कोइलाको मूल्य बढ्दा भारतमा बिजुली सङ्कट, नेपालमा फेरि लोडसेडिङ सुरु

भारतले मागे जति बिजुली दिन नसकेपछि फेरि लोडसेडिङ सुरु भएको छ । नेपालको माग धान्न भरतबाट दैनिक ३०० मेगावाट बिजुली ल्याउँदै आएको थियो । तर, भारतले यो परिमाणको बिजुली दिन नसक्दा फेरि लोडसेडिङ सुरु भएको नेपाल विद्युत् प्राधिकरणले जानकारी दिएको हो । भारतबाट चाहिएजति बिजुली पाउन छाडेपछि उद्योगमा राती ६ बजेदेखि बिहान ६ बजेसम्म १२ घण्टा लोडसेडिङ सुरु भएको छ ।प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले ऊर्जा सङ्कटका कारण भारतले ३ दिन यता मागे जति बिजुली दिन नसकेको बताए । उनले अन्तर्रा

सम्बन्धित सामग्री

नेपालको बिजुली उब्रिन थालेपछि भारतलाई बेच्न सुरू, शून्यमा झर्‍यो आयात

काठमाडौं । केही दिनअघिसम्म विद्युत अभावले उद्योगहरूमा लोडसेडिङ गर्न बाध्य भएको नेपाल विद्युत प्राधिकरणसँग वर्षा सुरू भए बिजुली छेलोखेलो भएको छ । मागभन्दा बढी उत्पादन हुन थालेपछि भारतमा बिजुली बेच्न सुरू गरिएको प्राधिकरणले जनाएको छ । बुधबार राति १२ बजेदेखि प्राधिकरणले भारतीय बजारमा बिजुली बेच्न थालेको हो । गत वर्षको मे महिनादेखि पाँच महिनासम्म प्राधिकरणले […]

उद्योगीले राजनीति गरे, प्राधिकरण ‘एक्सन’मा उत्रन सक्छ : कुलमान घिसिङ

यतिबेला देशका उद्योगीहरू नेपाल विद्युत् प्राधिकरणले बिजुली काटेर लोडसेडिङ सुरु गरेको आरोप लगाउन थालेका छन् । प्राधिकरणले उद्योगीहरूलाई बिजुली दिने आस देखाएको र कोभिड महामारीबाट तङ्ग्रिँदै गरेका उद्योगलाई १४ घण्टासम्म लोडसेडिङ गरेको उद्योगीको आरोप छ । तर, प्राधिकरण भने अन्तर्राष्ट्रिय बजारमा कोइलाको मूल्य बढेर भारतमा बिजुली महँगो हुँदा केही दिन आयातमा समस्या भएको जनाउँछ । मुस्किलले एक साता बिजुली आपूर्तिमा समस्या हुँदा उद्योगीले राजनीति गरेको प्राधिकरणले बताउन थालेको छ । उद्योगमा बत्ती काटिएको र

आयातित बिजुलीमार्फत अन्त्य भएको लोडसेडिङ

नेपालले हाल लोडसेडिङ भोग्नु नपरेको कारण नेपालको उत्पादित बिजुलीले आत्मनिर्भर भएर होइन, आयातित बिजुलीको कारणले हो । भारतसँगको बढ्दो व्यापारघाटाको कुरा चल्दा एकथरी विद्वान् नेपालले भारतमा बिजुली निर्यात गरेर व्यापारघाटा कम गर्ने सकिने सरल उपाय सुझाउन कहिल्यै छुटाउँदैनन् । हुन पनि हो, नेपालको आफ्नै कच्चा पदार्थ तथा प्रदूषणरहित ऊर्जाका रूपमा बिजुली उत्पादन गरी भारत निर्यात […]