काभ्रेपलाञ्चोकमा गाडी र मोटरसाइकल ठोक्कियो, चालकको मृत्यु

काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका–१० चाखोलामा बा.४ ख ४८८८ नम्बरको आईचर गाडी र प्रदेश ३–०२–००८ प ६४२४ नम्बरको मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ ।  शुक्रबार दिउँसो भएको दुर्घटनामा मृत्यु हुनेमा मोटरसाइकल चालक भक्तपुर ठिमी नगरपालिका बस्ने २५ वर्षीय मनिष खड्का रहेका छन् । दुर्घटनामा गम्भीर घाइते भएका उनको धुलिखेल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । आईचर गाडीका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

सम्बन्धित सामग्री

दुर्घटनामा घाइते चालकको मृत्यु

खोटाङमा सोमबार विहान सवारी दुर्घटनामा परेर घाइते भएका चालकको मृत्यु भएको छ।

ट्रकको ठक्करबाट स्कुटर चालकको मृत्यु

भक्तपुरमा मिनी ट्रकको ठक्करबाट गए राति स्कुटर चालकको मृत्यु भएको छ। चाँगुनारायण नगरपालिका–५ पिखेलमा भक्तपुर डेकोचाबाट चाँगुनारायणतर्फ जाँदै गरेको बा५ख ५४२३ नंको मिनी ट्रकले ठक्कर दिँदा बा६७प ८४२२ नंको स्कुटर चालकको मृत्यु भएको हो।...

दुर्घटनामा अटो चालकको मृत्यु

धादिङको थाक्रे गाउँपालिका–१ सिम्लेमा ट्रकले अटोलाई ठक्कर दिँदा आज अटो चालकको मृत्यु भएको छ।

ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

इलाममा आज ट्रकको ठक्करबाट एकजना मोटरसाइकल चालकको मृत्यु भएको छ। मेची राजमार्ग अन्तर्गत इलाम नगरपालिका– ९ गोलाखर्कमा झापाबाट इलामतर्फ आउँदै गरेको ट्रकले माइखोलाबाट इलामतर्फ आउँदै गरेको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको हो।...

ट्यक्टरबाट खस्दा चालकको मृत्यु

रौतहटको चन्द्रपुर नगरपालिका–३, प्रणामी टोलमा गुडिरहेको ट्याक्टरबाट खस्दा चालकको मृत्यु भएको छ ।