बैंकको प्रिमियमबारे आधिकारिक व्यक्तिबाटै यकीन नहुँदा प्रश्न उठेको हो : अन्तरवार्ता

नेपालका सार्वजनिक निकायको बेरुजू वर्षेनि बढिरहेको छ । महालेखापरीक्षकको कार्यालयले हालै सार्वजनिक गरेको गत आर्थिक वर्ष २०७८/७९ को लेखापरीक्षण प्रतिवेदनले गत आर्थिक वर्षमा अघिल्लो आर्थिक वर्षको तुलनामा बेरुजू १ खर्ब २० अर्बले बढेको देखायो । महालेखाको लेखापरीक्षण प्रतिवेदनमा बेरुजू पछ्र्योट, बक्यौता असुली लगायत पक्षमा सुधारका लागि सरकारलाई विभिन्न सुझाव समेत दिइएको हुन्छ । तर यसको कार्यान्वयन निकै फितलो रहेको वर्षेनि बढ्ने गरेको बेरुजूको अंकले देखाउँछ । प्रस्तुत छ, बेरुजू समस्या, अनियमितता, महालेखाले गर्ने लेखापरीक्षणको विश्वसनीयता लगायत विषयमा महालेखापरीक्षक टंकमणि शर्मा दंगालसँग आर्थिक अभियानका विजय दमासेले गरेको कुराकानीको सार । नेपालका सार्वजनिक निकायको बेरुजू प्रत्येक वर्ष बढेको देखिन्छ । यसले के संकेत गर्छ ? यसपटक महालेखापरीक्षकको कार्यालयले संघ, प्रदेश, स्थानीय तहका ६ हजार ५४६ ओटा कार्यालयको लेखापरीक्षण गर्दा १ खर्ब २० अर्ब रुपैयाँ बेरुजू देखियो । अहिलेसम्म कुल ९ खर्ब ६० अर्ब बेरुजू फछ्र्योट हुन बाँकी छ । अघिल्लो आर्थिक वर्षमा यो ८ खर्ब २९ अर्ब थियो । यसरी हेर्दा बेरुजू प्रत्येक वर्ष बढेको देखिन्छ । यसपटक १५ अर्ब रुपैयाँ मात्र बेरुजू फछ्र्योट भएको छ । आर्थिक अनुशासन पालनामा कमी आएको छ । ऐन, नियमको पालना नहुँदा वित्तीय अनुशासन मिचिएको देखिन्छ । सही रूपमा सरकारी स्रोत परिचालन नहुँदा बेरुजू बढेको हो । शतप्रतिशत सही हुन्छ भन्ने हुँदैन । केही कमजोरी, गल्ती हुन्छ भनेर लेखापरीक्षण गर्ने गरिएको हो । लेखापरीक्षकले एउटा गल्ती हेर्ने हो भने अर्को छलकपट, हिनामिना, नोक्सानी पत्ता लगाउने हो । गल्ती, कमजोरीका कारण भएका त्रुटिहरू लेखापरीक्षणबाट निस्कनु सामान्य हो । त्रुटि सच्याउनु सम्बन्धित निकायको जिम्मेवारी पनि हो । तर यहाँ त्रुटिहरू हरेक वर्ष निस्किए पनि सच्याइएको छैन । मुलुकमा जे जस्ता नीति, विधि र थिति बनेका छन्, तिनको परिधिभित्र हाम्रा निकाय नबस्दा बेरुजू बढेको देखिन्छ । लेखापरीक्षण गर्दा निस्कने विषय भएकाले बेरुजूलाई सामान्य प्रक्रियाको रूपमा लिनुपर्छ । तर प्रत्येक वर्ष त्यो बढिरहेको छ भने त्यसलाई गम्भीर रूपमा लिनुपर्छ । पुरानो देखिएको अनियमितता निराकरण गर्न जरुरी छ भने नयाँ आउन दिनु हुँदैन । बेरुजू बढ्नुमा के कस्ता कारण जिम्मेवार छन् ? यसपटकको लेखापरीक्षणले ३० अर्ब असुल गर्नुपर्ने देखाएको छ । लेखापरीक्षण प्रतिवेदनमा ककसबाट कति असुल्ने सबै खुलाइदिएका छौं । अंकमा निस्केको बेरुजू एक दिन फछ्र्योट गर्दा हुन्छ, त्यसमा समस्या भएन । अर्को, नियमित गर्नुपर्ने रकम यसपटक ७९–८० अर्ब देखिएको छ । लेखास्रेस्ता  पेश नभएको, कागजात पेश नभएको, कानूनसम्मत नभएको देखिएको छ । सोझै खरीद गर्ने परिपाटी संघ, प्रदेश, स्थानीय तहसम्म छ । सार्वजनिक निकायले २० लाखभन्दा बढी लागत अनुमान भएको खरीद कार्य बोलपत्रमार्फत गर्नुपर्छ । लेखापरीक्षण गर्दा २१ लाखको देखियो भने किन बोलपत्र नगरेको भनेर लेखापरीक्षकले भनिहाल्छ । तर त्यो धेरैले मिचेको देखिन्छ । आर्थिक कार्यविधि, सार्वजनिक खरीद, आर्थिक प्रशासनसम्बन्धी ऐन, कानून मिचेकोमा खासै ठूलो कारबाही नहुँदा बेरुजू बढेको हो । कर्मचारीको गल्ती हो भने उसलाई जवाफदेही बनाउनुपर्‍यो, तर त्यस्तो गरिँदैन । स्थानीय तहमा धेरै कामको भार थपिदिएकाले काम गर्ने जनशक्ति नहुनुका साथै शीपयुक्त जनशक्तिको समेत अभाव देखिन्छ । त्यसकारण नजानेकाले पनि बेरुजू भएको छ भने खराब मनसायले पनि अनियमितता भएको छ ।    महालेखाले बक्यौता रकम उठाउन के कस्तो भूमिका निर्वाह गरेको छ ? हाम्रो काम लेखापरीक्षण गरेर देखाइदिने मात्रै हो । बक्यौता उठाउने काम राज्यका सार्वजनिक निकायकै हो । सम्बन्धित निकाय जिम्मेवार भएर फछ्र्योट गर्नुपर्छ । त्यसमा महालेखापरीक्षकको समेत सहयोग चाहियो भने सहयोग/सहजीकरण गर्छौं । महालेखा कामको एकदमै बोझमा हुन्छ । गत आर्थिक वर्षको लेखापरीक्षण प्रतिवेदन चैत मसान्तमा पेश गरियो । यो वैशाखदेखि असारसम्म अर्को सालको लेखापरीक्षणका लागि तयारी गर्दै छौं । प्रतिवेदन आएपछि ‘ब्रिफिङ’ गरिरहेका छौं । महालेखाले बक्यौता उठाउने भन्दा पनि आफ्नो काम, कर्तव्य, अधिकारको दायराभित्र रहेर काम गर्ने गरेको छ । अर्को कुरा, लेखापरीक्षण ऐनअनुसार सरकारी निकायसँग कार्ययोजना मागिरहेका हुन्छौं । तर जति नै घचघच्याए पनि अपेक्षा अनुसारको नतीजा आउन सकेको छैन । महालेखाले गरेको लेखापरीक्षणमा प्रश्न उठ्न थालेको छ । एमसीसीको सन्दर्भमा परामर्शदाता खोजिएकोबारे महालेखाले प्रश्न उठाएपछि यो विश्वव्यापी चलन हो, लेखापरीक्षकले त्यसलाई बुझेनन् भनिएको छ नि ? विधिपूर्वक गरिएको लेखापरीक्षणबारे बजारमा के बहस गरियो, त्यसमा हामी जादैनौं । चित्त बुझेको छैन भने महालेखापरीक्षकलाई सम्बन्धित पक्षले जानकारी गराउन सक्छ । अहिलेसम्म यसबारे सम्बन्धित पक्ष आएको छैन । महालेखाले गर्ने लेखापरीक्षण अत्यन्त विश्वसनीय, पारदर्शी र सहभागितामूलक हुन्छ । लेखापरीक्षण गर्नुअघि सम्बन्धित निकायमा गएर लेखापरीक्षकले छलफल गर्छन् । लेखापरीक्षणसम्बन्धी केही गुनासा भए त्यो बेला उनीहरूले भन्न सक्नुपर्छ । त्यति बेला नभने पनि दोस्रो मौका हुन्छ । त्यो भनेको प्रारम्भिक प्रतिवेदन तयार गरेर समेत हामी सम्बन्धित निकायलाई दिन्छौं । त्यसमा उनीहरूले प्रतिक्रिया दिन सक्छन् । यसैगरी सम्बन्धित निकायका सचिवलाई विस्तृत प्रतिवेदन पठाइएको हुन्छ । उक्त निकायका सचिव आएर महालेखामा प्रतिवाद गर्न सक्छन् । लिखितदेखि मौखिक तवरले प्रतिवाद गर्न सकिन्छ । त्यतिमा पनि प्रतिवाद भएको छैन भने अन्तिममा लेखापरीक्षण प्रतिवेदन सम्बन्धित मन्त्रीलाई पठाइएको हुन्छ । मन्त्रीले पनि त्यसमा प्रतिवाद गर्न सक्छन् । एमसीसीसहित धेरैजसो विषयमा हामीसमक्ष आएर कसैले प्रतिवाद गरेको छैन । यसै संस्थाका विषयमा अघिल्ला वर्ष पनि धेरै प्रश्न उठेकै हो । हामी प्रतिवादमा लागेनौं । बैंकहरूको प्रिमियमबारे महालेखाले गलत टिप्पणी गर्‍यो भनिएको छ । यसबारे के भन्नुहुन्छ ? कुनै पनि विषयमा लेखापरीक्षण गर्दा राज्यको तर्फबाट हेर्ने हो । कर तिरेको छैन, अनियमितता गरेको छ भने लेखापरीक्षकले देखाइदिनु सामान्य हो । बैंकहरूको प्रिमियम, मर्जरलगायतका बारेमा लेख्दै गर्दा धेरैपटक बैंकर, चार्टर्ड एकाउन्टेन्ट, करका विज्ञ र अर्थविद्सँग छलफल गरिएको थियो । कसैको पनि एकमत देखिएन । आधिकारिक व्यक्तिहरूले समेत यकीन नभनेपछि यसमा लेखापरीक्षकले प्रश्न उठाउनु स्वाभाविक हो । त्यसो भए बैंकरहरूले गरेको टिप्पणी गलत हो त ? बहसका लागि बहस गर्न यो विषयलाई विभिन्न कोणबाट उठाइन्छ भने त्यसमा हाम्रो भन्नु केही छैन । बाहिर गरिने टीकाटिप्पणीलाई लेखापरीक्षकले चिन्दैन । मुलुकमा बढेको अनियमितता कम गर्न के गर्नुपर्ला ? प्रशासकीय र शासकीय कमीकमजोरीले अनियमितता बढेको हो । पहिलो शासकीय प्रबन्धको विषयमा संघ, प्रदेश र स्थानीय तहको जुन संघीय संरचना भयो, त्यसको परिचालन र समन्वयमा बनाइने नीति, नियम, कानूनको अभाव देखिन्छ । दोस्रो, सार्वजनिक प्रशासन परिचालनको सन्दर्भमा समस्याहरू देखिएका छन् । तेस्रो, अर्थतन्त्रमा समस्या देखिएको छ । त्यस्तै क्रमशः विकास व्यवस्थापनमा समस्या देखिएको छ । सार्वजनिक वित्त परिचालनसहित जिम्मेवारीमा समस्या देखिएको छ । बेरुजू बढेको, अनियमितता बढेको र नीतिनियमको पालना नभएको विषयमा सम्बन्धित निकाय र पदाधिकारीहरू सजग हुनुपर्छ । लेखापरीक्षणका विधि र आधार के कस्तो हुन्छ ? यस वर्ष ६ हजार ५३८ निकायको लेखापरीक्षण गरियो । म महालेखा प्रमुख भएको ६ वर्ष भयो । शुरूका वर्ष १० हजार कार्यालय सबैमा एकएक कर्मचारी पठाएर लेखापरीक्षण गरियो । तर त्यो त्यति प्रभावकारी भएन । अहिले हामीले लेखापरीक्षणको योजना नै तय गर्छौं । कुन कार्यालयको विस्तृतमा हेर्नुपर्छ, कुनको त्यसरी नहेरे पनि हुन्छ भन्ने निर्धारण गरिन्छ । जोखिमका आधारमा लेखापरीक्षणलाई वर्गीकरण गरेका छौं । ५० प्रतिशत निकायलाई पूर्ण जोखिममा राखेर लेखापरीक्षण गरेका छौं । ५० प्रतिशत निकायलाई पूर्ण जोखिममा राखेर लेखापरीक्षण गरेका छौं । बाँकीलाई न्यून जोखिममा राखेर लेखापरीक्षण गर्ने गरिएको छ । स्थानीय तह, राष्ट्रिय गौरवका आयोजनालगायतलाई पूर्ण जोखिममा राखिएको छ । काठमाडौंमा रहेको एउटा सरकारी संयन्त्रले देशैभरको सरकारी कार्यालय, दूरदराजमा रहेका गाउँपालिकादेखि सुगममा रहेको सिंहदरबारसम्मका फाइल हेर्नु निकै चुनौतीपूर्ण छ । अरू निकायले गरेको कामकारबाही हेर्ने हो भने एउटै कामका लागि वर्षौंसम्म लागेको हुन्छ । तर हामीले समयमै गरेका छौं । निजीक्षेत्रलाई लेखापरीक्षणको जिम्मा दिन सकिँदैन ? सार्वजनिक संस्थाको लेखापरीक्षण गर्दा अहिले पनि निजीक्षेत्रकै चार्टर्ड एकाउन्टेन्ट परिचालन गरिँदै आएको छ । वर्षमा करीब डेढ सय चार्टर्ड एकाउन्टेन्ट नियुक्ति गर्ने गरिएको छ । उनीहरूमार्फत लेखापरीक्षण गर्ने गरेका छौं । त्यसरी गरिएको लेखापरीक्षणलाई हामीले अन्तिम रूप दिने गरेका छौं । लेखापरीक्षण गर्न एकाउन्टेन्ट संस्था/व्यक्ति ‘हायर’ गर्छौं । त्यसका लागि हामीलाई कानूनी रूपमै अधिकार दिइएको छ । यसपटक नेपाल राष्ट्र बैंकमा अन्तरराष्ट्रिय चार्टर्ड एकाउन्टेन्ट संस्थामार्फत लेखापरीक्षण गरियो । लेखापरीक्षण सम्पूर्ण सम्पत्ति र दायित्वको पनि हुनुपर्ने हो । तर अहिले खर्च र आम्दानीको भएको देखिन्छ । यस्तो किन ? हाम्रो सरकारी लेखाप्रणाली नगदमा आधारित छ । सरकारले पनि नगद कहाँबाट कति आयो, कति गयो भन्ने हिसाब राख्छ । नगदमा आधारित प्रणाली भएकाले खर्च र आम्दानीको मात्र लेखापरीक्षण गरिएको हो । लेखापरीक्षणमा पहिलो वित्तीय लेखापरीक्षण गरिन्छ । त्यसमा हिसाब मात्र हेरिन्छ । दोस्रो परिपालना हो, जसमा ऐन, नियम र विधि मानिएको छ/छैन, त्यो हेरिन्छ । तेस्रो, कार्यमूलक लेखापरीक्षण हो । यसमा मितव्ययिता, कार्यदक्षता, प्रभावकारिताको मूल्यांकन गरिन्छ । यी पक्षमा रहेर समग्र लेखापरीक्षण गरिन्छ । यसले गर्दा हाम्रो लेखापरीक्षण प्रक्रियाभन्दा पनि नतीजामा आधारित हुन्छ ।

सम्बन्धित सामग्री

आज हुने त्रिवि सेवा आयोगको अन्तरवार्ता स्थगित

काठमाडौं : त्रिभुवन विश्वविद्यालय सेवा आयोग कीर्तिपुरले आज (शुक्रबार) का लागि तय गरेको हिन्दी विषयको प्राध्यापक र सह-प्राध्यापकको अन्तरवार्ता स्थगित भएको छ।आयोगले नेपाल समाजवादी विद्यार्थी युनियन, त्रिभुवन विश्वविद्यालय (त्रिवि) समिति र नेपाल विद्यार्थी संघ, त्रिभुवन विश्वविद्यालयले  सेवा आयोगको कार्यालय, विज्ञान डिन कार्यालय र त्रिवि पुनरावेदन आयोगको कार्यालय ताला लगाएपछि अन्तरवार्ता स्थगित भएको हो।सेवा आयोगका अनुसार असोज १४ गतेदेखि १९ गतेसम्म सेवा आयोगको कार्यालय कीर्तिपुरमा सन्चालन गर्ने

यसरी अगाडि सार्न सकिन्छ युएससीआईएसमा एसाइलम अन्तरवार्ता

युएससीआईएसमा तपाईको आवेदन लामो समयदेखि पेन्डिङ अवस्थामा रहेको छ ? तपाईले निश्चित अवस्थाको सामना गरिरहनुभएको छ भने त्यस्ता आवेदनको अन्तरवार्ता अगाडि सार्न सकिन्छ । अमेरिकी कानुन व्यवसायी ज्यासन जुबोले युएससीआईएसमा रहेका एसाइलम आवेदनको अन्तरवार्ता छिटो सार्नसकिने उपायहरुबारे सुझाव दिएका छन् । तपाईले आफ्नो आवेदनमा शीघ्र अन्तरवार्ताका लागि अनुरोध गर्न सक्नुहुन्छ तर तपाईको अनुरोध स्वीकार हुने […]

पल शाह प्रकरणमा कपोकल्पित अन्तरवार्ता दिएको आरोपमा महिला पक्राउ

पल शाह प्रकरणमा कपोकल्पित अन्तरवार्ता दिएको आरोपमा नेपाल प्रहरीको साइबर ब्यूरोको टोलीले चितवनबाट एक महिलालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मकवानपुरकी शर्मिला वाइवा रहेकी छन् । उनले पल शाह प्रकरणमा नायिका रेखा थापाविरुद्ध युट्युबमार्फत कपोकल्पित अन्तरवार्ता दिएको प्रहरीले बताएको छ । नायिका थापाको उजुरीका आधारमा शर्मिला पक्राउ परेकी हुन् ।सामाजिक अभियन्ता बताउने वाइबाले सो प्रकरणमा जोडेर नायिका थापाविरुद्ध अन्तरवार्ता दिएको भिडियो सार्वजनकि भएको थियो । यसअघि पनि पल शाह प्रकरणसँग ज

अमेरिकी दूतावास काठमाडौंमा सिमित नियमित भिजिटर भिसाका अन्तरवार्ता सुचारु

अमेरिकी दूतावास काठमाडौंले सिमित नियमित भिजिटर भिसाका अन्तरवार्ता सुचारु गरेको जनाएको छ । तर अहिलेका लागि विगतमा भिसा अन्तरवार्ता छुटमार्फत नविकरणका लागि आवेदन दिएका तर अन्तरवार्ता छुट नपाई भिसा अन्तरवार्ताको अप्वाइन्ट आवश्यक भएकाहरुलाई प्राथमिकता दिइएको दूतावासले जनाएको छ । बिहिबार दूतावासले सामाजिक सञ्जालमा गरेको भिसा च्याटका क्रममा यस्तो जानकारी दिइएको हो । कोरोना महामारीका बीच […]

यसरी अगाडि सार्न सकिन्छ युएससीआईएसमा एसाइलम अन्तरवार्ता

युएससीआईएसमा तपाईको आवेदन लामो समयदेखि पेन्डिङ अवस्थामा रहेको छ ? तपाईले निश्चित अवस्थाको सामना गरिरहनुभएको छ भने त्यस्ता आवेदनको अन्तरवार्ता अगाडि सार्न सकिन्छ । अमेरिकी कानुन व्यवसायी ज्यासन जुबोले युएससीआईएसमा रहेका एसाइलम आवेदनको अन्तरवार्ता छिटो सार्नसकिने उपायहरुबारे सुझाव दिएका छन् । तपाईले आफ्नो आवेदनमा शीघ्र अन्तरवार्ताका लागि अनुरोध गर्न सक्नुहुन्छ तर तपाईको अनुरोध स्वीकार हुने […]

यसरी अगाडि सार्न सकिन्छ युएससीआईएसमा एसाइलम अन्तरवार्ता

युएससीआईएसमा तपाईको आवेदन लामो समयदेखि पेन्डिङ अवस्थामा रहेको छ ? तपाईले निश्चित अवस्थाको सामना गरिरहनुभएको छ भने त्यस्ता आवेदनको अन्तरवार्ता अगाडि सार्न सकिन्छ । अमेरिकी कानुन व्यवसायी ज्यासन जुबोले युएससीआईएसमा रहेका एसाइलम आवेदनको अन्तरवार्ता छिटो सार्नसकिने उपायहरुबारे सुझाव दिएका छन् । तपाईले आफ्नो आवेदनमा शीघ्र अन्तरवार्ताका लागि अनुरोध गर्न सक्नुहुन्छ तर तपाईको अनुरोध स्वीकार हुने […]

बीबीसीमा चोलेन्द्रको अन्तरवार्ता : संसद्‍बाट बिदा हुन तयार छु

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले मंगलबार बीबीसी नेपाली सेवालाई अन्तरवार्ता दिएर आफूमाथि लागेका आरोपहरूको बचाउ गरे । यसक्रममा उनले आफ्नो राजीनामा माग्नेहरूलाई जनताले दण्डित गर्ने बताए ।