लोडसेडिङ हुने हल्लामा विश्वास नगरौं, बिजुली आयातको अनुमति नवीकरणको प्रक्रियामा छौं : ऊर्जामन्त्री

काठमाडौं । ऊर्जामन्त्री शक्तिबहादुर बस्नेतले लोडसेडिङ हुन लागेको हल्लामा विश्वास नगर्न आग्रह गरेका छन् ।  बुधवार प्रतिनिधि सभा अन्तरगतको अर्थ समितिको बैठकमा बोल्दै मन्त्री बस्नेतले पत्रपत्रिकामा आएका समाचारमा कुनै सत्यता नभएको बताउँदै लोडसेडिङ हुन लागेको भन्ने हल्लामा विश्वास नर्गन आग्रह गरेका हुन् । ‘भारतबाट हामीले हरेक वर्ष प्रतिस्पर्धी बजारबाट बिजुली ल्याउन म्याद नवीकरण गर्नुपर्छ । अहिले हामी म्याद थप गर्ने प्रक्रियामा छौं । अहिले जे जस्तो हल्ला सुनिएको छ, त्यो सबै मिथ्या हो, ‘ उनले भने ।  यद्यपि, करीब ३ महिनादेखि भारत सरकारले प्रतिस्पर्धी बजारबाट आयात गर्न दिने अनुमति नवीकरणका लागि आनाकानी गर्दै आएको छ । अहिले प्राधिकरणले आन्तरिक माग पूरा गर्न करीब ६०० मेगावाटभन्दा बढी आयात गरेको अवस्था छ ।  बिजुली आयात गर्ने अनुमति नवीकरणमा भारतले आनाकानी गरेपछि ऊर्जासचिव गोपालप्रसाद सिग्देलले मंगलवार भारतका ऊर्जासचिवसँग टेलिफोन वार्तासमेत गरेका थिए । 

सम्बन्धित सामग्री

आन्तरिक खपत गरी बढी भएको बिजुली निर्यात गर्छौँ: ऊर्जामन्त्री बस्नेत

काठमाडौँ, २६ पुस । ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले आन्तरिक खपत गरेर बढी भएको बिजुली भारतलगायतका देशमा बिक्री गरिने बताएका छन् । राष्ट्रियसभा अन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समितिको आजको बैठकमा मन्त्री बस्नेतले राष्ट्रिय रुपमा खपत गरेर बढी भएको बिजुली बिक्री गरिने र त्यसका लागि सरकारले आवश्यक तयारी गरिरहेको बताए । मन्त्री बस्नेतले आगामी […]

पर्यटकीय गन्तव्यमा बिजुली पुर्‍याउछौँ : ऊर्जामन्त्री

कास्की – ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले पर्यटकीय गन्तव्यमा केन्द्रीय प्रसारणलाइनको बिजुली पुर्‍याउन सरकार प्रतिबद्ध रहेको बताएका छन् । कास्कीको माछापुच्छ्रे गाउँपालिकासहित पर्यटकीय क्षेत्रमा बिजुली विस्तार गर्न मागसहित आएको पर्यटन व्यवसायी लगायतको टोलीसँग आज पोखरामा उनले सरकार दुई वर्षभित्रमा देशका सबै भूभागमा बिजुली पुर्‍याउने गरी काम गरिरहेको पर्यटकीय क्षेत्र सरकारको प्राथमिकतामा रहेको बताए। माछापुच्छ्रे […]

नेपालको बिजुली आयातमा सहजीकरण गरिदिन भारतलाई बङ्गलादेशको आग्रह

बङ्गलादेशले नेपालको बिजुली सहजरुपमा आयातका लागि सकारात्मक सहयोग गर्न भारतलाई आग्रह गरेको छ । ऊर्जाको बढ्दो माग तथा सङ्कट समाधानका लागि बङ्गलादेशले सकारात्मक वातावरण बनाइदिन भारतसँग पुनः आग्रह गरेको हो । बङ्गलादेशका विद्युत्, ऊर्जा तथा प्राकृतिक स्रोत राज्यमन्त्री नसरुल हमिदले भारतका नवीन तथा नवीकरणीय ऊर्जामन्त्री राजकुमार सिंहसँग बुधबार भएको भेटमा नेपालको बिजुली आयातका लागि देखिने […]

नेपालको बिजुली आयातमा सहजीकरण गरिदिन भारतलाई बङ्गलादेशको आग्रह

काठमाडाैं । बङ्गलादेशले नेपालको बिजुली सहजरुपमा आयातका लागि सकारात्मक सहयोग गर्न भारतलाई आग्रह गरेको छ । ऊर्जाको बढ्दो माग तथा सङ्कट समाधानका लागि बङ्गलादेशले सकारात्मक वातावरण बनाइदिन भारतसँग पुनः आग्रह गरेको हो । बङ्गलादेशका विद्युत्, ऊर्जा तथा प्राकृतिक स्रोत राज्यमन्त्री नसरुल हमिदले भारतका नवीन तथा नवीकरणीय ऊर्जामन्त्री राजकुमार सिंहसँग बुधबार भएको भेटमा नेपालको बिजुली आयातका […]

बङ्गलादेशमा यही वर्ष विद्युत् निर्यात गर्छौँ : ऊर्जामन्त्री भुसाल

ऊर्जामन्त्री पम्फादेवी भुसालले नेपाल सरकारले बङ्गलादेशलाई विद्युत् निर्यातका लागि तयारी गरिरहेको बताएका छन्। आज यहाँ पत्रकारसँग कुरा गर्दै उनले यसै वर्ष बङ्गलादेशलाई विद्युत् निर्यात गरिने बताएकी हुन् । हाल नेपालले भारतमा बिजुली बिक्री गर्दै आएको छ । “हामीले अहिलेसम्म भारतमा मात्रै विद्युत् निर्यात गरेका छौँ । अब बङ्गलादेश पनि निर्यात हुँदैछ,” मन्त्री भुसालले भनिन्, “जलविद्युत् […]

बङ्गलादेशमा यही वर्ष विद्युत् निर्यात गर्छौँ : ऊर्जामन्त्री भुसाल

ऊर्जामन्त्री पम्फादेवी भुसालले नेपाल सरकारले बङ्गलादेशलाई विद्युत् निर्यातका लागि तयारी गरिरहेको बताएकी छन् । आज यहाँ पत्रकारसँग कुरा गर्दै उनले यसै वर्ष बङ्गलादेशलाई विद्युत् निर्यात गरिने बताएकी हुन् । हाल नेपालले भारतमा बिजुली बिक्री गर्दै आएको छ ।“हामीले अहिलेसम्म भारतमा मात्रै विद्युत् निर्यात गरेका छौँ । अब बङ्गलादेश पनि निर्यात हुँदैछ,” मन्त्री भुसालले भनिन्, “जलविद्युत् उत्पादनमा साझेदारी गर्न सहमति भएको र यसै वर्षदेखि ५० मेगावाट विद्युत् बङ्गलादेश जान्छ ।”

बङ्गलादेशमा यही वर्ष विद्युत् निर्यात गर्छौँ : ऊर्जामन्त्री भुसाल

चितवन । ऊर्जामन्त्री पम्फादेवी भुसालले नेपाल सरकारले बङ्गलादेशलाई विद्युत् निर्यातका लागि तयारी गरिरहेको बताएकी छन् । आज यहाँ पत्रकारसँग कुरा गर्दै उनले यसै वर्ष बङ्गलादेशलाई विद्युत् निर्यात गरिने बताएकी हुन् । हाल नेपालले भारतमा बिजुली बिक्री गर्दै आएको छ । ‘हामीले अहिलेसम्म भारतमा मात्रै विद्युत् निर्यात गरेका छौँ । अब बङ्गलादेश पनि निर्यात हुँदैछ,’ मन्त्री […]

बिजुली बेच्ने जमाना गयाे, अब प्रयाेग गर्ने हाे : अर्थमन्त्री शर्मा

काठमाण्डाै – अर्थमन्त्री जनार्दन शर्माले बिजुली धेरै बेचेर जलविद्युतकाे विकास गर्ने अभियानलाई सङ्केत गर्दै प्रश्न उठाउनुभएकाे छ । शुक्रवार नेपाल उद्योग परिसङ्घले आयोजना गरेको पूर्वाधार सम्मेलनलाई सम्बोधन गर्दै मन्त्री शर्माले ऊर्जामन्त्री पम्फा भुसाल र नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको बिजुली धेरै बेचेर जलविद्युतको विकास गर्ने अभियानप्रति प्रश्न उठाउनुभएकाे हाे ।  मन्त्री शर्माले बिजुली बेच्ने भन्दा पनि प्रयोग गर्न सक्नुपर्ने भन्दै बिजुली बेच्ने कुरामा गर्व गर्नु नपर्ने ब...

बिजुली व्यापारमा दीर्घकालीन सम्झाैता गर्न नेपाल इच्छुक : ऊर्जामन्त्री भुसाल

काठमाण्डाै – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालसँग नेपालका लागि भारतका नवनियुक्त राजदूत नवीन श्रीवास्तवले शिष्टाचार भेटवार्ता गर्नुभएको छ । मन्त्रालयमा आज बुधवार भएको भेटवार्तामा उहाँहरूबीच नेपाल र भारतबीचको आपसी सम्बन्ध र सहयोगका विषयमा छलफल भएको छ । भेटमा ऊर्जामन्त्री भुसालले नेपाल–भारतको सम्बन्ध मित्रता, समानता, सहयोग र पारस्पारिक सम्मानका साथ अगाडि बढेको स्मरण गर्दै आउँदा दिनमा दुई देशको मैत्रीपूर्ण सम्बन्ध अझ प्रगाढ हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले पछिल्लो समय नेपाल–भारतबीच ऊर्जा क्षेत्रमा म...