थबाङमा कांग्रेस, एमाले, विप्लव नेतृत्वको गठबन्धन

काठमाडौं : आसन्न स्थानीय तहको निर्वाचनका लागि रोल्पाको थवाङ गाउँपालिकामा नेपाली कांग्रेस, नेकपा एमाले र नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)बिच गठबन्धन भएको छ। कांग्रेस, एमाले, विप्लव नेतृत्वको स्वतन्त्रसहित पाँच जनाले उम्मेदवारी फिर्ता लिएपछि सो गठबन्धन बनेको हो। कांग्रेसका कोषाध्यक्ष बमबहादुर रोकाले भने, ‘हामीले थबाङमा स्वतन्त्र उम्मेदवारलाई सघाउने…