काठमाण्डाै - मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा चुनावको लागि कांग्रेस र एमाले नेतृत्वको दुई गठबन्धन चुनावी मैदानमा उत्रने निश्चित भएको छ ।
उम्मेदवारी दर्ताको अन्तिम चरणमा आइपुग्दा कांग्रेस नेतृत्वमा माओवादी, एकीकृत समाजवादी, लोसपा र जनमोर्चाको गठबन्धन तथा एमाले नेतृत्वमा राजपा र राप्रपाको अर्को गठबन्धन देखिएको छ । जसपा सत्तारुढ गठबन्धनबाट बाहिरिएर एमालेसँग मोर्चा कसेको छ ।
यस्तै जसपा बाहिरिएपछि लोसपा सत्ता गठबन्धनमा मिसिएको छ । सत्ता गठबन्धनमा कांग्रेसलाई ८४, नेकपा माओवादी केन्द्रलाई ४७, एकीकृत समाजवादीलाई १...