी भएको विषयलाई जोड्दै बोर्डको सम्बन्धित विभागको सल्लाहबमोजिम हाथवे इन्भेष्टमेन्टलाई आईपीओ निष्कासनका लागि बाटो खुला गरेको भनाई हमालको छ । धितोपत्र बजारमा फरकपन चाहने लगानीकर्तालाई यस प्रक्रियाले थप उत्साहित गर्ने विश्वास अध्यक्ष हमालको छ ।  कम्पनी ऐनमा समेत पब्लिक कम्पनीको शेयरको अंकित मूूल्य प्रतिशेयर ५० रुपैयाँ वा १० अंकले भाग जाने सोभन्दा बढी अंकले हुन आउने गरी प्रबन्धपत्र तथा नियमावलीमा व्यवस्था भएबमोजिमको रकम बराबर हुने व्यवस्था छ ।  आईपीओ जारी गर्नुअघि कम्पनीको शेयर कारोबार ओटीसी बजारमा प्रतिकित्ता ८६ रुपैयाँमा भएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले नै सञ्चालन गरिरहेको ओटीसी बजारमा यस कम्पनीको शेयर कारोबार गत जेठ २३ गते भएको तथ्यांक छ । ओटीसी बजारमा त्यस दिन कम्पनीको ३ लाख ५७ हजार २९५ कित्ता शेयर कारोबार भएको नेप्सेले जानकारी दिएको छ । कम्पनीले सर्वसाधारणमा जारी गर्ने कुल कित्ता शेयरमध्ये पहिलो चरणमा १० प्रतिशत दरकोे २ लाख ९२ हजार ५०० कित्ता आईपीओ वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि विक्री खुला गरेको हो । यीबाहेक कर्मचारीका लागि ५८ हजार ५०० कित्ता र १ लाख ४६ हजार २५० कित्ता शेयर सामूहिक लगानी कोषहरूमा बाँडफाँट हुनेछ । दोस्रो चरणमा सार्वजनिक निष्कासनमा भने कम्पनीले सर्वसाधारणमा २४ लाख २७ हजार ७५० कित्ता आईपीओ जारी गर्नेछ । हाल वैदेशिक रोजगारीमा रहेका नेपालीमा जारी भएको आईपीओ भने साउन १८ गतेसम्म विक्रीमा रहनेछ । कम्पनीको शेयर निष्कासन तथा विक्री प्रबन्धकमा ग्लोबल आईएमई क्यापिटल लिमिटेड छ । कम्पनीको आईपीओ निष्कासनका लागि गराएको रेटिङमा ईक्रा नेपाल रेटिङ नेपालले मध्यम स्तरको क्रेडिट जोखिम रहेको संकेत गर्ने ईक्रा एनपी इस्यूअर त्रिपल बी माइनस रेटिङ प्रदान गरेको छ । २०६५ चैत १४ गते कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता भई सोही मितिदेखि यो कम्पनी सञ्चालनमा छ । यस कम्पनीमा नेपालका ख्यातिप्राप्त युवा व्यवसायी, उद्यमी, चार्टर्ड एकाउन्टेन्ट लगायतका प्रबुद्ध व्यक्तिहरूको लगानी  छ । यस कम्पनीले नेपालको पूँजीबजार र लगानीका अन्य क्षेत्रहरूमा लगानी गरी आफूलाई एक सफल कम्पनीको रूपमा उभ्याउन सफल भएको छ ।  हाल संस्थापक तर्फबाट चुक्ता भएको पू्ँजी १ अर्ब २ करोड ३७ लाख ५० हजार रुपैयाँ छ । सर्वसाधारणमा समेत आईपीओ बाँडफाँटपछि कम्पनीको चुक्ता पूँजी रू. १ अर्ब १७ करोड कायम हुनेछ । संस्थापकतर्फ हाल ८७ दशमलव ५० प्रतिशत शेयर स्वामित्व कायम छ ।

आयकर ऐनको दफा ५७ र ९५‘क’ : दोहोरो कर हो कि होइन ?

४ असार, काठमाडौं । करका अधिकारीहरु, चार्टर्ड एकाउन्टेन्ट तथा कानुन व्यवसायीबीच अहिले बहसको विषय बनेको छ– कुनै कम्पनीको ५० प्रतिशत सेयर खरिद विक्री भई नियन्त्रणमा भएको परिवर्तनका कारण आयकर ऐनको दफा ‘५७’ अनुसार र सेयर बिक्रीबाट भएको पूँजीगत लाभका आधारमा दफा ९५‘क’ अनुसार दुवै लगाउँदा त्यो दोहोरो कर हुन्छ कि हुँदैन ? त्यो दोहोरो कर […]

परिस्थितिले ब्याजदर बढ्न सक्छ, सबै तयार रहनुपर्छ : गभर्नर अधिकारी

राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले परिस्थितिवश् ब्याजदर थप बढ्न सक्ने संकेत गर्दै त्यसका लागि सबै तयार रहनुपर्ने बताएका छन् । बुधबार नेपाल चार्टर्ड एकाउन्टेन्ट संस्थाको पहिलो राष्ट्रिय सम्मेलनमा बोल्दै गभर्नर अधिकारीले बैंकिङ प्रणालीमा तरलता अभावको कारण व्याजदरमा असर परेको बताए । यसअघि बढाइएको २ प्रतिशत पोलिसी दर पनि पर्याप्त नभएजस्तो देखिएको उनले बताए ।

नेपाल टेलिकमले ४५ प्रतिशत नगद लाभांश दिने

नेपाल दूरसञ्चार कम्पनी (टेलिकम) ले आर्थिक वर्ष २०७५-७६ को नाफाबाट सेयरधनीहरूलाई ४५ प्रतिशत नगद लाभांश दिने भएको छ । मंगलबार सम्पन्न कम्पनीको १२ औँ वार्षिक साधारणसभाले प्रतिसेयर ४५ रुपैयाँका दरले सेयरधनीहरूलाई नगद लाभांश दिने प्रस्ताव पारित गरेको हो । सभाले आव २०७६-७७ को लागि कम्पनीको लेखापरीक्षण गर्न चार्टर्ड एकाउन्टेन्ट प्रकाशजंग थापा र अच्युतराज जोशीलाई लेखापरीक्षक नियुक्त गरेको छ । कम्पनीको सञ्चालक समितिका अध्यक्ष एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव दीपक सुवेदीले सेयरधनीहरूको लगानीको प्रतिफल सुनिश्चित हुने गरी कम्पनीको दीर्घकालीन विकास तथा समृद्धिका लागि सञ्चालक समिति क्रियाशील रही आएको तथा कम्पनीलाई सबल, अग्रणी संस्थाका रूपमा विकास गर्ने प्रतिबद्धता गरे ।