अटोमोबाइल आयातमा सरकार थप कठोर बनेको छ । गाडी आयातमा यसअघिको नीतिमा थप कडाइ गर्दै सरकारले साउन १ गते देखि १५० सीसी इन्जिन क्षमता भन्दा माथिका मोटरसाइकल आयातमा पूर्ण प्रतिवन्ध लगाएको हो ।उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको प्रस्तावमा वैशाख १३ गतेदेखि आयातमा लगाएको प्रतिबन्धलाई परिमार्जन गर्दै सरकारले १५० सिसी भन्दा बढी क्षमताका मोटरसाइकल आयातमा प्रतिवन्ध लगाएको हो । यसअघि वैशाख १४ गतेदेखि लगाइएको प्रतिबन्ध असार मसान्तसम्म तोकिएको थियो ।यस्तै, सरकारले पेट्रोलियम पदार्थबाट चल्ने जीप, कार,