कांग्रेस नेतृत्वको गठबन्धन टुटेपछि वाम गठबन्धनको नेतृत्वमा नयाँ सरकार बन्ने भएको छ । बालुवाटारमा आइतबार बिहान भएको कांग्रेस नेतृत्वको गठबन्धनमा कांग्रेस अडानका कारण सहमति नजुटेपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायतका अन्य राजनीतिक दलहरू एमाले अध्यक्ष केपी शर्मा ओली निवास बालकोट पुगेर छलफल गरेका थिए । उक्त छलफलमा एमाले माओवादी केन्द्रका नेताबाहेक, राप्रपा, जसपा, राष्ट्रिय स्वतन्त्र पार्टी, जनमत र नागरिक उन्मुक्ति गरी ७ पार्टीको नयाँ गठबन्धन बनाउँदै माओवादी क