५० रुपैयाँमा आईपीओ विक्री गरेको हाथवेको शेयर मूल्य हजारमाथि

काठमाडौं । प्राथमिक बजारमा प्रतिशेयर ५० रुपैयाँ अंकित मूल्यमा नै आईपीओ जारी गरेको हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेडको शेयर मूल्य दोस्रो बजारमा १ हजार रुपैयाँभन्दा माथि पुगेको छ । कम्पनीले गत भदौ २१ गतेदेखि २५ गतेसम्म सर्वसाधारणमा आईपीओ विक्री गरी असोज २ गते बाँडफाँट गरेको थियो । कम्पनीले धितोपत्र दोस्रो बजारमा असोज २३ गते २ करोड ३४ लाख कित्ता शेयर सूचीकृत गराएको थियो । कुल कित्ता शेयरमध्ये सर्वसाधारणतर्फ २९ लाख २५ हजार कित्ता र संस्थापकतर्फ २ करोड ४ लाख ७५ हजार छ । पछिल्लो कारोबार दिन पुस २३ गते कम्पनीको शेयर मूल्य प्रतिकित्ता १ हजार ३४ रुपैयाँ ९० पैसा कायम भएको छ । यो दिन कम्पनीको शेयर मूल्य ८ दशमलव ३७ प्रतिशत बढेको हो । असोज २४ गतेदेखि कम्पनीको दोस्रो बजारमा कारोबार शुरु भएको थियो । पहिलो कारोबार दिनमा प्रतिकित्ता २८५ रुपैयाँमा कारोबार खुला भएकोमा पहिलो दिनमै ९ दशमलव ९९ प्रतिशत मूल्य बढेर ३१३ रुपैयाँ ७० पैसा कायम भएको थियो । हालसम्म दोस्रो बजारमा कम्पनीको ४९ दिन शेयर कारोबार भएको छ । कम्पनीको शेयर मूल्य निरन्तर बढ्दो क्रममै छ । पहिलो वर्ष नै शेयरधनीहरूलाई लाभांश दिन सफल भएकाले पनि कम्पनीको शेयरप्रति लगानीकर्ताको आकर्षण बढी भएको हो । गत आर्थिक वर्षको मुनाफाबाट कम्पनीले १० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ५३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । प्रस्तावित लाभांश कम्पनीले पुस २६ गते १५औं वार्षिक साधारण सभा आयोजना गरी पारित गर्दैछ । यो बीचमा कम्पनीको शेयर मूल्य बोनस शेयर प्रयोजनका लागि समायोजन समेत भएको छ । पुस ११ गते कम्पनीको १० प्रतिशत बोनस शेयर प्रयोजनका लागि उक्त दिन कायम अन्तिम शेयर मूल्य ७९६ रुपैयाँ ५० पैसाका आधारमा मूल्य समायोजन गरी नेप्सेले बोनसपछिको मूल्य ७२४ रुपैयाँ ९ पैसा तोकेको थियो । समायोजपछि पनि कम्पनीको शेयर मूल्य बढेको हो ।  २०६५ चैत १४ गते कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता भएको उक्त कम्पनी सोही मितिदेखि सञ्चालनमा छ । कम्पनीमा नेपालका ख्यातिप्राप्त युवा व्यवसायी, उद्यमी, चार्टर्ड एकाउन्टेन्ट लगायतको लगानी छ । कम्पनीले नेपालको पूँजीबजार र लगानीका अन्य क्षेत्रहरूमा लगानी गरेको छ । कम्पनीले पूँजीबजारको अतिरिक्त जलविद्युत, घरजग्गा, पर्यटन र स्वःपूँजीको क्षेत्रमा लगानी विस्तार गरी मुलुकको आर्थिक विकासमा योगदान पुर्‍याउँदै आएको छ । 

सम्बन्धित सामग्री

समता घरेलु लघुवित्तको शेयर मूल्य समायोजन

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा आइतवार (आज) समता घरेलु लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य समायोजन भएको छ । साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले बुक क्लोज गरेसँगै नेप्सेले शेयर मूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो ।  नेप्सेले कम्पनीको ५ दशमलव ४३ प्रतिशत बोनस शेयर समायोजन गरेको हो । समायोजनपश्चात कम्पनीको शेयर मूल्य रू. ६७४ कायम भएको छ ।  नेप्सेले आइतवार कारोबार दिनको अन्तिम मूल्यका आधारमा यस कम्पनीको शेयर मूल्य समायोजन गरेको हो । आइतवार दोस्रो बजारमा कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. ७०० मा अन्तिम कारोबार भएको थियो ।  यही समायोजित मूल्यलाई आधार मानेर सोमवारदेखि दोस्रो बजारमा कम्पनीको शेयर कारोबार खुल्नेछ ।

मैलुङखोला जलविद्युत कम्पनीको शेयर मूल्य समायोजन

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा मैलुङखोला जलविद्युत कम्पनी लिमिटेडको शेयर मूल्य बिहीवार (आज) समायोजन भएको छ । साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले बुक क्लोज गरेसँगै नेप्सेले शेयर मूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो ।  नेप्सेले कम्पनीको २ दशमलव २२११ प्रतिशत बोनस शेयर समायोजन गरेको हो । समायोजनपश्चात कम्पनीको शेयर मूल्य रू. ४६१ दशमलव ७४ कायम भएको छ ।  नेप्सेले बिहीवार कारोबार दिनको अन्तिम मूल्यका आधारमा यस कम्पनीको शेयर मूल्य समायोजन गरेको हो । बिहीवार दोस्रो बजारमा कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. ४७२ मा अन्तिम कारोबार भएको थियो ।  यही समायोजित मूल्यलाई आधार मानेर आइतवारदेखि दोस्रो बजारमा कम्पनीको शेयर कारोबार खुल्नेछ ।

डिप्रोक्स लघुवित्तको शेयर मूल्य समायोजन

काठमाडौं । बुधवार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्य समायोजन भएको छ । साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले बुक क्लोज गरेसँगै नेप्सेले शेयर मूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो ।  नेप्सेले कम्पनीको १० प्रतिशत बोनस शेयर समायोजन गरेको हो । समायोजन पश्चात कम्पनीको शेयर मूल्य रू. ७२५ दशमलव १८ कायम भएको छ ।  नेप्सेल बुधवार कारोबार दिनको अन्तिम मूल्यका आधारमा यस कम्पनीको शेयर मूल्य समायोजन गरेको हो । बुधवार दोस्रो बजारमा कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. ७९७ दशमलव ७० मा अन्तिम कारोबार भएको थियो ।  यही समायोजित मूल्यलाई आधार मानेर भोलि अर्थात बिहीवार दोस्रो बजारमा कम्पनीको शेयर कारोबार खुल्नेछ ।

मेगा बैंक र ग्लोबल आइएमई लघुवित्तको शेयर मूल्य समायोजन, अब कसको कति मूल्य ?

नेपाल बैंक र ग्लोबल आइएमई लघुवित्तको शेयर मूल्य समायोजन भएको छ । मंगलबार नेपाल स्टक एक्स्चेन्ज (नेप्से) मा मेगा बैंक र ग्लोबल आइएमई लघुवित्तको नयाँ मूल्य तोकिएको हो ।

नेपाल इन्भेष्टमेन्ट बैंकको शेयर मूल्य समायोजन, कति तोकियो ?

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा नेपाल इन्भेष्टमेन्ट बैंकको शेयर मूल्य समायोजन भएको छ ।

नेप्सेद्धारा साधना लघुवित्तको शेयर मूल्य समायोजन

काठमाडौं, ३ कात्तिक । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले साधना लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्य समायोजन गरेको छ । कम्पनीको २५ प्रतिशत बोनश शेयरपछिको शेयर मुल्य समायोजन गरेको नेप्सेले जनाएको छ । साधारण सभा प्रयोजनार्थ मंगलबार बुकक्लोज गरेसँगै नेप्सेले शेयर मूल्य समायोजन गरेको हो । कम्पनीको अघिल्लो कारोबार दिनको शेयरमूल्य प्रतिकित्ता १७ सय ६९ रुपैयाँको […]