निषेधाज्ञामा निस्किएका ८९३ मोटरसाइकल र गाडी होल्डमा

काठमाडौं । काठमाडौं उपत्यकामा निषेधाज्ञाको समयमा निस्किएका ८९३ सवारीसाधन ट्राफिक प्रहरीले सडकमै होल्ड गरेको छ

सम्बन्धित सामग्री

धनुषामा विङ्गर गाडी र मोटरसाइकल ठोक्किँदा २ जनाको मृत्यु

७ पुुस, जनकपुरधाम । धनुषामा विङ्गर गाडी र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा धनुषाको शहीदनगर नगरपालिका–५ धवौली बस्ने २० वर्षीय अरुण मण्डल र २५ वर्षीय ज्ञानी मण्डलको मृत्यु भएको प्रहरीले जनाएको छ । उनीहरु दुवैजना मोटरसाइकलमा सवार थिए । बुधबार साँझ ७ बजेको समयमा धनुषाको सबैला नगरपालिका १० सिमरारी र शहीदनगर […]

फिस्लिङमा गाडी र मोटरसाइकल ठोक्किँदा विदेशी नागरिकको मृत्यु

काठमाडौं । इच्छाकामना गाउँपालिका वडा नं ३ फिल्सिङमा पिकअप गाडी र मोटरसाइकल एकापसमा ठोक्किँदा एक विदेशी नागरिकको मृत्यु भएको छ । अर्का एक विदेशी नागरिकसहित दुई घाइते भएका छन् । बिहीबार बिहान फिस्लिङस्थित पृथ्वी राजमार्गमा दुर्घटना भएको हो । मृत्यु हुनेमा जर्मनका नागरिक ६० वर्षीय मिचेल मेयर ओलवर्षलेबेन रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । […]

गाडी, मोटरसाइकल र रक्सी आयात खुला गर्ने सरकारको सैद्धान्तिक निर्णय !

काठमाण्डाै – सरकारले विदेशबाट विभिन्न वस्तुको आयातमा लगाएको प्रतिबन्ध हटाउने निर्णय गरेको  छ ।आज मङ्गलवार बसेको मन्त्रिपरिषद्को बैठकले गाडी, मोटरसाइकल र मोबाइलसहितका वस्तुको आयातमा लगाएको प्रतिबन्ध हटाउन सैद्धान्तिक निर्णय गरेको युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराजले उज्यालोलाई जानकारी दिनुभयो । आजको बैठकले विदेशी मुद्राको सञ्चिति केही बढेको र आयात प्रतिबन्ध लम्बाउँदा भन्सार राजस्वमा कमी आएर सरकारी कोष समस्यामा पर्ने निष्कर्षसहित आयात खुला गर्ने निर्णय गरेको गहतराजले बताउनुभयो ।अब अर्थ मन्त्रालयको ...

भक्तपुरमा गाडी र मोटरसाइकल जुध्दा एक जनाको मृत्यु

११ मंसिर, काठमाडौं । भक्तपुरमा गाडी र मोटरसाइकल जुध्दा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक भक्तपुर नगरपालिका-१ का २८ वर्षीय सिजन फसिकवा रहेका छन् । उनको उपचारका क्रममा मध्यपुर थिमि अस्पतालमा मृत्यु भएको हो । शनिबार राति सवा ११ बजे मध्यपुर थिमि नगरपालिका-६ मा दुवाकोटबाट पुरानोथिमि आउँदै गरेको प्रदेश ३-०१-०२३ च […]

गाडी, मोबाइल, मोटरसाइकल र रक्सीको आयात प्रतिबन्ध लम्बाइयो

काठमाडौं। सरकारले गाडी, मोबाइल, मोटरसाइकल र तयारी मदिराको आयात प्रतिबन्ध मंसिर मसान्तसम्म लम्बाएको छ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको सिफारिसमा शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको हो। विदेशी मुद्राको सञ्चितीमा अझै पनि अपेक्षा गरेअनुरुप सुधार नदेखिएको भन्दै मन्त्रालयले मंसिर मसान्तसम्म आयात प्रतिबन्ध कायम राख्न मन्त्रिपरिषद्मा सिफारिस गरेको थियो।

गाडी आयातमा थप कडाइ, १५० सीसी माथिका मोटरसाइकल पूर्ण प्रतिवन्ध

अटोमोबाइल आयातमा सरकार थप कठोर बनेको छ । गाडी आयातमा यसअघिको नीतिमा थप कडाइ गर्दै सरकारले साउन १ गते देखि १५० सीसी इन्जिन क्षमता भन्दा माथिका मोटरसाइकल आयातमा पूर्ण  प्रतिवन्ध लगाएको हो ।उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको प्रस्तावमा वैशाख १३ गतेदेखि आयातमा लगाएको प्रतिबन्धलाई परिमार्जन गर्दै सरकारले १५० सिसी भन्दा बढी क्षमताका मोटरसाइकल आयातमा प्रतिवन्ध लगाएको हो । यसअघि वैशाख १४ गतेदेखि लगाइएको प्रतिबन्ध असार मसान्तसम्म तोकिएको थियो ।यस्तै, सरकारले पेट्रोलियम पदार्थबाट चल्ने जीप, कार,

काभ्रेपलाञ्चोकमा गाडी र मोटरसाइकल ठोक्कियो, चालकको मृत्यु

काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका–१० चाखोलामा बा.४ ख ४८८८ नम्बरको आईचर गाडी र प्रदेश ३–०२–००८ प ६४२४ नम्बरको मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ ।  शुक्रबार दिउँसो भएको दुर्घटनामा मृत्यु हुनेमा मोटरसाइकल चालक भक्तपुर ठिमी नगरपालिका बस्ने २५ वर्षीय मनिष खड्का रहेका छन् । दुर्घटनामा गम्भीर घाइते भएका उनको धुलिखेल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । आईचर गाडीका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

दोलखामा गाडीको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

दोलखाको चरीकोट जिरी सडकखण्ड अन्तर्गत गौरीशङ्कर बाल गृह नजिकै गाडी र मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । भीमेश्वर नगरपालिका वडा नं ४ अनाथालय नजिकै विपरीत दिशाबाट आइरहेको मोटरसाइकललाई योद्धा गाडीले ठक्कर दिँदा सोही वडाका ३३ वर्षीय मोटरसाइकल चालक उमेश श्रेष्ठको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । चरीकोटबाट तामाकोसीतर्फ जाँदै गरेको प्रदेश नं ३–०१०२४ च ५९१९ नं को योद्धा गाडी र जिलुबाट चरीकोट आउँदै गरेको बा ७५ प ४५२१ नं को मोटरसाइकलसँग  ठोक्किएर घाइते श्रेष

गाडी चढ्दा सडकका खाल्डा देखिँदैन,आफ्नै पुरानो मोटरसाइकल चढ्छु : हर्क साम्पाङ

धरान : ठूला राजनीतिक दल नेकपा (एमाले) र नेपाली कांग्रेसका धरानमा नाम चलेका उम्मेदवारलाई पराजित गर्दै एकाएक स्वतन्त्रबाट प्रमुखमा विजयी भएका हर्कराज राई (साम्पाङ) ले उपमहानगरपालिकाको महङ्गो सवारी साधन प्रयोग नगरी जनताको सेवा गर्ने प्रतिबद्धता जनाएका छन्।उनले जनताको सेवक भएकाले महँगो गाडी नचढ्ने र आफूसँग भएको पुरानो मोटरसाइकल चढेर जनताको सेवा गर्ने बताए । उनले सामाजिक सञ्जालबाट गाडी नचढ्ने बताएका हुन् ।'म करोडौँ पर्ने गाडी चढेर हिँडे भने बाटोका खाल्डा र भत्केका सडक देखिँदैन

भारतमा चोरेका गाडी र मोटरसाइकल बेच्न काठमाडौंमा सैनिक कर्मचारीको सहयोग !

भारतमा चोरी गरेर भन्सार छल्दै काठमाडौं आइपुग्ने गाडी र मोटरसाइकल बेच्न सैनिक कर्मचारी नै संलग्न रहेको थाहा भएको छ । महानगरीय अपराध महाशाखाले चोरीका गाडीको नक्कली ब्लुवुक र नम्बर प्लेट राखेर चोरीका गाडी बेचेको आरोपमा नेपाली सेनाका जवान कृष्ण रोकाया उर्फ किसनलाई पक्राउ गरेको छ । नेपाली सेनाका जवान रोकाया र कञ्चनपुर घर भएका अर्जुन कठायतलाई पक्राउ गरिएको महानगरीय अपराध महाशाखाका प्रमुख (एसएसपी) चन्द्रकुवेर खापुङ्गले रातोपाटीलाई बताए । महाशाखाबाट खटिएको टोलीले रोकाया र कठायतले बेच्ने तयारी गरिरह