लोडसेडिङ अन्त्यको कोसेढुंगा : पाँच वर्षअघिको त्यो लक्ष्मीपूजा

१८ कात्तिक, काठमाडौं । आज ‘उज्यालोको दिन’ अर्थात् लक्ष्मी पूजा । ०७३ को लक्ष्मी पूजाको दिनसम्म नेपालमा तिहारको उज्यालो ‘दियो’ र ‘मैनबत्ती’सँग मात्रै जोडिएको थियो । दैनिक १८ घण्टासम्म लोडसेडिङ पुगेका बेला तिहारमा बिजुली बत्तीको उज्यालो दुर्लभ भइसकेको थियो । नियमित दिनहरु बिजुली नहुँदा सकसपूर्ण थिए नै, तिहारकै दिनहरुमा बिजुली बाल्न पाउनु सौभाग्य थियो । […]